16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हमासविरुद्ध लड्न अमेरिकाले इजरायललाई हतियार दिने




हमासविरुद्ध लड्न अमेरिकाले इजरायललाई हतियार दिने

एजेन्सी । हमास लडाकु समूहले इजरायलमा आक्रमण गरेपछि अमेरिकाले इजरायलको समर्थन गरेको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले हमासविरुद्ध लड्न पूर्वी भूमध्य सागरमा अमेरिकी युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड, युद्धक विमान, एक मिसाइल क्रुजर, चार क्षेप्यास्त्र र गोलाबारुद पठाउने घोषणा गरेका हुन् । हमासको आक्रमणमा इजरायल, अमेरिका, नेपालका साथै कयौँ देशका नागरिकहरू पनि मारिएका छन् । 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले यस विषयमा भनेको छ, ‘हामी थप सैन्य सहायता दिनेछौँ । साथै इजरायलको दुश्मनले यो स्थितिको फाइदा नउठाओस् भनेर अमेरिकाले अन्य काम पनि गर्नेछ ।’ इजरायलका अनुसार हालसम्म हमासको आक्रमणमा इजरायलमा रहेका ७ सय मानिसले ज्यान गुमाइसके । हमासका लडाकुले सयभन्दा बढी मानिस अपहरण पनि गरेका छन् । 

यस्तोमा इजरायलले हमासविरुद्ध जवाफी कारबाही थालिसकेको छ । इजरायलका सेनाहरू ट्यांकलगायतका हतियारसहित हमास लडाकु रहेका सीमा क्षेत्रमा जाँदैछन्, जहाँबाट अपहरणमा परेका मानिसहरू छुटाउन सकियोस् । इजरायलसँगै विदेशी नागरिकहरू अपहरणमा परेको आशंका छ ।

यस्तै, इजरायका सेनाले हवाई आक्रमण गर्दा प्यालेस्टाइनको गाजा क्षेत्रमा चार सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने २३ सयभन्दा बढी मानिस घाइते भएका छन् । गाजा क्षेत्रका भवनमा इजरायलको जवाफी कारबाहीले ठूलो क्षति पुगेको छ । 
 



Related News


यसमा तपाइको मत


Comments