23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आजबाट हलहरुमा प्रदीप र जसिताको ‘लभ स्टेसन’




आजबाट हलहरुमा प्रदीप र जसिताको ‘लभ स्टेसन’

काठमाडौं, चैत २२ । नेपाली हलमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको रोमान्स रहेको ‘लभ स्टेसन’ फिल्म आजबाट प्रदर्शनमा आएको छ । अन्य शुक्रबार दुई वा दुईभन्दा बढी फिल्मको भिड लाग्ने नेपाली फिल्म बजारमा यो हप्ता भने ‘लभ स्टेसन’ मात्र देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो ।

‘लभ स्टेसन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । सांगीतिक प्रेम कथामा आधारित सामाजिक कथावस्तुसमेत समेटिएको फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रबि डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । काफिया फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । 

जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । आलोक शुक्लाको छायांकन रहेको लभ स्टेसनमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । 

फिल्म प्रदर्शनको पूर्वसन्ध्या पारेर निर्माण युनिटले बिहीबार गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो । बिहिबारै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलसँगको छलफलपछि लभ स्टेसनको नेपालमा प्रदर्शन भएको मुनाफाको पाँच प्रतिशत रकम सो क्रिकेट मैदान निर्माणका लागि फाउन्डेसनलाई प्रदान गरिने घोषणासमेत भएको छ ।




यसमा तपाइको मत


Comments