17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


मल्टिमिडिया अवार्ड जित्दै मिस वल्र्डको फाइनलमा पुगिन श्रृंखला

मल्टिमिडिया अवार्ड जित्दै मिस वल्र्डको फाइनलमा पुगिन श्रृंखला


काठमाडौं, मंसिर १८ । मिस वल्र्ड २०१८ मा नेपालकी चेली श्रृंखला खतिवडा मल्टिमिडिया अवार्ड हात पार्दै मिस वल्र्ड प्रतियोगिताको फाइनलमा पुगेकी छिन् । विश्वका एक सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा खतिवडाले मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन् ।

खतिवडाले मिस वल्र्डमा मेक्सिको र केन्याकी प्रतिस्पर्धीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । मल्टिमिडिया अवार्डका लागि सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट पाँचमा नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिष्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाएका थिए । प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुँदैछ ।


श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड

श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड


काठमाडौं, मंसिर १७ । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पारेकी हुन्।  यो विधामा मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा छन् । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै मल्टिमिडिया अवार्ड जितेकी हुन् ।
आइतबार भएको ‘हेड टु हेड’ प्रतिस्पर्धाबाट बाहिरिए पनि मल्टिमिडिया विधाबाट उनले आफूलाई प्रतिस्पर्धामा कायम राखेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलो पटक हो ।  यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ ।
बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ ।
यसैगरी सान्या टुरिज्म भिडियो च्यालेन्जमा पनि श्रृंखला तेस्रो स्थानमा रहेकी छिन् ।


‘द भ्वाइस अफ नेपाल’ कतारमा

‘द भ्वाइस अफ नेपाल’ कतारमा


काठमाडौं, मंसिर १७ । अन्तर्राष्ट्रिय स्तरको सो ‘द भ्वाइस अफ नेपाल’को ग्रान्ड फिनाले कतारमा हुने भएको छ । नेपालमा पहिलोपटक शुरुवात गरिएको ‘द भ्वाइस अफ नेपाल’ डिसेम्बर १४ तारिखमा कतारको दोहास्थित ‘एसियन टाउन ग्रान्डमल सनैयामा’ हुने आयोजकले बताएका छन् । त्यसको सम्पूर्ण तयारी पूरा भएको आयोजक प्रविन गुरुङले जानकारी दिए ।
कतारमा सो कार्यक्रम ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एन्ड यती इभेन्ट म्यानेजमेन्टले गर्न लागेको हो । आयोजक गुरुङ एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक हुन् । अर्का आयोजक डिल्लीकला थपलिया व्यवसायी हुन् । 
त्यसैगरी आयोजक टोलीमा रहेका मनोज श्रेष्ठ एनआरएनए आईसीसी सदस्य हुन् । ग्रान्ड फिनाले कार्यक्रमको विषयलाई लिएर आयोजकले कतारस्थित विभिन्न सङ्घसंस्थाका पदाधिकारीसँग छलफल थालिएको आयोजक एवम् एनआरएनए आईसीसी मध्यपूर्व क्षेत्रीय उपसंयोजक गुरुङले जानकारी दिए । कार्यक्रमलाइ भब्य अनि सभ्य रुपमा सम्पन्न गर्न कतारस्थित विभिन्न संघसंस्थाका पदाधिकारी एबम् आयोजक लागिपरेका छन् । नेपालीहरुकोलागि कतार श्रम र ब्यवसाय दुवै क्षेत्रको गन्तव्य मुलुक हो । कार्यक्रम संयोजक गुरुङले कतारस्थित विभिन्न संघसंस्थाका पदाधिकारीहरुसित दोहाको ‘वेस्ट वेस्टर्न’ होटेलमा कार्यक्रम सफल बनाउनको लागि पटक–पटक परामर्श कार्यक्रम समेत राखेका थिए ।
‘द भ्वाइस अफ नेपाल’ गायन रियालिटी सोलाई विश्वभरका दर्शकले निकै रुचाएका छन् । सो कार्यक्रमको निर्णायकमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा छन् । विश्वका १ सय ९१ राष्ट्रमा सफल प्रसारण भइरहेको सिङ्गिङ रियालिटी सो द भ्वाइसलाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् । द भ्वाइस अफ नेपालका विजेताले २५ लाख रुपैँया, एउटा कार र २० लाख बराबरको एल्वम कन्टय्राक्ट एवं वल्र्ड टुरको मौका पाउनेछन् । उत्कृष्ट ८ जनाले भने कतारमा प्रतिस्पर्धा गर्नेछन् । अब नेपालमा सोका दुई एपिसोड मात्र छायाँकन हुने बताइएको छ ।
 
