25 Baishak, 2081 / 7 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कमेडी सिरियल ‘कुरा मात्र भो’ शुक्रबारदेखि प्रसारण हुँदै




कमेडी सिरियल ‘कुरा मात्र भो’ शुक्रबारदेखि प्रसारण हुँदै

काठमाडौं, बैशाख २४ । अर्जुन गौतमको निर्देशनमा निर्माण भएको नेपाली हास्य व्यंग्य सिरियल ‘कुरा मात्र भो’ आउँदो शुक्रबारबाट प्रसारण हुँदै छ । एनटिभी प्लसबाट हरेक शुक्रबार राति ८ः०५ बजे उक्त सिरियल प्रसारण हुने भएको हो । 

‘कुरा मात्र भो’को प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडिया बीच गत शुक्रबार सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिए । प्रसारणका लागि आवश्यक तयारी समेत पूरा भैसकेको उनले बताए । जेसिका इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ । 

निर्देशक गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवं राजनीतिक बिषय वस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो सिरियल युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने उनले बताए । 

साहित्यकार सनत आचार्यको लेखनमा तयार पारिएको उक्त सिरियलमा कलाकारहरु उत्तम अर्याल (कोदे), लक्ष्मण चौलागाई आदिको अभिनय रहेको छ । त्यसैगरी, ‘कुरा मात्र भो’को निर्मातामा कमल श्रेष्ठ, कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी, सम्पादनमा राज श्रेष्ठ रहेका छन् भने निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी रहेका छन् ।




यसमा तपाइको मत


Comments