06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


पिएनजीसँग नेपालको लज्जास्पद हार

पिएनजीसँग नेपालको लज्जास्पद हार


काठमाडौं, ३० फागुन । नेपालले पिएनजीसँग लज्जास्पद हार बेहोरेको छ । हङकङमा जारी टी-२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको हो ।
पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अल आउट हुदै ८५ रन मात्र बनाएर अलआउट भएको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्बाधिक १७ रन बनाएका थिए भने आरिफ सेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाएका थिए । यो बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

त्यसैगरी पिएनजीका लागि काबुआ मोरिया, चाद सोपेर, सेमो कामिया र सेसे बाउले २-२ विकेट लिएका थिए ।   यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । पिएनजीका लागि ओपनर टोनी उराले सर्बाधिक ६१ रन बनाएका थिए भने आलेई नाओले ३० रन बनाए भने हिला भारेले १८, हिरी हिरीले १५, किप्लिन डोरिगाले १४ र चाद सोपेरले १३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर आकास चन्द र कुशल भुर्तेलले ३-३ विकेट लिएका थिए भने करण केसी र गुलशन झाले एक एक विकेट लिएका थिए ।

यो जितसँगै पिएनजीले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । 
 


टि–२० खेलमा नेपाल हङकङसँग पराजित 

टि–२० खेलमा नेपाल हङकङसँग पराजित 


काठमाडौं, २६ फागुन ।  टि–२० खेलमा नेपाल हङकङसँग पराजित भएको छ। शनिबार भएको खेलमा बल र ब्याट दुवैमा खराब प्रदर्शन गरेको नेपाल ७३ रनको फराकिलो अन्तरले पराजित भयो।

पहिला ब्याटिङ गर्दै हङकङले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३० रनमै अलआउट भयो। ११७–२को अवस्थामा रहेको नेपालले पछिल्ला ८ विकेट २२ रन जोड्दा गुमाएको थियो।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए। उनलले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहित पौडेलले २३ बलमा ३० र आरिफ सेखले २१ बलमा ३८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपालको इनिङ धरासायी बनाउने क्रममा अजाज खानले ३.४ ओभरमो २६ रन खर्चेर ४ विकेट लिए भने इसान खानले ४ ओभरमो २६ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले बाबर हायतले सानदार शतक मद्दतमा निर्धाति ओभरमा ६ विकेटको क्षतिमा ११२ रन बनायो।

विस्फोटक ब्याटिङ गरेका हायतले ४९ बलमा ३ चौका र १३ छक्का प्रहार गर्दै ११० रन बनाए। यस्तै, अंशुमन रथले ३२ बलमा ३९ रन बनाउँदा मार्टिन कोट्जेले २१ बलमा ३१ रन बनाए। यसतै, अजाज खानले ११ बलमा २१ रन बनाए।

हङकङ अन्तिम ५ ओभरमा ७९ रन बनाएपछि नेपाललाई ठूलो लक्ष्य दिएको थियो ।

बलिङमा नेपालका लागि डेब्यू खेलाडी आकाश चन्दले ३ विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चिए। यस्तै, आरिफ सेख, प्रतिश जिसी र रसिद खानले समान १ विकेट लिए। आकाश र प्रतिश बाहके सबै नेपाली बलर महँगो सावित भएका थिए।

अब नेपालले भोलि हङकङसँग नै त्रिकोणात्मक सिरिजको पहिलो खेल खेल्ने छ। यो सिरिजमा पपुवा न्युगिनी पनि छ।
 


त्रिकोणात्मक टी–२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

त्रिकोणात्मक टी–२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो


काठमाडौं, १९ फागुन । राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।
जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर लक्ष भेट्टायो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३४ बलमा तीन चौका र एक छक्काको मद्दतले सर्वाधिक ४६ रनको योगदान गरेका थिए । त्यसैगरी गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन जोडे ।

