18 Baishak, 2081 / 30 April , 2024
काठमाडौं, १४ मंसिर । काठमाडौं कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडे पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसी छन् । काठमाडौं प्रहरीका अनुसार प्रहरी प्रभाग, कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद गरेको छ । उनीहरुविरुद्ध जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।