23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आजदेखि ‘ए मेरो हजुर ३’ र ‘यात्राःम्युजिकल भ्लग’ फिल्म देशभरका हलमा




आजदेखि ‘ए मेरो हजुर ३’ र ‘यात्राःम्युजिकल भ्लग’ फिल्म देशभरका हलमा

काठमाडौं, चैत २९ । आज दुई नेपाली फिल्म एक अर्काेसँग भिड्दै प्रदर्शनमा आएका छन् । ‘ए मेरो हजुर ३’ र ‘यात्राःम्युजिकल भ्लग’ फिल्महरु देशभरका हलहरुबाट एकसाथ बर्षकै अन्तिम शुक्रबार अर्थात आजदेखि प्रदर्शनमा आएका हुन् । 

सम्राट शाक्यको निर्देशन रहेको फिल्म ‘यात्राः युजिकल भ्लग’मा सलिनमान बनिया, सलोन बस्नेत, मालिका महत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायत कलाकारको अभिनय रहेको छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि फिल्ममा अभिनय रहेको छ । यो फिल्म कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो । 

कलाकार समेत रहेका केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने कार्यकारी निर्माता सर्जुमान लिगल हुन् । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटासँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ । 

त्यसैगरी, झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’मा अनमोल केसी र झरनाको छोरी सुहानाको मुख्य भूमिका रहेको छ । संगीतिक प्रेमकथामा बनेको यो फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारको अभिनय छ । सुनिलकुमार थापाले निर्माण गरेको फिल्मको बिहिबार साँझ प्रिमिएरसमेत गरिएको थियो । 




यसमा तपाइको मत


Comments