19 Chaitra, 2079 / 2 April , 2023
काठमाडौं, २ फागुन । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६ तारिखबाट लागु गरेको नयाँ मूल्यसूची पठाएको हो।
नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १ तारिखको मूल्य भन्दा घटेर आएको छ। पेट्रोल प्रति लिटर ८६ पैसा र डिजलको मूल्य प्रति लिटर १ रुपैयाँ ५० पैसाले घटेर आएको छ। नेपाल आयल निगमका अनुसार यही मूल्य कायम रहिरहे निगमलाई आगामी १५ दिनमा लगभग ६० करोड नाफा हुनेछ। अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजलमा प्रतिलिटर १५ रुपैयाँ नाफा छ।