16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अनुसन्धानमा लापरवाही गर्नेमाथि कारबाही सिफारिस गर्न गृहमन्त्रालयद्वारा समिति गठन




अनुसन्धानमा लापरवाही गर्नेमाथि कारबाही सिफारिस गर्न गृहमन्त्रालयद्वारा समिति गठन

काठमाडौं, ११ चैत ।  सुन तस्करी प्रकरणको अनुसन्धानमा लापरवाही गर्नेमाथि थप छानबिन गरेर कारबाही सिफारिस गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ ।
छानबिनामा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न अर्को समिति बनाएको गृहको भनाइ छ । कानून महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका डीआईजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही सदस्य छन् ।
रिजाल नेतृत्वको समितिले उच्चस्तरीय सुन तस्करी जाँचबुझ आयोगले दिएको प्रतिवेदन अध्ययन गरेर कसलाई के कारबाही गर्ने भन्ने सिफारिस गर्नेछ ।

कारबाही सिफारिसमा परेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि थप छानबिन र कारबाहीको आवाज उठेपछि समिति बनाइएको गृहको भनाइ छ ।
 




यसमा तपाइको मत


Comments