23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बल्क बस्टर नेपाली फिल्म अवार्डमा अभनिस डिस्टिलरीको साथ




बल्क बस्टर नेपाली फिल्म अवार्डमा अभनिस डिस्टिलरीको साथ

काठमाडौं, चैत २२ । विगत लामो समयदेखि आयोजना हुँदै आएको नेपाली चलचित्र क्षेत्रको पुरानो कार्यक्रम बल्क बस्टर नेपाली फिल्म अवार्ड चैत २८ मा हुने भएको छ ।

उक्त कार्यक्रमको लागि अभनिस डिस्टिलरी प्रालिको नयाँ उत्पादन द्दद्ध अबचबत ले साथ दिने भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरि अभनिस डिस्टिलरी प्रालिले कार्यक्रम आयोजक बक्स अफिसका अध्यक्ष आरके सुवेदी, संस्थाका सदस्य तथा चलचित्र निर्माता, लेखक तथा अभिनेता सुनिल प्रसाद श्रेष्ठ र कम्पनीको प्रशासन व्यवस्थापक सबन चापागाईं, बजार व्यवस्थापक निराजन न्यौपाने बीच अवार्ड आयोजनाको सहकार्यको सम्झौता गरेको छ ।

बक्स अपिसका अध्यक्ष सुवेदीले गिनिज वल्र्ड रेकर्डसमेत राखिसकेका छन् । उनको अगुवाईमा भण्डै ५ दर्जन अवार्डको आयोजना भइसकेको छ ।

गत बर्ष झै नयाँ बर्षलाई स्वागत पुरानो बर्षलाई बिदाइ गर्दै चैत्र २८ मा अवार्ड र चैत ३० मा रमाइलो मैत्रीपुर्ण फुटबल आयोजना हुन गैरहेको कार्यक्रमलाई अभनिस डिस्टिलरी प्रालिको नयाँ उत्पादन द्दद्ध अबचबत ले सघाउने भएको हो । बिगत १० बर्ष देखि निरन्तर रूपमा आयोजना हुँदै आएको बल्क बस्टर नेपाली फिल्म अवार्ड यो बर्ष पनि चैत्र २८ गते नै भब्य आयोजना हुने आयोजक संस्था बक्स अफिस फिल्म क्लबका अध्यक्ष सुवेदीले जानकारी दिए ।

उक्त अवसरमा गत चैत २९ गते देखि रिलिजमा आएको नेपाली कथानक चलचित्र लिलिबिली देखि यही चैत्र २२ गतेसम्म रिलिजमा आउने चलचित्र लब स्टेसन गरि झन्डै ८३ चलचित्रहरुको सहभागीता रहने आयोजकले जनाएको छ । पूरा एक बर्षको व्यापारिक नापतौलको आधारमा विभिन्न बिधाबाट निर्माण कम्पनी तथा निर्माताहरुलाइ बर्ष समीक्षाको रुपमा अवार्डबाट सम्मान गरिन लागिएको अवार्ड आयोजक तथा क्लबका अध्यक्ष सुबेदीले बताए ।

सँधै जस्तै यो बर्ष पनि रिलिजमा आएका सम्पूर्ण निर्माताहरुलाइ हौसला तथा नेपाली चलचित्र बजार २०७५ मा उनीहरुको चलचित्र बजारमा आर्थिक लगानीमा महत्वपूर्ण योगदानलाई उच्च कदर गर्दै सम्मान गरिने जनाएको छ । यसैगरी २०७५ लाई सफल चलचित्र दिने निर्मातालाई बक्स अफिस ट्रफी र व्यापारिक रुपमा सुपर हिट चलचित्र दिने निर्मातालाइ बक्स अफिस सिल्डबाट सम्मान गर्ने कार्यक्रम रहेको छ ।

चैत २९ गते नयाँ बर्षको मुखैमा प्रदर्शनमा आएको लिलिबिलीदेखि आहिले सम्म प्रदर्शनमा आएको चलचित्रहरुको व्यापारिक अवस्थालाइ हेर्ने हो भने गत चैत्र २९ गते नयाँ वर्षको मुखमा प्रदर्शिन चलचित्र लिलिबिली, छक्का पन्जा ३, जय भोले, बबि, नाइ न भनु ल ५, कायरा ,इन्टुमिन्टु लन्डन, भैरे, रामकहानी, चंगा चेट प्रसाद, क्याप्टेनलाई सिनेमा हलहरुमा दर्शकहरुले अन्य चलचित्रलाई भन्दा बढी पच्छाएको पाइन्छ ।

यी १२ चलचित्रका निर्माता बल्क बस्टर अवार्ड आयोजनाको मुख्य केन्द्रमा अटाउन सफल भएका छन् । नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपले आम दर्शकको मन चलचित्र बजारमा तान्ने २०७५ मा प्रदर्शनमा आएको लिलीबिलीका निर्माता गोविन्द शाही लिलिबिली, छक्का पन्जा ३ का निर्माता दिपक राज गिरी, जय भोलेका निर्माता अशोक शर्मा, बबिका निर्माता मिलन चाम्र्स, नाइ न भनु ल ५का निर्माता विकास आचार्य, कायराका निर्माता आर्यन सिग्देल, इन्टुमिन्टु लन्डनका निर्माता प्रज्वल शमशेर जबरा, भैरे चलचित्रका निर्माता÷निर्देशक सूर्य बोहरा सँगै संयुक्त निर्माता, रामकहानीका निर्माता सुदर्शन थापा र पुजा शर्मा, चंगा चेटका निर्माता माधव वाग्ले, प्रसाद का निर्माता सुवास थापा, क्याप्टेनका निर्माता भुवन केसी बल्क बस्टर फिल्म अवार्ड २०७५ बाट सम्मानित हुने भएका छन् ।