नेदरल्यान्ड्सका लागि भिभियन किंगमाले तीन विकेट लिए भने आर्यन दत्तले एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० को योगफल बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडोउडले २४ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ३१ रनको योगदान दिए । यसैगरी  टिम भान डेर गुग्टेनले २४ रन जोडदा  रोलोफ भान डेर मार्वीले अविजित २३ तथा कप्तान स्कट एड्वार्डसले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले तीन विकेट लिए भने करण केसी र कुशल मल्लले समान दुई/दुई विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । यो जितसँगै चार खेलमा चार अङ्क जोडेको नेपालको फाइनल सम्भावना बलियो बनेको छ । 


नामिबियाविरूद्ध नेपाल ३ रनले विजयी

नामिबियाविरूद्ध नेपाल ३ रनले विजयी


काठमाडौं, १८ फागुन ।  त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ।

त्रिवि खेल मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले २० ओभरमा १८० रन बनायो। यससँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ। 

जितका लागि १८१ रनकाे लक्षय पछ्याएकाे नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनायाे।
 


नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हरायो

नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले हरायो


काठमाडौं, १७ फागुन । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनको फराकिलो अन्तरले हराएको छ । नेदरल्यान्ड्सले दिएको २ सय ४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रनमात्र बनाउन सक्यो । नामिबियाका जान फ्राइलिन्क र जेन ग्रीनले समान ४२ रन बनाए । नेदरल्यान्ड्सका टिम भान डेर गुग्टेनले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २ सय ४८ रन बनायो । नेदरल्यान्ड्सका माइकल लेभिटले शतक बनाए । लेभिट ६२ बलमा १ सय ३५ रन बनाएर आउट भए । यस्तै साइब्रान्ड एन्गेलब्रेच्टले ७५ रन बनाए । लेभिट र एन्गेलब्रेच्टले दाेस्राे विकेटका लागि १ सय ९३ रनकाे कीर्तिमानी साझेदारी गरे । नामिबियाका रुबेन ट्रम्पेलमानले २ विकेट लिए ।

टी–२० क्रिकेटमा नेदरल्यान्ड्सले बनाएको यो सबैभन्दा धेरै रन हो । यसअघि सन् २०२१ मा नेदरल्यान्ड्सले नेपालसँगको खेलमा २ सय ९ रन बनाएको थियो । यस्तै त्रिवि क्रिकेट मैदानमा बनेको यो रन अहिलेसम्मकै धेरै हो । यसअघि सन् २०२१ मा नेपालले नेदरल्यान्डसँगको खेलमा २ सय ३८ रन बनाएको थियो ।


गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि टेण्डर आह्वान

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि टेण्डर आह्वान


काठमाडौं, १७ फागुन । चितवनको भरतपुरमा निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ । बजेट अभावले निर्माण रोकिएको रङ्गशालाकाे पुनर्निर्माणको लागि ३० दिनको म्याद राखेर एक अर्ब १० करोड रुपैयाँको ठेक्का आह्वान भएको हो ।

यसअघि रङ्गशाला प्रकृतिको काम गरेको निर्माण कम्पनीलाई प्राथमिकता दिइने भरतपुर महानगरपालिकाले जनाएको छ । रङ्गशाला निर्माणको लागि छनौट भएको कम्पनीले साढे २ वर्षभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । टेण्डर भएको मितिले ३० महिनामा काम पूरा गरिसक्नुपर्ने भनिएको छ ।

शुरुमा रङ्गशाला निर्माण थालेको धुर्मुस सुन्तली फाण्डेशनले बजेट अभाव भएपछि काम रोकेको थियो । सङ्घीय सरकारले रङ्गशाला निर्माणमा सहयोग गर्ने भएपछि आयोजनाको काम अघि बढेको हो ।
 


रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग २ रनले हार्‍यो नेपाल

रोमाञ्चक खेलमा नेदरल्यान्ड्ससँग २ रनले हार्‍यो नेपाल


काठमाडौं, १६ फागुन । घरेलु मैदानमा जारी त्रिदेशीय टि २० शृंखलामा नेपाल दुई रनले पराजित भएको छ । नेदरल्यान्ड्सले दुई रनको रोमाञ्चक जित निकालेको हो ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो ।
मंगलबारदेखि शुरु भएको शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि हिजो पहिलो खेलमा नेपाल नामिबियासँग पारजित भएको थियो ।


