15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अछाममा ट्याक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु, ३ घाइते




अछाममा ट्याक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु, ३ घाइते

काठमाडौं, १२ चैत । अछामको मेल्लेखमा ट्र्याक्टर दुर्घटना भएको छ । प्रहरीका अनुसार मेल्लेख गाउँपालिका– ७ मा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी घाइते भएका तीन जनालाई अछामको बयलपाटा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मेल्लेख– १ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका छन् ।

मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१० ०२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयेडीमा दुर्घटना भएको हो । उक्त ट्र्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको जनाइएको छ ।

दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी छ । मृतक र घाइते एउटै वडका बासिन्दा हुन् । घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
 



Related News


यसमा तपाइको मत


Comments