22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हङकङसँग पनि हार्‍यो नेपाल




हङकङसँग पनि हार्‍यो नेपाल


काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। जितका लागि १४० रनको लक्ष्य पाएको हङहङले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्‍यो। योसँगै नेपालले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ।

हङकङका अंशुमन रथले ५० बलमा ४ चौका र २ छक्कासहित ६५ रनमा नट आउट रहे। नसरुल्लाह राना ८ बलमा ११ रनमा नट आउट रहे। बाबर हायत २६, अजिज खान १२, यासिम मुर्तजा र अदित गोरावारा ९–९ रनमा आउट भए।

नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए।

यसअघि अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३९ रन बनाएकाे थियाे। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा सर्वाधिक ४४ रन बनाए। उनले यस क्रममा ४ चौका र ३ छक्का हाने।

सन्दीप जोराले २३ बलमा १ चौकासहित २२ रन बनाए। सुरुवाती समयदेखि नै खराब प्रदर्शन गरेको नेपालले कुशल भुर्तेललाई शून्य रनमै गुमायाे। तेस्रो ओभरमा सोमपाल कामी १६ रन बनाएर आउट भए। लगत्तै ५ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए।

त्यसपछि कप्तान रोहित पौडेल १९ बलमा २१ रन बनाएर आउट भए। कुशल मल्लले १४ बलमा १३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए।
 



Related News


यसमा तपाइको मत


Comments