25 Baishak, 2081 / 7 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’ आजबाट प्रशारण हुँदै




मौलिक रियालिटी शो ‘नेपाल लोक स्टार’ आजबाट प्रशारण हुँदै

काठमाडौं, असार १२ । मौलिक रियालिटी शो ‘आईएमई नेपाल लोक स्टार’ आजबाट प्रशारण हुने भएको छ । आयोजक चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाका अनुसार उक्त सिङगिङ रियालिटी शो प्रत्येक बिहिबार र शुक्रबार राति साढे ८ बजे एपीवान एचडी टेलिभिजन र रमाइलो टिभीबाट शुरु हुने भएको हो । साथै, युट्युबाट पनि लाइभ हेर्न सकिने अध्यक्ष कोइरालाले जनाए । 

उक्त शोमा मेघा अडिसनबाट छानिएका एक सय नौ प्रतिस्पर्धीबाट २५ जना स्थापित गर्ने शोमा पुग्नेछन् । मेगा अडिसनका सातवटा श्रृंखलापछि स्थापित गर्ने एउटा श्रृंखला हुने अध्यक्ष कोइरालाले जानकारी दिए । उत्कृष्ट १० सम्म निर्णायकको ५० प्रतिशत र भोटिङको ५० प्रतिशतका आधारमा प्रतिस्पर्धी छनोट हुनेछन् । उत्कृष्ट १० बाट ८० प्रतिशत दर्शक र २० प्रतिशत निर्णायकको भोटका आधारमा प्रतिस्पर्धीको छनौट हुनेछ । फाइनलसम्म ८०/२० कै आधारमा छनौट हुनेछ । उत्कृष्ट पाँचलाई फाइनल भनिनेछ । फाइनल छनौटको सबै अधिकार दर्शकको भोटको आधारमा हुनेछ ।

शोमा लोकभाका मात्रै गाइने छ । कार्यक्रमको ३६औँ श्रृखंला फाइनल हुनेछ । विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् भने दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । अध्यक्ष कोइरालाका अनुसार उत्कृष्ट पाँच जनालाई लिएर सातवटै प्रदेशमा ‘नेपाल लोक स्टार’ले कन्सर्ट समेत गर्ने छ । उक्त शोको निर्णायकमा जयनन्द लामा, रामजी खाँड, बिबि अनुरागी, सुनिता दुलाल रहेका छन् ।

त्यसैगरी, शोमा आमदर्शकका लागि पुरस्कारसमेत राखिएको छ । अध्यक्ष कोइरालाका अनुसार युट्युब लाइभ स्ट्रिममा प्रथम ५० भित्र कमेन्ट गरी शेयर गर्ने दर्शकमध्ये एक जनालाई कलर्सको वानई स्मार्टफोन प्रदान गर्नुका साथै दुईवटा शो प्रत्यक्ष हेर्ने अवसर मिल्नेछ ।

 




यसमा तपाइको मत


Comments