टी-२० आईमा नामिबियासँग नेपाल पराजित

टी-२० आईमा नामिबियासँग नेपाल पराजित


काठमाडौं, १५ फागुन । टी-२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल पराजित भएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भएकाे हाे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।


नामिबियाका लागि जान निकोल लफ्टी ईटनले शतकीय पारी खेले। उनले ३३ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन्। यससँगै उनले ३४ बलमा कुशल मल्लले बनाएको कीर्तिमान तोडे। लफ्टी ईटनले ३६ बलमा १०१ रन बनाए। मलान क्रुगरले भने ५९ रनमा अविजित रहे। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले २ तथा अविनाश बोहरा र करण केसीले १-१ विकेट लिए।


नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित


काठमाडौं, १३ फागुन । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालमाथि नेदरल्याण्ड्सले ८ विकेटको जित निकालेको हो।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो।

जितसँगै नेदरल्याण्ड भने दोस्रो स्थानमा उक्लिएको छ।नेदरल्याण्डले एक खेल नामिबिया र एक खेल नेपाललाई जितेको हो।

नेदरल्याण्डको जितमा विक्रमजित सिंहले नट आउट ५८ रनको अर्धशतकीय पारी खेले। त्यस्तै साइब्रान्द इंगलबेच्टले नट आउट ४६ रन बनाए।

क्याक्स ओदोद २८ र माइकल लेविटले ३९ रन बनाए। बलिङमा नेदरल्याण्डका भिभान किंगमा र आर्यन दत्तले समान ३/३ विकेट लिए। त्यस्तै बास डि लिडेले २ र रोलेफ भान डर मेरेले १ विकेट लिए।

नेपालका लागि कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय पारी खेले। करण केसी २६, आरिफ शेख २२, आसिफ शेख १७, रोहित पौडेल १६ रनमा आउट भए।

कप्तान रोहितले कुल चार खेलमा उल्लेख्य प्रदर्शन गर्न सकेनन्। अन्य ब्याटरले दोहोरो स्कोर छुन सकेनन्। यता बलिङमा पनि नेपालले बिर्सनलायक प्रदर्शन गर्‍यो। ललित राजबंशीले एक दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

नेपाल पहिलो खेमला नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा नामिबियासँग २ विकेटले पराजित बनेको नेपालले चौथों खेलको नतिजा भने नेदरल्याण्ड्सलाई सुम्पिन पुगेको छ । 


क्रिकेट लिग-२: नामिबियासँग नेपाल पराजित

क्रिकेट लिग-२: नामिबियासँग नेपाल पराजित


काठमाडौं, ९ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले नामिबियाविरुद्ध लगातार दुई खेलमा पराजय भोगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो । यससँगै सिरिजमा नेपालले नामिबियाविरुद्ध लगातार दोस्रो पराजय भोगेको हो ।
पहिलो खेलमा भने नामिबियाले नेपाललाई ४ विकेटले हराएको थियो । नेपालले भने एक खेलमा नेदरल्यान्ड्समाथि जित हात पारेको छ । बुधबारको खेलमा नेपालले दिएको १ सय ६८ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

नामिबियाको जितमा कप्तान जेरहार्ड इरासमसले ५२ रन तथा माइकल भान लिङ्गेनले ३१ रनको योगदान गरे । जेजे स्मिथले ३४ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ३ तथा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल मल्लले १-१ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ५८ रन बनायो ।

नेपालका लागि ओपनर आशिफ शेखले ५८ रन जोड्दा कुशल मल्लले ३६, कुशल भुर्तेलले ५८ तथा दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए । भिम सार्कीले २६ रनको योगदान गरे । नामिबियाका लागि बर्नार्ड स्कोल्जले ४, जान निकोलले ४ तथा ज्याक ब्रासेल र जेरहार्ड इरासमसले १-१ विकेट हात पारे ।