20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

युएईसँग नेपाल पराजित 




युएईसँग नेपाल पराजित 

काठमाडौं, ७ वैशाख । नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना  समाप्त भएको छ ।

१२० रनको लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का गर्‍याे । युएईका ओपनर अलिशान शराफुले ४१ बलमा ५ चौका र २ छक्कासहित ५५ र आयन खान ३ रनमा नटआउट रहे ।

कप्तान मोहम्मद वासिम ११, विष्णु सुकुमारन २८, आसिफ खान १० र सैइद हैदर १४ रनमा आउट भए । नेपालका गुलशन झाले २, ललित राजवंशी र सोमपाल कामीले १/१ विकेट लिए ।  त्यसअघि ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट हुन पुगेका थिए ।  तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ तथा गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भएका थिए ।

युएईका जुनैद सिद्दिक, बासिल हामिद र अली नासिरले २–२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १–१ विकेट लिए । योसँगै टी-२० विश्वकपपछि हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।



Related News


यसमा तपाइको मत


Comments