 


क्यान्सरको उपचार गराइरहेकी बलिउड नायिका बेन्द्रे मुम्बई फर्किन

क्यान्सरको उपचार गराइरहेकी बलिउड नायिका बेन्द्रे मुम्बई फर्किन


काठमाडौं, मंसिर १७ । अमेरिकामा क्यान्सरको उपचार गराइरहेकी बलिउड नायिका सोनाली बेन्द्रे मुम्बई फर्किएकी छिन् । नायिका बेन्द्रे सोमबार बिहान मुम्बई एयरपोर्टमा ओर्लिएकी हुन् ।

उनी पाँच महिनाको न्यूयोर्क बसाइबाट मुम्बई फर्केकी हुन् । सोमबार मुम्बई एयरपोर्टमा सोनाली नयाँ लुकमा देखिइन् । उनले कालो ज्याकेट र ट्राउजर लगाएकी थिइन् । उनको अनुहारमा खुसी झल्किन्थ्यो । सोनालीलाई क्यान्सर उपचारका क्रममा कयौं पटक किमोथेरापी दिइसकिएको छ । सोनाली श्रीमान् गोल्डी बहलसँग अमेरिकाबाट मुम्बई फर्किएकी हुन् ।

आइतबार सोनालीले आफू भारत फर्कने तयारी गरिरहेको भन्दै सोसल मिडियामा पोस्ट समेत गरेकी थिइन् । पोस्टमा सोनालीले न्यूयोर्कमा आफूले धेरै कुरा सिकेको र आफ्नो जन्मभूमि, माया गर्ने व्यक्तिमाझ फर्कन लागेकोमा अत्यधिक उत्साहित भएको बताएकी थिइन् । उक्त पोस्टमार्फत सोनालीले आफ्नो लडाइ नसकिएको र यो केवल इन्टरवल (मध्यान्तर) मात्र भएको बताएकी छन् । ‘लडाईं अहिले नै सिद्धिएको छैन तर यो छुट्टीमा निकै खुसी हुने आश गरेकी छु ।’, भन्दै उनले लेखेकी छिन् ।


रणवीरको टिजर सार्वजानिक

रणवीरको टिजर सार्वजानिक


काठमाडौं, मंसिर १६ । रणवीर फिल्मको टिजर सार्वजानिक भएको छ । माघ १८ मा रिलिज हुने फिल्मले मोसन पोष्टर र पोष्टर सार्वजनिक गरेपछि टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा फिल्मका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको टसल देखाइएको छ । अघिल्ला फिल्मको तुलनामा सुशील यसमा फेरिएका छन् । 
उनले शारीरिकरुपमा पनि आफूलाई परिवर्तन गरेको पाइन्छ । फिल्ममा प्रशान्त नेगेटिभ क्यारेक्टरमा देखिएका छन् । एक्सन जनरको फिल्मको टिजरमा यी दुई बीचकै टसल र बदलाको भावनालाई चित्रण गरिएको छ । महङ्गो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीले गरेका छन् । फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । 
फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । पछिल्लो समय लभ स्टोरी र कमेडी शैलीका फिल्म आइरहेका बेला रणवीर भने एक्सन र थ्रिलले भरिपूर्ण छ । 

कलाकार सुशील सिटौलाले भने, ‘फिल्मको लागि मैले कति मेहनत गरे भन्ने कुरा शब्दले व्यक्त गर्नु भन्दा पनि भिजुअलले नै व्यक्त गर्छ नै । यसमा मलाइ अघिल्ला फिल्मको सुशील पाउनु हुदैन । एक्सनको लागि मैले आफुलाई तयार गरेको छु । फिल्म राम्रो बनेको छ । एउटा बेरोजगार युवाको संघर्ष र उसको रिभेन्जनै फिल्मको विषयवस्तु हो ।’
यस्तै कलाकार प्रशान्त ताम्राकारले भने, ‘ऐश्वर्यपछी मैले अभिनय गरेको फिल्म हो , रणवीर । यो फिल्ममा काम गर्दा मैले आफैलाई चिन्ने मौका पाएको छु , मैले कति काम गरे र कति गर्न सक्छु भन्ने मुल्यांकन पनि छ यसमा । फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिन्छ , यसमा दुई मत नै छैन । फिल्मले हाम्रै कथालाई बोकेको छ , प्रस्तुतीकरणले दर्शकको मन जित्छ । मलाइ फेरी ऐश्वर्य भन्दा एक स्टेज अप क्यारेक्टरमा देख्न पाउनु हुनेछ ।’
 


