23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दुई धार्मिक समूह बीचको विवादका कारण वीरगन्जमा पनि कर्फ्यू




दुई धार्मिक समूह बीचको विवादका कारण वीरगन्जमा पनि कर्फ्यू

काठमाडौं, ७ फागुन ।  रौतहटको ईशनाथ नगरपालिकामा सरस्वती पूजाको मूर्ति सेलाउने विषयमा भएको झडपलाई लिएर भइरहेको विरोधले तनाव सिर्जना भएपछि वीरगञ्जमा पनि कर्फ्यू आदेश जारी भएको छ ।

गत बिहीबार भएको घटनापछि रौतहटमा शनिबारदेखि लगाइएको कर्फ्यू अझैसम्म निरन्तर छ । घटनाको विरोधमा सर्वसाधारण विभाजित भएर प्रदर्शनमा उत्रिन थालेपछि सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी वीरगञ्जमा पनि कर्फ्यू लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सोमबार बेलुका ५ बजेदेखि अनिश्चितकालका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरेका छन् ।

तत्काललाई वीरगञ्ज महानगरपालिकाको पूर्वमा 'नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू आदेश जारी भएको छ ।

ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा र्‍याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ ।


 



Related News


यसमा तपाइको मत


Comments