14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न सरकार प्रतिबद्धः  प्रधानमन्त्री




वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यात्मक अवस्था अन्त्य गर्न सरकार प्रतिबद्धः  प्रधानमन्त्री

काठमाडौं, ८ चैत । काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जान परेको अवस्थालाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आज राष्ट्रिय सभा गृहमा आयोजित वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण शुभारम्भ कार्यक्रममा
बोल्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले उक्त योजनाले वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक लाभान्वित हुने बताउँदै वैदेशिक रोजगारमा जाने युवालाई विभिन्न बहानामा दुःख दिने कामको अन्त्य हुने बताए । “अब दुःख दिने काम अन्त्य भएको छ । वैदेशिक रोजगारीका लागि जाने युवालाई सहज वातावरण हुनुपर्छ”, उनले भने । गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न आफूले पहल गर्दै आएको पनि उनले सो अवसरमा उल्लेख गरे ।

प्रधानमन्त्रीले देश भित्रै जनशक्तिलाई उत्पादनशील क्षेत्रमा लगाउन आवश्यक पहल गर्ने वचन दिए ।

कोषमा आबद्ध हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तरार्धमा पेन्सन पाउने अवस्था बनेको उल्लेख गर्दै उनले यसले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपाली नागरिकको नागरिकताको विषयलाई एजेण्डा बनाएको उनले बताए । “म प्रधानमन्त्री हुँदै गर्दा विदेशमा रहेको नेपालीहरुको नागरिकताको विषय बडो संवेदनशील र गम्भीर थियो । प्रधानमन्त्रीको हैसियतले मैले विदेशमा रहेका नेपालीहरुको नागरिकताको विषयको समस्या समाधानको निम्ति निकै ठुलो छलफल, बहस र आफ्नो ठाउँबाट योगदान गरे र संविधान निर्माण हुँदै गर्दा आधारभूतरूपमा त्यो समस्या समाधान भयो । ”

उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको सुरक्षाको स्वास्थ्य र बीमा सम्बन्धि समस्याको सम्बोधन गर्ने प्रयास गरेको उनले बताए ।



Related News


यसमा तपाइको मत


Comments