15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मुम्बई बन्यो एसियाकै सबैभन्दा धेरै अर्बपति भएको शहर




मुम्बई बन्यो एसियाकै सबैभन्दा धेरै अर्बपति भएको शहर

एजेन्सी । भारतको मुम्बई शहर अर्बपतिहरुको ‘हब’ बनेको छ । ‘हुरन रिसर्च’ ले सार्वजनिक गरेको सूची अनुसार मुम्बई एसियाकै सबैभन्दा धेरै अर्बपतिहरु भएको शहर बनेको छ । मुम्बईले पहिलो पटक चीनको बेइजिङलाई पछि पार्दै उक्त स्थानमा स्थापित भएको हो ।

भारतको आर्थिक राजधानी मुम्बईले ९२ जना अर्बपतिहरुलाई स्थान दिएको छ भने बेइजिङमा अर्बपतिहरुको संख्या ९१ रहेको हुरनको सूचीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ । यद्दपि, समग्र अर्बपतिहरुको संख्यामा चीन अझैपनि भारतको तुलनामा धेरै माथि रहेको छ । चीनमा समग्रमा ८१४ जना अर्बपति रहँदा भारतमा २७१ जना मात्र अर्बपति रहेका छन् । यता, सबैभन्दा धेरै अर्बपति भएको शहरमा मुम्बई विश्वको तेस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा ११९ जना अर्बपतिहरु सहित न्यूयोर्क र ९७ जना अर्बपतिहरु सहित लन्डन दोस्रो स्थानमा छन् ।



Related News


यसमा तपाइको मत


Comments