टुँडिखेलमा ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रम हुँदै

टुँडिखेलमा ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रम हुँदै


काठमाडौं, मंसिर १६ । आगामी शनिबार टुँडिखेलमा ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’कार्यक्रम हुने भएको छ । मंसिर २२ गते हुने कार्यक्रमको लागि हिजो पत्रकार सम्मेलनको आयोजना गरी आयोजक रग्बी एशोसियसन फेम नेपालले कार्यक्रम हुन लागेको जानकारी गराएको हो ।

आयोजका अनुसार उक्त कार्यक्रममा ‘रग्बी’खेलका साथै लाइभ शोमा, अभिनेत्री स्वस्तिमा खड्का, गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुँबर, स्वप्न सुमन, डिजे सुरेन, डिजे कुइन्लगायत कलाकारले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा वल्र्ड रग्बीको ट्रफीसमेत सार्वजनिक गरिनेछ । सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकको अनुमान छ । कार्यक्रम बिहान १० देखी साँझ ७ बजेसम्म हुनेछ ।

 


प्रियंका र निकको इसाइ परम्पराअनुसार विवाह सम्पन्न

प्रियंका र निकको इसाइ परम्पराअनुसार विवाह सम्पन्न


काठमाडौं, मंसिर १६ । बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको इसाइ परम्परा अनुसार विवाह सम्पन्न भएको छ । उनीहरुले शनिबार जोधपुरको उम्मेध भवन दरबारमा विवाह गरेका हुन् ।

सो विवाह निकका बाबु पल केभिन जोनास सिनियरले गराएका हुन् । निकका बाबु पल पास्चर हुन् । शनिबार इसाई परम्परा अनुसार विवाह गरेका प्रियंका र निकले हिन्दु परम्परा अनुसार आज पनि गर्दैछन् । आइतबारको विवाहपछि उनीहरूले दुईवटा भव्य पार्टी दिदैंछन् जसमध्ये एक पार्टी नयाँ दिल्लीमा हुनेछ भने दोश्रो मुम्बईमा हुनेछ । मुम्बईको पार्टी ४ डिसेम्बरमा हुने जनाइएको छ ।

नायिका चोपडा र अमेरिकी गायक जोनसको विवाहमा विभिन्न पाहुनाको आगमन भइरहेको छ । विवाह सम्बन्धि कार्यक्रममा सरिक हुनका लागि भारतका बिजनेस टाइकुन मुकेश अम्बानी र उनको परिवार पनि जोधपुर पुगेका छन् ।


संगीतकार रौनियारको ‘ए मान्छे’ बजारमा

संगीतकार रौनियारको ‘ए मान्छे’ बजारमा


काठमाडौं, मंसिर १० । गायक सचिन रौनियारको नयाँ सांगीतिक कोशेली ‘ए मान्छे’ बजारमा देखिएको छ ।  झन्डै १२ वर्षपछि रौनियार नयाँ गीत ‘ए मान्छे’ लिएर आएका हुन् ।

डेढ दशक अगाडि नेपाली गीतसंगीत बजारमा परिचित रौनियारले लामो समय पछि उक्त सांगीतिक काशेली बजारमा ल्याएका हुन् । डिजिटल युगको पहिलो गीत बनाउने सचिनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेका हुन् । मनोरञ्जनसँगै अनेकतामा एकताको सन्देश दिने सार्वजनिक गीतमा प्रकाश सापकोटाको शब्द तथा जितेन लेप्चाको संगीत रहेको छ । रौनियारका यसअघि २०४३ मा पहिलो ‘सर्च’ एल्बमसहित पर्श, नशालगायतका १२ वटा एल्बम सार्वजनिक भएका थिए ।

सार्वजनिक गीतमा सचिनसँगै संजय श्रेष्ठ, बबिन, भिम तुलाधरलगायत पनि देखिएका छन् । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकता प्रस्ट्याउने प्रयास भएको देख्न सकिन्छ । सार्वजनिक भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी तथा उत्सव दाहाल र विजय बस्नेतको छायांकन रहेको छ । उनले डिजिटल दुनियामा काम गर्न निकै सहज भएको र अबका दिनमा निरन्तर गीत संगीतमा लाग्ने बताएका छन् ।


