23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सौन्दर्य प्रतियोगिताको आवेदन खुल्यो, मोटा व्यक्तिले मात्र भाग लिन पाउने




सौन्दर्य प्रतियोगिताको आवेदन खुल्यो, मोटा व्यक्तिले मात्र भाग लिन पाउने

काठमाडौं, बैशाख ३ । नेपालमा पहिलोपटक मोटा व्यक्तिहरुको सौन्दर्य प्रतियोगिताको लागि मिस्टर प्लस साईज नेपालले आवेदन खुल्ला गरेको छ ।  मोडल सङ्स नेपालले ग्लोरी मिडियासँगको सहकार्यमा ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्न लागेको हो । 

आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार विगत दुई वर्षदेखि नेपालमै पहिलोपटक महिलाहरु लक्षित सुपर प्लस साईज मोडल नेपाल सौन्दर्य प्रतियोगिता आयोजना गरी प्लस साईज मोडलिङ क्षेत्रमा आफ्नो बेग्लै छाप छोड्न सफल मोडल सङ्स नेपालले नेपालमै पहिलोपटक पुरुष लक्षित सौन्दर्य प्रतियोगिता संचालन गर्न लागेको हो ।

उक्त ‘मिस्टर प्लस साईज नेपाल, २०१९’ सौन्दर्य प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन पाउने छन् । प्रतिस्पर्धामा भाग लिनका लागि १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्षभन्दा माथिका समूहका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ । 

प्रमुख राजपुतका अनुसार अडिसनमार्फत छनौट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धीहरुलाई नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धी ज्ञान तथा यसको भविष्य, कम्यूनिकेशन स्किलस्, एमसी ज्ञान तथा जीवन उपयोगी ज्ञान, पब्लिक स्पिकिङ्ग, व्यक्तित्व विकास, समय तथा रिस व्यवस्थापन, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि प्रशिक्षण दिइनेछ । 

मिस्टर प्लस साईज नेपाल सौन्दर्य प्रतियोगिताले सुन्दर र क्षमता भएर पनि सधैं पछिपरेका र मोटोपनले गर्दा आफूलाई एक्सपोज गर्न हिच्किचाहटमा पर्ने गरेका पुरुषहरुको क्षमतालाई अभिवृद्धि गर्न तथा समाजमा सकारात्मक संदेश फैलाउनमा मद्दत पुर्याउने विश्वासका साथ ग्लोरी मिडियाले प्रतियोगिताका लागि सहकार्य गरेको ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए । 

प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुका लागि अडिसन फाराम वितरण कार्य बैशाख २ गतेबाट प्रारम्भ भएको छ । 




यसमा तपाइको मत


Comments