18 Baishak, 2081 / 30 April , 2024
काठमाडौं, २४ असोज । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छिन् । आइतबारदेखि शुरु हुने प्रदेश सभाको नवौँ अधिवेशनमा उनले विश्वासको मत लिन लागेकी हुन् ।
शाक्य उपाध्यक्ष रहेको नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएपछि उनले विश्वासको मत लिन लागेकी हुन्। संविधानको धारा १८८ को उपधारा (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।
एमालेका तर्फबाट एकल बहुमतसहित शाक्य मुख्यमन्त्री बनेकी थिइन्। बागमती प्रदेशमा सभामुखसहित एक सय ९ सांसद छन्। विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ। तर पाटी विभाजन अघि एमालेका ५६ सांसद रहेकोमा विभाजन भएपछि १३ जना सांसद नेकपा (एकीकृत समाजवादी) मा गएका छन्।
अहिले बागग्मती प्रदेश सभामा एमालेका ४३ सांसद छन्। गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन्।