18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

   ‘केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोही स्वदेश फर्किए, भव्य स्वागत




    ‘केटू’ आरोहणका गर्ने कीर्तिमानी आरोही स्वदेश फर्किए, भव्य स्वागत


 काठमाडौं , १३ माघ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ कीर्तिमानी बनाएका १० नेपाली आरोही काठमाडौं आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् ।     
आरोहीहरूको काठमाडौंमा स्वागत गरिएको   छ ।

आज बिहान काठमाडौं आइपुगेका आरोही टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । नेपालका १० जना पर्वतारोहीले माघ ३ गते पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटूको सपल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।

नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले ८,६११ मिटर अग्लो माउन्ट केटूको सफल आरोहण गरेका थिए ।

टोलीमा रहेका निर्मल पुर्जाले अक्सिजनविना नै आरोहण गरेका थिए । पाकिस्तानमा पनि उनीहरुको भव्य स्वागत भएको थियो । नेपाली आरोहीहरुलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई दिएका थिए ।

हजार मिटर अग्ला संसारका १४ हिमालमध्ये १३ वटाको शिशिर ऋतुमा आरोहण भइसकेको थियो । तर संसारको दोस्रो अग्लो चुचुरो पाकिस्तानको माउन्ट केटूमा आरोहीहरू विभिन्न प्रयासका बाबजुद यो सिजनमा आरोहण गर्न सकेका थिएनन् ।

८,६११ मिटर अग्लो यो हिमालको गत शनिबार पहिलो पटक दश जना नेपाली आरोहीले सफलतापूर्वक आरोण गरेर विश्व किर्तिमान कायम गरेका छन् ।

सेभेन समिट ट्रेक्स प्रा।लि।, इम्याजिन नेपाल र कीर्तिमानी आरोही निर्मल पुर्जामगरको नेतृत्वमा रहेको तीन वटा छुट्टा छुट्टै समूहले संयुक्त टोली बनाई आरोहण गरेका हुन् ।

आरोहणका लागि पाकिस्तान पुगेको एक महिना भन्दा कम समयमै ५६ जना आरोहीमध्ये दश जनाले शनिबार बेलुकी ४ बजेर ५८ मिनेटमा केटुको शिखरमा पुग्न सफल भएका थिए ।
चुचुरोमा पुग्नुभन्दा दश मिटर तल एकसाथ जम्मा भएका आरोहीहरूले नेपाली राष्ट्रिय गीत बजाउदै शिखरमा पुगेका थिए । शिखरमा पुगेर सामूहिक रुपमा आरोहण गरेको सन्देश दिएका थिए ।



Related News


यसमा तपाइको मत


Comments