26 Baishak, 2081 / 8 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

‘दर्शक–श्रोता नेपाल’को साधारणसभा सम्पन्न, अध्यक्षमा बजगाँई 




‘दर्शक–श्रोता नेपाल’को साधारणसभा सम्पन्न, अध्यक्षमा बजगाँई 

काठमाडौं । दर्शक–श्रोता नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारण सभा सम्पन्न भएको छ । नयाँ कार्यसमति चयनसँगै अधिवेशन तथा चौथो साधारण सभा शनिवार सम्पन्न भएको हो । समाजसेवी तथा बरिष्ट गायक मिठाराम केसीको  प्रमुख आतिथ्यतामा सम्पन्न सो सभामा सञ्चारकर्मी ओम भण्डारी लगायतको उपस्थिति रहेको थियो । 
शनिबार भएको सो अधिवेशनबाट अध्यक्षमा सन्तोष बजगाई, उपाध्यक्षमा गणेश खत्री, महासचिवमा केशर विश्वकर्मा, सचिवमा मिरा विश्वकर्मा, कोषाध्यक्षमा विनोद नेपाली र सहकोषाध्यक्षमा सुनिल नपाली चयन भएका छन् । त्यस्तै, सदस्यहरमा चन्द्रकुमार विश्वकर्मा, बाबुराम सिग्देल पृथ्वीकुमारी पुलामी चयन भएका छन ् । 

साधारण सभाले संस्थाको अर्थिक प्रतिवेदन तथा प्रगति कार्य विवरण प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिठाराम केसीले नेपाली मौलिक कला संस्कृतिको संरक्षण, विकास तथा पर्यटन प्रवद्र्धनका साँथै, अन्य सामाजिक काम मा संस्थाले गरेका कामहरुको प्रसंशा गर्दै भावी दिनमा यस कार्यलाई अझ बढाउदै लानुपर्ने बताए । 
त्यस्तै, सञ्चारकर्मी ओम भण्डारीले विगत ५ बर्ष अगाडी एक दूईजनाबाट सुरु भएको अभियान विशुद्धरुमा सामाजिक भएको बताए र उनले समाजको लागि यस अभियानले अहम भुमिका खेलेको हुंदा अभियानका सदश्यहरुले विचलित हुन नहुने बताए । 

संस्थाका निवर्तमान अध्यक्ष केशव भट्टले समाज, कला संस्कृति तथा मौलिकता र सामजसेवी मनहरुको समुहले विगतमा कसैले नगरेको कामहरु गरेको बताए । उनले विगत ५ वर्ष अगाडी नै संगीत विकास बोर्ड माग गर्ने दर्शक श्रोता नेपाल भएको उल्लेख गरे । संगीत विकास बोर्ड गठन गर्न दवाव स्वरुप ३ वर्ष अगाडी उपत्यका व्यापी हस्ताक्षर संकलन अभियान गरिएको बताए । आउदा दिनमा सो एजेन्डनलाई बृहत ढँगले उठाउनु पर्नेमा उनको जोड दिएका थिए । 

नयाँ कार्यसमितिको अध्यक्षमा चयन भएका सम्पूर्ण सदस्यहरुले आ–आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् । सो क्रममा अध्यक्ष बजगााईले आगामी दिनमा अभियानलाई सार्थक बनाउन सवैको सहयोग आवश्यक पर्ने बताए । 

नेपाली मौलिक कला संस्कृतिको संरक्षण विकास र पर्यटन प्रवद्धनमा काम गर्दै आएको सामाजिक संस्था दर्शक–श्रोता नेपाल विगत २०७१ सालमा स्थापना भएको थियो । विशेष गरी यस संस्थाले नेपाली सांगितिक बजारमा आउने गरेका विकृति विसंगतिका विरुद्ध आवज उठाँउदै आएको छ । 

त्यस्तै, नेपाली मौलिक कलालाई संरक्षण गरेर मात्र वाह्य पर्यटकहरुलाई भित्र्याउन सकिन्छ, भन्ने धारणाका साथ यो संस्था लागिरहेको छ ।
 




यसमा तपाइको मत


Comments