‘ड्रिम गर्ल’ प्रदर्शन

‘ड्रिम गर्ल’ प्रदर्शन


काठमाडौं, मंसिर ८ । हिजो शुक्रबार चलचित्र ‘ड्रिम गर्ल’ प्रदर्शनमा आएको छ । हिजोदेखि प्रदर्शनमा आएको चलचित्र ‘ड्रिम गर्ल’ले हलमा एकल प्रदर्शनको अवसर पाएको हो । सधैं दुई वा सो भन्दामाथी संख्याका चलचित्र प्रदर्शनमा आउने गरेपनि शुक्रबार भने उक्त फिल्मले मात्र प्रदर्शनको मौका पाएको छ ।

 

‘ड्रिम गर्ल’ आकाश श्रेष्ठ र आश्मा गिरी अभिनित चलचित्र हो । यो दुबै कलाकारको अग्नि परिक्षाको रुपमा हेरिएको छ । किनभने ‘ड्रिम गर्ल’ आकाशले सोलो हिरोको रुपमा काम गरेको र आश्माको डेब्यु  चलचित्र हो । ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्रमा आकाश र आश्माको अलवा विल्सन विक्रम राई, शिशिर भण्डारी, सरोज खनाल, अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् । 


विश्व सुन्दरी प्रतियोगितामा नेपाली क्रेज

विश्व सुन्दरी प्रतियोगितामा नेपाली क्रेज


काठमाडौं, मंसिर ८ । नमस्ते नेपाल । सन्चै हुनुहुन्छ ?’ मिस वल्र्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाएपछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन् ।

 

भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन् । उत्कृष्ट ३० मा परेकी शृंखलाले शुक्रबार मध्यरातसम्म खसेको कुल भोटमध्ये २०.६८ प्रतिशत प्राप्त गरेकी छन् । उनले एक लाख दुई हजार तीन सय ८४ मत पाएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी फ्रान्सकी माइभा कुको ले ३३ हजार दुई सय ९७ (३.३२ प्रतिशत) र अमेरिकाकी मारिसा बटलरले ३१ हजार आठ सय २६ मत (०.०४ प्रतिशत) प्राप्त गरेकी छन् । मिस वल्र्ड २०१८ को अन्तिम प्रतिस्पर्धा डिसेम्बर ८ मा हुँदैछ । विभिन्न च्यानल र सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणमा शृंखला उत्कृष्ट एकदेखि सात स्थानमा परेकी छन् । उनी यसवर्ष मिस वल्र्डका लागि भारतको प्रतिनिधित्व गरेकी अनुष्कृति भाषभन्दा धेरै अगाडि छिन् । ‘ब्युटी विथ परपस’ भन्ने नारासहित नेपालको प्रतिनिधित्व गरेकी शृंखलाले मुलुकलाई चिनाउन विभिन्न तरिका अपनाएकी छन् । पेसाले इन्जिनियर शृंखलाको परिचय राउन्डको भिडियो पनि भाइरल भएको थियो । 

 

उनले सर्वोच्च शिखर सगरमाथा, बुद्धभूमि, नेपाली कला र प्रकृतिलाई एक साथ जोडेर बनाइएको भिडियोमा शृंखलाले नेपाललाई विश्व सामु चिनाउन निकै मेहेनत गरेकी छन् । मिस नेपाल बने पनि मोडलिङ र चलचित्रमा अभिनय गर्ने सोच नभएको स्पस्ट पारेकी शृंखला नयाँ विषयका साथ मिस वल्र्डमा सहभागी भएकी छन् । उत्कृष्ट विद्यार्थी र राजनीतिक पृष्ठभूमिकी शृंखलाको मिस वल्र्ड यात्रालाई निकै चासोका साथ हेरिएको छ । शृंखलाका बुबा सांसद विरोध खतिवडाले छोरीका लागि आफूले पनि भोट गरिरहेको बताए । ‘दिनभर भोटमात्र गरेर बस्ने कुरा त भएन तर भोट चाहीं गरिरहेको छु’, उनले भने, ‘छोरीसँग दिनहुँ कुरा हुन्छ । त्यहाँको माहोलबारे छोरीसँग जानकारी लिइरहेको छु । प्रतिस्पर्धामा छोरी उत्साहित र विश्सस्त छे ।’ आफ्नो देश चिनाउन छोरीले निकै मेहनत गरेकोमा उनले खुसी व्यक्त गरे । ‘शृंखला मिस वल्र्ड बनोस् भन्ने चाहना परिवार मात्र होइन, सबै नेपालीको हो’, विरोधले भने, ‘मिस वल्र्ड ब्युटी विथ ब्रेनको प्रतिस्पर्धा हो । यी दुबैमा छोरी अब्बल छ ।’ अन्नपूर्ण पोस्टबाट