19 Baishak, 2081 / 1 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

न्यू इयरको साँझ




न्यू इयरको साँझ

यादहरुका चिसो हिउँसँगै पग्लिएर

यस न्यू इएरको साँझमा

रङ्गिन बनेर तिम्रो हातमा सजिएको

रङ्गिन व्हिस्किको चुस्किसँगै मिसिएका

केहि स्यामस्वेत तस्विरहरु नियाल्दै

फेरि पनि लम्किएका छन्

मेरा पाइलाहरु अन्जान शहरमा

एक तमासले बजिरहेका

जीन्दगीका ति गितारका धुनसँगै

उसै गरि सजिएका छन् आँखामा

जीन्दगीका रङ्गिन चाहनाहरु

न्यु इएरको साझमा

केहि पल मुस्कुराउँदै

पर्खिरहेका जीन्दगीका बेलगामा घोडाहरुले

लाग्छ कतै बसाइ सरि रहेछन्

अनगिन्ति यादका भारीहरू बोकेर

यहि न्यु इएरको साझ

तिमीले सोधेका थियौ

हातमा बाधिएको रोलेक्स घडिसँगै

जीन्दगी कसरी रोकिन सक्छ

या भनौ एउटा एक्युरिएममा सजिएर

जीन्दगी फेरि पनि कसरी मुस्कुराउन सक्छ

सोच्दै थिए जीन्दगीको यो रङ्गिन साझमा

मेरा ओठबाट छुटेका

जीन्दगीका ति धुँवाले

साच्चै कहा गएर गुनासो गर्छन होलान

या भनौ प्रत्येक दिन

आकाशगङ्गा बाट छुटेर बिलाएका

ति ताराहरु कसैको हत्केलामा

सजिन्छन या सजिदैनन होलान

छालहरुसँगै बगेका सुनामीले

लाग्छ फेरि पनि

कहि न कहि भेटाउनेछ हाम्रा सपनिलाई

देख्छु एक्युरिएम भित्र छटपटाइरहेछन

केहि सुनौला रङ्गका माछिहरु र

बन्द भएको छ

मेरो प्रिय रोलेक्स घडिको आवाज र

म भने यति खेर उसै गरि

नियाल्दै छु बाफ बनेर छुटेका

जीन्दगीका केहि पललाई

यहि न्यु इएरको साँझमा



Related News


यसमा तपाइको मत


Comments