18 Baishak, 2081 / 30 April , 2024
काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समुहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । सोमबार ठमेलस्थित होटल यात्रीमा बसेको शेखर पक्षको बैठकले सभापति शेरबहादुर देउवामाथि दबाब बढाउन यही बुधबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा धर्ना दिने निर्णय गरेको हो ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनदेखि सभापति देउवाप्रति रुष्ट बनेको कोइराला समुह मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनको विषयमा पनि असन्तुष्ट बनेको छ ।
वर्तमान प्रधानमन्त्री समेत रहेका देउवाले आफूहरुलाई सधै पेलेरै पार्टीमा हरेक निर्णय गर्ने गरेको उक्त पक्षको जनाएको छ । त्यसकारण समान अवसर र न्यायका लागि एक घण्टे धर्ना कार्यक्रम तय गरिएको शेखर पक्षको दावी छ ।
डा। कोइराला समुहले एकल बहुमत ल्याउने गरी भागबन्डा गर्न सभापति देउवालाई निरन्तर दबाब दिँदै आएको छ । उक्त पक्षले कम्तीमा पनि कांग्रेसलाई १०० सिट राखेर बाकिँ रहेका सिट अन्य दलहरूलाई भागबन्डा गर्नुपर्ने प्रस्ताव सभापति देउवा समक्ष राख्दै आएको हो ।