चलचित्र क्षेत्रलाई आर्थिक रुपले समृद्धि बनाउन केही हदसम्म महत्वपूर्ण योगदान दिने यी असफलताको भीडमा अन्य भन्दा सफल चलचित्र दिने निर्मातालाई हौसला प्रदान गर्न चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका कार्यवाहक अध्यक्ष सानु ताम्राकार, चलचित्र संघका अध्यक्ष प्रदीप उदय, निर्देशक समाजका अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र नृत्यकारसंघका अध्यक्ष वसन्त श्रेष्ठ, द्वन्द्व कलाकार संघका अध्यक्ष सूर्य थोकर, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा, वरिष्ठ कलाकार नीर शाह, अभिनेता शिव श्रेष्ठ, लोकप्रिय अभिनेत्री करिष्मा मानन्धरलाई सम्मान गर्न आयोजक पक्षले निमन्त्रणा गरिसकेको छ भने बल्क बस्टर अवार्डको मुख्य समीक्षाको रुपमा श्रोत मान्दै आएका वास्तविक वितरकहरुको विशेष उपस्थित रहने भएको छ ।

बल्क बस्टर अवार्डमा निर्माता र वितरकहरुको विशेष उत्सव भएकोले आयोजकले वरिष्ठ वितरक उज्जवल पौडेल, मनोज राठी, सुनिल मानन्धर, गोपालकाजी कायस्थ, गोविन्द शाही, नरेन्द्र महर्जन, विक्रम पराजुली, केदार पराजुली, रोहीत कट्टेल, रत्न श्रेष्ठलाई पुरस्कार वितरण कार्यक्रममा हर्ष उल्लास बनाउन विशेष निमन्त्रण गरेको छ । अवार्ड आयोजनाको अवसरमा संस्थाले आफ्नो संस्थापककाल देखिनै अवार्ड तथा सम्मान कार्यक्रममा अग्रज पत्रकारिता पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाइ यो बर्ष पनि बर्षको सकृयताको मुल्यांकनको आधारमा एकजना सक्रिय, एकजना निरंतरता र एकजना अग्रज रंग पत्रकारलाइ नगद धनराशि सहित सम्मान गरिने कार्यक्रम रहेको आयोजकले बतायो ।

२०७५ को अग्रज चलचित्र पत्रकारिता पुरस्कारमा पुराना पत्रकार राजधानी दैनिकका डब्बु क्षेत्री, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी, सगरमाथा तथा इण्डिजिनीयस टेलिभिजनका महिला पत्रकार सवि कार्कीलाई आर्थिक धनराशी सहित सम्मान गरिने भएको छ । सम्मान राशीको पुरस्कार समाजसेवी, व्यापारी तथा चलचित्र निर्माता निर्देशक एवम् विश्वास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकनाथ (एलएन) गौतमले निरन्तरता दिएका छन् ।

संचार क्षेत्रमा बिगत लामो समयदेखी लागिपरेको र संचार क्षेत्र सम्बन्धि पुरानो संस्थाले आयोजना गर्ने अवार्ड कार्यक्रम भएकोले अवार्ड, सम्मान सँगै पत्रकारिता पुरस्कार महत्वपूर्ण मानिएको छ । कार्यक्रमको अवसरमा संस्थाले अग्रेजीमा विशेष स्मारिका प्रकाशनको तयारीमा जुटेको छ । स्मारिकामा संस्थाले गरेको गतिविधि, अवार्ड सम्बन्धि लेख रचना र बल्क बस्टर नेपाली फिल्म अवार्ड तथा नयाँ बर्ष २०७५ को अवसरमा निर्माता निर्देशक, सिनेमा हल, चलचित्रकर्मी, उद्योग तथा व्यापारीहरुको शुभकामना विज्ञापनले सजिने भएको छ ।

त्यसैगरी बक्स अफिसले चैत्र २८ गते आफनो अवार्ड कार्यक्रम सम्पन्न गरेपछि चैत्र ३० गते शनिवार प्रहरी मुख्य कार्यालयमा रहेको खेल मैदानमा विगतको तिता मिठा घटना बिर्सदै पुरानो बर्षलाई बिदाइ नयाँ बर्षलाई स्वागत गदै विभिन्न चलचित्रकर्मीहरु बीच रमाइलो मैत्रीपुर्ण फुटबल आयोजना गर्ने भएको छ ।

यी दुवै कार्यक्रमलाई मात्र होइन बक्स अफिसले नियमित रुपमा आयोजना गर्दै आइरहेको बल्क बस्टर नेपाली फिल्म अवार्ड, नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड, नेशनल बक्स अफिस म्युजिक भिडीयो अवार्ड, ग्लोबल मोशन पिक्चर्स अवार्ड, पृथ्वी परिक्रमा नागरिक सम्मान, नेशनल हिरो अवार्ड तथा विविध रचनात्मक कार्यक्रमहरुलाई पनि सम्झौता गरिएको प्रायोजनमा निरन्तरता दिने प्रायोजक कम्पनीको तर्फबाट प्रतिबद्धता जनाएको बताइएको छ ।




यसमा तपाइको मत


Comments