24 Shrawn, 2077 / 8 August , 2020

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

आर्थिक


विद्युत प्राधिकरणद्वारा ८१ प्रतिशत वित्तीय प्रगति हासिल

विद्युत प्राधिकरणद्वारा ८१ प्रतिशत वित्तीय प्रगति हासिल


काठमाडौं, २३ साउन । नेपाल विद्युत प्राधिकरणद्धारा संचालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुले गत आर्थिक वर्ष (आव) २०७६/०७७ मा ८१ दशमलव २३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् । ती आयोजनाहरुको समग्र भौतिक प्रगति ८२ दशमलव २९ प्रतिशत छ ।

नेपाल सरकार, वैदेसिक र प्राधिकरणको स्रोतबाट संचालित आयोजनाहरुमा गत आवका लागि ५८ अर्ब ४ करोड विनियोजन गरिएकोमा ४७ अर्ब १४ करोड रुपैयाँ खर्च भएको हो । विद्युत् पहुँच बढाउन र उपभोक्तालाई भरपर्दो तथा गुणस्तरीय सेवा आपूर्तिका लागि वितरण लाइन विस्तार, सुदृढीकरण र स्तरोन्नतिमा छुट्टयाइएको बजेटको खर्च ९२ प्रतिशत छ । भौतिक प्रगति शतप्रतिशत छ ।

विश्वव्यापी महामारी कोभिड–१९ का कारण निर्माणाधीन आयोजनाको काम प्रभावित हुँदासमेत समग्र वित्तीय र भौतिक प्रगति उत्साहजनक नै रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 
‘वन क्षेत्रको जग्गा प्रयोगमा रहेको प्रक्रियागत झन्जटका कारण सिर्जित समस्या, जग्गा अधिग्रहणको समस्या, प्रसारण तथा वितरण लाइनमा भइरहेको अवरोध सबै आयोजनाले व्यहोरिरहेका साझा समस्या हुन्, गत आवका ४ महिना कोभिड–१९ का कारण आयोजनाहरुको निर्माणमा चैतर्फी प्रभाव पर्यो’, कार्यकारी निर्देशक घिसिङले बताए । 

‘लकडाउनमा पनि स्वास्थ्य सम्बन्धी सुरक्षात्मक मापदण्ड अपनाएर आयोजनाहरुको निर्माण सुचारु गर्ने सरकारको निर्णयपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव दिनेश कुमार घिमिरेको सहजिकरण एवं सक्रियता र गृह मन्त्रालयको सहयोगले अप्ठ्यारो परिस्थितिमा पनि आयोजनाहरुको काम अगाडि बढाउन सकियो, यसबाट केही आयोजनाहरु निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको अन्तिम चरणमा पुगेका छन् ।’ कोभिड–१९को महामारी नआएको भए आयोजनाहरुको वित्तीय र भौतिक प्रगति अझै बढ्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले अझै पनि  आयोजनाहरुको काम पूर्ण रुपमा हुन नसकेको बताए । 

गत आवमा विद्युत् आयोजनाहरुको उत्पादनतर्फ ७ अर्ब ८० करोड विनियोजन भएकोमा ५ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ । उत्पादनतर्फका आयोजनाहरुको खर्च र भौतिक प्रगति क्रमश : ७० दशमल ८२ र ७६ दशमलव ८३ प्रतिशत छ । उत्पादनतर्फ जलविद्युत् आयोजनाको निर्माण, मर्मतसम्भार लगायतका कार्य पर्दछन् । गत आवमा निजी क्षेत्रका १५ आयोजना निर्माण सम्पन्न भई १ सय ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ ।
 


बुद्ध एयरले सार्वजनिक गर्‍यो सात मुख्य सहरको एकतर्फी भाडादर 

बुद्ध एयरले सार्वजनिक गर्‍यो सात मुख्य सहरको एकतर्फी भाडादर 



काठमाडौं, २३ साउन । बुद्ध एयरले सात मुख्य सहरको एकतर्फी सुरुवाती भाडादर सार्वजनिक गरेको छ। आगामी भदौ १ देखि उडान खुल्ने भएपछि कम्पनीले विराटनगर, भैरहवा, नेपालगञ्ज, पोखरा, भद्रपुर, जनकपुर र धनगढीको भाडादर सार्वजनिक गरेको हो।

कम्पनीले विराटनगरका लागि ३ हजार, भैरहवाका लागि २७ सय, नेपागञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय र धनगढीका लागि सुरुवाती एकतर्फी भाडा ५४ सय रुपैयाँ तोकेको छ।

