22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध रिट दायर




गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध रिट दायर

काठमाडौं, २७ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको उल्लेख गरी बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पुर्‍याउनु असंवैधानिक भएको भन्दै रिट निवेदन दायर गरेका हुन् । 

उक्त रिट निवेदनमा यही चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तबरले दाबी पत्र पेश गर्नुभएको र अधिकारीलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको छ । रिट निवेदनमा सभामुख तटस्थ व्यक्ति भएकाले कुनै पनि दलका लागि बहुमत पुर्‍याउन नमिल्ने जिकिर गरिएको छ । उक्त रिटबारे बुधबार सुनुवाइ हुनेछ ।

यसअघि, कोशी प्रदेशमा नेकपा (एमाले) ले नेपाली काँग्रेसविरुद्ध दिएको सोही आधारको रिट निवेदनमा सर्वोच्च अदालतले सभामुखको मत जोड्न नपाउने आदेश दिएको थियो ।



Related News


यसमा तपाइको मत


Comments