18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु




नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु

काठमाडौं, ३ वैशाख । नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु भएको छ। कुल दुई हजार ६८८ मिटर लम्बाइ रहेको मुख्य सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ गरिएको हो।

निर्माणको सुरुवाती समयमा कोरोना महामारी र त्यसपछि निरन्तर स्थानीयको अवरोधका कारण अवरुद्ध बनेको उक्त सुरुङ मार्गमा यातायात सञ्चालन हुन भने अझै एक वर्ष लाग्ने आयोजनाका सिनियर डिभिजनले इन्जिनियर गोविन्द दमरुले जानकारी दिए।

‘सुरुङमार्गको आज ब्रेक थ्रु भयो। बाँकी काम भनेको सुरुङभित्र लाइनिङ गर्ने, उपकरण जडान र फिनिसिङका कामहरू बाँकी छन्, ती काम सकेर यातायात चलाउन अझै एक वर्ष लाग्छ’, उनले भने। यसअघि २०८० साउन २१ मा आयोजनाको आकस्मिक (रेस्क्यु) सुरुङमार्गको ब्रेक थ्रु भएको थियो।

गत फागुन ६ मा धादिङतर्फका स्थानीयले मुआब्जा, खानेपानीको व्यवस्था र सिँचाइ लगायतका माग राखेर आयोजनामा अवरोध गर्दै आएका थिए । एक महिना लामो अवरोधपछि गत चैत ८ गतेबाट आयोजना निर्माण कार्य पुनः अघि बढेको छ।

४२ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी जापानी ठेकेदार हाज्मा एन्दो जेभीले वि.सं. २०७६ कात्तिक २६ गतेदेखि निर्माण सुरु गरेको थियो।
 



Related News


यसमा तपाइको मत


Comments