कम्पनीले आन्तरिक उडान पनि अत्यावश्यक पर्ने भन्दै सर्वसाधारणहरु सडकमार्गबाट महंगोमा काठमाडौं आउजाउ गर्नुपरिरहेकोले उडान खोल्नुपर्ने बताएको छ।

त्यसका लागि कोभिड १९ विरुद्ध आफ्नै सुरक्षा निर्देशिका समेत बनाएर पूर्वाभ्यास समेत गरिरहेको छ। ‘हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाइ, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ । संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिवद्ध छौँ’, कम्पनीले भनेको छ, ‘यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहोरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएको छौँ। विदेशमा पनि यसैगरी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भइसकेको छ।’

हवाइ यात्रामा हरेक यात्रुलाई पहिचान गर्न एकद्वार प्रणाली अपनाएको बुद्धले सोहीअनुसार कम्प्युटर सिस्टम पनि अपडेट गरेको जनाएको छ। यसले महामारी रोकथामको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने कम्पनीको भनाइ छ।
 


शुक्रबार पनि बढ्यो सुनको भाउ, प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ

शुक्रबार पनि बढ्यो सुनको भाउ, प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ



काठमाडौं, २३ साउन । लगातार  बढि रहेको सुनको भाउ शुक्रबार पनि तोलामा एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । यसअघि बिहीबार तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता आकर्षित भएको तर उत्पादन कम भएको तथा ठूला देशबीच द्वन्द्व बढ्दै गएकाले सुनको भाउ लगातार उकालो लागेको महासङ्घले जनाएको छ । 

यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।

यस्तो छ एक हप्तामा सुनको बढेको मूल्य 

  • साउन १६ मा ९९ हजार ३ सय 
  • साउन १८ मा ९९ हजार ६ सय 
  • साउन १९ मा ९९ हजार ६ सय 
  • साउन २० मा ९९ हजार ८ सय 
  • साउन २१ मा  १ लाख १ हजार ४ सय 
  • साउन २२ मा १ लाख २ हजार ५ सय 
  • साउन २३ गते १ लाख ३ हजार ५ सय

 


यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर

यस्तो छ शुक्रबारको विदेशी मुद्राको विनिमयदर



काठमाडौं, २३ साउन ।  नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६० पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा तोकेको छ । 

यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५८ रुपैयाँ २५ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७० पैसा रहेको छ।  

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

हेर्नुहोस् 


सुनको भाउमा नयाँ कीर्तिमान, तोलामा १ लाख २ हजार ५ सय पुग्यो 

सुनको भाउमा नयाँ कीर्तिमान, तोलामा १ लाख २ हजार ५ सय पुग्यो 



काठमाडौं, २२ साउन । लगातार बढेको सुनको भाउले बिहीबार पनि नयाँ कीर्तिमान बनाएको छ । आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यसअघि बिहीबार तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँ महँगो भएको हो । सुन हिजो तोलाको १ लाख १४ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंश २८ डलरले बढेको छ । 

अन्तर्राष्ट्रिय बजारमै भाउ महँगो भएपछि नेपालमा पनि महँगो भएको छ । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ ।


विदेशी मुद्राको विनिमयदर

विदेशी मुद्राको विनिमयदर



काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ। 
यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यसैगरी, पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ।  कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०१ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको छ ।

हेर्नुहोस् अन्य विदेशी मुद्राको विनिमयदर


सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला एक लाख नाघ्यो

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला एक लाख नाघ्यो



काठमाडौं, २१ साउन । बुधबार सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँ पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेको छ  । यस्तै अन्तर्राष्ट्रिय भाउमा नै भर पर्नुपर्दा नेपालमा सुनको भाउ महंगो भएको हो । यस्तै तेजावी सुनको मूल्य एक लाख ९ सय पुगेको छ । 

चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ ।


सुनको मूल्य अहिलेसम्मकै महंगो, प्रतितोला ९९ हजार ८ सय पुग्यो

सुनको मूल्य अहिलेसम्मकै महंगो, प्रतितोला ९९ हजार ८ सय पुग्यो


काठमाडौं, २० साउन । सुनको भाउ प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेर ९९ हजार ८ सय रुपैयाँ पुगेको हो । 

यो भाउ अहिलेसम्मकै महंगो हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो हुँदै गएको हो । 


मंगलबारको विदेशी मुद्राको विनिमयदर

मंगलबारको विदेशी मुद्राको विनिमयदर



काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा तोकेको छ ।

हेर्नुहोस्

 


यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमयदर



काठमाडौं, १९ साउन ।  नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४० पैसा र बिक्रीदर १२० रुपैयाँ  तोकेको छ ।

अन्य विदेशी मुद्राको विनियमदर


 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti