25 Baishak, 2081 / 7 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फेसियल हाउसद्वारा लिटिल च्याम्प पिञ्जु सम्मानित




फेसियल हाउसद्वारा लिटिल च्याम्प पिञ्जु सम्मानित

काठमाडौं, जेठ २६ । फेसियल हाउसले मिस्टर एण्ड मिस लिटिल च्याम्प २०१९ कि विजेता पिञ्जु बुढा मगरलाई सम्मान गरेको छ । शनिबार सिटीसी मलमा एक कार्यक्रम आयोजना गरी फेसियल हाउसले नौ वर्षीया बालिका मगरको सफलताको कदर गर्दै सम्मान गरेको हो । 

कार्यक्रममा पिञ्जुले ताज जितेको खुसियालीमा केक काटिएको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बाल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सम्मानस्वरुप उक्त कार्यक्रम राखिएको बताइन् । कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जुले गत शनिबार मात्रै मिस्टर एण्ड मिस लिटिल च्याम्पको उपाधी जितेकी थिईन ।

प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा उपाधिका लागि २५ जनाले प्रतिष्पर्धा गरेका थिए । बालअधिकार बारे सोधिएको प्रश्नमा सही र सटिक जवाफ दिएर पिन्जु बिजेता बनेकी हुन् । लिटिल मिस च्याम्पको उपाधिसहित उनले वेष्ट क्याटवाक अवार्ड पनि जितेकी थिइन् । पिञ्जु हाल पानीपोखरीस्थित भानुभक्त मेमोरियल विद्यालयमा कक्षा चारमा अध्ययनरत छिन् । पिञ्जुले सानै उमेरदेखि नृत्य र अभिनयमा बिशेष रुची राख्ने गरेको उनकी आमा प्रगती महराले बताइन् ।

त्यसैगरी, फेसियल हाउसले एकदिने हेयर सेमिनारको आयोजनासमेत गर्यो । शनिबार सिटीसी मलमा आयोजित उक्त सेमिनारमा करिब ५० जना ब्यूटीसियन एवं हेयर डिजाईनरहरुले सहभागिता जनाएका थिए । ब्यूटीसियन तथा हेयर डिजाइनरलाई हेयर स्टाईलसम्बन्धी एडभान्स सिप उपलब्ध गराउने उद्देश्यका साथ सेमिनारको आयोजना गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले बताईन ।

सो अवसरमा मायाज ब्यूटी पार्लरकी प्रबन्ध संचालकसमेत रहेकी ख्यातिप्राप्त ब्यूटीसियन तथा हेयर डिजाइनर गीता गिरीले हेयर स्टाईल मास्टर क्लाससम्बन्धी बिशेष कक्षा संचालन गरेकी थिइन । सेमिनारमा संचालित हेयर स्टाईल मास्टर क्लास अन्तर्गत सात विधा समेटिएको थियो । जसमा फ्लावर, मेसी लङ हेयर, हेभी ब्राईडल, क्रेजी, क्रिम्पिङ, स्टिक र क्रिम्पिङ स्टाईल रहेका थिए । सेमिनारको अन्त्यमा सहभागीहरुलाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको थियो ।




यसमा तपाइको मत


Comments