19 Baishak, 2081 / 1 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओमिक्रोन प्रजातिसंग कति डराउने ?




ओमिक्रोन प्रजातिसंग कति डराउने ?


-डा.रविन्द्र पाण्डे-
अहिलेसम्मको तथ्यांक हेर्दा ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा निकै कम घातक देखिएको छ । हालसम्म ओमोक्रोनको कारण संसारमा कसैको पनि मृत्यु भएको छैन । अफ्रिका तथा युरोपमा फैलिएको यो लहरमा डेल्टा प्रजाति प्रमुख हो । हामीले दोस्रो लहरमा भोगेको डेल्टा प्रजाति अहिले अफ्रिका र युरोपमा फैलिएको छ । त्यसमा ओमिक्रोन पनि मिसिएको छ । तर अति न्यून ।  अफ्रिकन मुलुकमा ओमिक्रोनले बालबालिका तथा युवा बढी प्रभावित भएका छन् ।  तर अस्पताल भर्ना हुने वा आइसीयु चाहिने संख्या एकदम न्यून छ । 
कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्ति तथा पहिले संक्रमित भएका व्यक्तिलाई यो नयाँ प्रजातिले हालसम्म कम प्रभावित गरेको छ । यसको अर्थ खोप तथा संक्रमणबाट प्राप्त एन्टिबोडीले काम गर्दछ ।


भारतका बिज्ञ समुहले जनवरीदेखि फेब्रुअरीसम्म तेस्रो लहर आउन सक्ने र फेब्रुअरीमा तेस्रो लहर पिकमा पुग्ने अनुमान गरेका छन् । 
नेपालमा देखिएका २ जना संक्रमित सामान्य लक्षण हुँदै संक्रमणमुक्त भएका छन् । ती २ जनाको सम्पर्कमा आएका ७८ जनामा ओमिक्रोन प्रजाति नदेखिनुको अर्थ डेल्टा प्रजातिजस्तो सर्ने दर पनि यसको त्यति तीब्र छैन  ।
ओमिक्रोन नयाँ प्रजाति भएको तथा यसको पर्याप्त अध्ययन र फैलाबट नभएको हुँदा भविष्यमा कुन रुप लिने हो भन्ने कुरा अझै स्पष्ट भएको छैन ।  यसको विस्तृत विवरणको लागि करिब १ महिना कुर्नुपर्ने हुन्छ । 
 नेपालमा खोप कार्यक्रम हाल निकै सुस्त छ । खोप स्टकमा थन्किएका छन् । कुन वर्ग र स्थानमा खोपको पहुँच कम छ । खोजि खोजि खोप लगाउनु जरुरी छ । त्यस्तै बालबालिकामा खोप लगाउनको लागि पर्याप्त खोप तुरुन्त ल्याउनु जरुरी छ ्र जोखिम बर्गमा रहेका पेशा र व्यक्तिलाई बुस्टर डोज सुरु गर्नु जरुरी छ । 
सिमाना तथा एयरपोर्टमा कडाई तथा क्रस परिक्षण, क्वारेन्टिन तथा जनस्वास्थ्यका मापदण्डमा कडाइ नगर्ने हो भने कमजोर भएपनि जोखिम बर्गलाई असर गर्न सक्दछ । तसर्थ यसको रोकथाम तथा उपचारको लागि सरकार तयारीका साथ बस्नु जरुरी छ ।
मेडियाले आफ्नो समाचार बिकाउने नाममा डरलाग्दा र अतिरंजित समाचार दिनु हुँदैन । दिएपनि हामीले त्यो पढ्नु । हेर्नु हुँदैन ।  मुसोलाई हात्ती तथा हात्तीलाई मुसो बनाएको हामीले बुझ्नुपर्दछ । 
संक्षेपमा, ओमिक्रोनसंग डराउनु पर्दैन । हामी नागरिकले खोप लगाउने, मास्कलाई सहि तरिकाले लगाउने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको खुला ठाउँमा मात्र भेटघाट गर्ने लगायत गर्यौं भने यसबाट बच्न सकिन्छ ।
सरकार तथा नागरिकले आआफ्नो कर्तब्य पुरा गर्ने हो भने संक्रमण फैलिने÷लकडाउन हुने ।  अस्पतालमा चाँप हुने आदि हुँदैन । हामीले लापरबाही कत्ति पनि गर्नुहुँदैन । सानो गल्तीले पनि महँगो मुल्य चुकाउनु पर्ने अवस्था सिर्जना गर्नु हुँदैन । 
 



Related News


यसमा तपाइको मत


Comments