23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राष्ट्रकवि सम्मानित




राष्ट्रकवि सम्मानित

काठमाडौं : सिन्धुली बाङ्मय प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे दम्पतीलाई सम्मान गरेको छ । राष्ट्रकवि घिमिरे दम्पतीलाई प्रतिष्ठानका अध्यक्ष शम्भु ढकाल ‘अञ्जुल' ले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । नेपाली साहित्यको धरोहरका रूपमा राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानको तर्फबाट बुधबार सम्मान गरिएको हो।

उक्त अवसरमा राष्ट्रकविले सिन्धुली जिल्लाले महाकाव्यकार उमानाथ शास्त्रीजस्ता साहित्यकारलाई जन्म दिएको स्मरण गर्दै त्यहाँका साहित्यकारबाट सम्मानित हुन पाउँदा आफू हर्षले गद्गद् भएको बताए । उनले सिन्धुली जिल्ला टेक्ने आफ्नो चाहना रहेको बताउँदै नेपाली साहित्यमा सिन्धुली जिल्लाका स्रष्टाहरूको योगदानलाई भुल्न नसकिने बताए ।

प्रतिष्ठानका अध्यक्ष अञ्जुलले नेपाली साहित्यमा यति उचाइ लिएको साहित्यिक व्यक्तित्वलाई सिन्धुली जिल्लाका सम्पूर्ण साहित्यकारको तर्फबाट सम्मान गर्न पाउँदा गौरव महसुस गरेको बताए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पनाअनुसार साहित्यकारको एकै ठाउँमा बस्ती बसाउने योजनामा प्रतिष्ठान अघि बढेको बताए ।

कार्यक्रममा साहित्यकारले राष्ट्रकविसँग अन्तरसंवाद पनि गरेका थिए । उनीहरूले राष्ट्रकविले जीवनकालमा प्राप्त गरेका पदक, सम्मानपत्र, उपहारलगायत रहेको संग्रहालयको अवलोकन गरेका थिए । राष्ट्रकवि घिमिरेलाई सम्मान गर्न शारदा पहाडी, गोविन्दराज शिवाकोटी, लीलानाथ घिमिरे, अम्बिका शर्मा, सीता श्रेष्ठ, कृष्णहरि घिमिरेलगायतका २० जना स्रष्टा राष्ट्रकवि घिमिरे सदन पुगेका थिए ।




यसमा तपाइको मत


Comments