25 Baishak, 2081 / 7 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा शुक्रबार मात्रै फिल्म रिलिज गर्न पाइने




नेपालमा शुक्रबार मात्रै फिल्म रिलिज गर्न पाइने

काठमाडौं, असार १ । नेपालमा अब नेपाली होस् वा हिन्दी फिल्म शुक्रबार मात्रै रिलिज हुने भएको छ । चलचित्र विकास बोडले सबै प्रकारको नयाँ फिल्म नेपालमा शुक्रबार मात्र रिलिज हुने जनाएको हो । 

केहि समयअघि शुक्रबार मात्र नेपाली फिल्म रिलिजको विरुद्धमा फिल्म बितरक कम्पनी ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । त्यसमाथि कार्वाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत बुधबार रिलिज नरोक्न स्टे अर्डर दिइएको थियो । सोही कारण भारत बुधबार नै नेपालभर रिलिज भएको थियो । 

चलचित्र विकास बोर्डले नेपाली फिल्मको प्रवद्र्धनको लागि सबै फिल्म शुक्रबार नै रिलिज गरेको निर्णय काठमाडौं जिल्ला अदालतलाई स्पष्टिकरणको रुपमा पठाएको थियो । चलचित्र विकास बोर्डले दिएको स्पष्टिकरणको आधारमा काठमाडौं जिल्ला अदालतले अघिल्लो स्टे अर्डर खारेज गरेको बोर्ड अध्यक्ष केशव भट्टराईले बताए । उनले अब सोही प्रकृतिका मुद्दाहरु समेत अदालतमा नजाने जानकारी दिए । 

ब्याङ्कटेस इन्टरटेन्मेन्टले भारत रिलिजका लागि आफ्नो स्वार्थका आधारमा एक पक्षीय तरिकाले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको र अदालतले त्यसको पूर्ण कार्वाहीलाई थाति राख्दै स्टे अर्डर दिएको थियो । विकास बोर्डको स्पष्टिकरण पछि उक्त मुद्दालाई पूर्ण रुपमा कार्वाही गर्दै स्टे अर्डर खारेज गरेको हो । स्टे अर्डर खारेजसँगै अब सबै फिल्म शुक्रबार मात्रै रिलिज हुने बोर्डले जनाएको छ ।




यसमा तपाइको मत


Comments