27 Baishak, 2081 / 9 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नयाँ गठबन्धनमा भित्र्याउन प्रचण्ड–ओली पुगे माधव नेपाल निवास




नयाँ गठबन्धनमा भित्र्याउन प्रचण्ड–ओली पुगे माधव नेपाल निवास

काठमाडौं, २२ फागुन । नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा नेकपा एकीकृत समाजवादीलाई पनि ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष केपी शर्मा ओली पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको निजी निवासमा पुगेका छन् ।

एमाले र माओवादीका शीर्ष नेता नेपाल निवास कोटेश्वर पुगेका हुन् । नयाँ सत्ता गठबन्धनमा आफू छुटेपछि असन्तुष्ट बनेका नेपाललाई फकाउन दोस्रो दिन प्रचण्डले ओलीलाई समेत लगेर नेपालसँग कुराकानी गरिरहेका छन् । सोमबार प्रचण्ड र पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपाल निवास पुगेका थिए ।

मंगलवार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल पनि नेपाल निवास पुगेका छन् । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सांसद छन् ।
 



Related News


यसमा तपाइको मत


Comments