06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


विदेशी बन्दी गृह र अस्पतालमा उपचाररत श्रमिकको तथ्यांक उपलब्ध गराउन निर्देशन 

विदेशी बन्दी गृह र अस्पतालमा उपचाररत श्रमिकको तथ्यांक उपलब्ध गराउन निर्देशन 


काठमाडौं, ६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दी गृह तथा अस्पतालमा उपचाररत रहेका नेपाली श्रमिकको अवस्थाको बारेमा तत्काल जानकारी गराउन निर्देशन दिएका छन् । गन्तव्य मुलुकमा रोकिएका श्रमिकको शवको पनि तथ्यांक उपलब्ध गराउन वैदेशिक रोजगार बोर्डलाई मन्त्री अर्यालले निर्देशन दिएका हुन् ।

वैदेशिक रोजगार बोर्डसँगको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीमा क्रममा रहेका श्रमिकको अवस्थाको विषयमा सरकार जानकार हुनुपर्ने बताउँदै श्रमिक बन्दी गृहमा पर्नुको कारण र समस्या समाधानका विषयमा समेत जानकारी गराउन निर्देशन दिएका हुन् । सबै गन्तव्य मुलुकबाट तथ्यांक संकलन उद्धार तथा समस्या समाधानको योजना बनाइने समेत उनले बताए ।
 त्यस्तै, विदेशमा अड्किएका शवलाई पनि जतिसक्दो छिटो नेपाल झिकाइने व्यवस्था गरिने उनको भनाइ छ ।

बोर्डका कर्मचारीसँगको छलफलमा मन्त्री अर्यालले विदेशमा दुर्घटनामा परेका श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बिमाको सुविधाको विषयमा पनि पहल गर्न बोर्डलाई निर्देशन दिएका छन् ।
 


सेनामा भर्ना भएका नेपालीलाई करार रद्द गर्न रुस तयारः परराष्ट्रमन्त्री

सेनामा भर्ना भएका नेपालीलाई करार रद्द गर्न रुस तयारः परराष्ट्रमन्त्री


काठमाडौं, ५ चैत । रुसले आफ्नो सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै श्रेष्ठले रूसी सेनामा भर्ना भएकाहरू नेपालीहरुलाई करार रद्द गर्न सैद्धान्तिक सहमति दिएको बताएका हुन्।

उनले भने, रुसी विदेश मन्त्रालयले सेनामा भर्ती भएकाहरू मध्ये घर फर्किन चाहनेहरूलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ। तर, त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ। यसबारे मस्को स्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेका छ। युक्रेनमा बन्दी बनाइएकाहरूको फोटो सार्वजनिक भएको छ। उहाँहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको छ।'
 


उत्तर कोरियाद्वारा जापान नजिक मिसाइल प्रहार

उत्तर कोरियाद्वारा जापान नजिक मिसाइल प्रहार


एजेन्सी । उत्तर कोरियाले जापान नजिक मिसाइल हानेको छ । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास सकिएको एक दिनपछि उत्तर कोयिाले आफनो पूर्वी समुन्द्रतर्फ छोटो दुरीका कयौँ क्षेप्यात्र पहार गरेको थियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले संसद्को बैठकमा उत्तर कोरियाले कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा ती मिसाइहरू प्रहार गरेको बताएका थिए ।

‘यी क्षेप्यात्रहरू जापानको विशेष आर्थिक क्षेत्र बाहिर खसेका छन् । तर यसबाट कुनै क्षतिको खबर भने आएको छैन’ किशिदाले भनेका छन् । उत्तर कोरियाको यो कदम जापानको शान्ति सुरक्षाका लागि चेतावनी भएको उनको भनाइ छ । ‘यो कार्य यस क्षेत्र र अन्तराष्ट्रिय जगत दुवैका लागि खतरा हो । उत्तर कोरियाले मिसाइल प्रहार गरेर संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लंघन गरेको छ’ किशिदाले भनेका छन् ।

सुरक्षा परिषद्ले उत्तर कोरियाको मिसाइल गतिविधिमा प्रतिबन्ध लगाएको थियो । दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले केही छोटो दुरीका क्षेप्यास्त्र फेला पारेको बताएको थियो । दक्षिण कोरिया र अमेरिकाबिच ११ दिनसम्म कम्प्युटर सिमुलेटेड कमाण्डर पोस्ट तालिम भएको थियो । यी अभ्यासको क्रममा ४८ वटा स्थलगत अभ्यास भएका थिए । यो गत वर्षको तुलनामा दोब्बर बढी थियो । 


इजरायलले थप २५२ जना केयरगिभर लैजाने

इजरायलले थप २५२ जना केयरगिभर लैजाने


काठमाडौं, ५ चैत । इजरायलले थप २५२ जना केयरगिभर लैजाने भएको छ । जी–टु–जी मार्फत इजरायलले लक्की ड्रमार्फत छनौटमा नपरेकाहरूलाई समेत लैजान लागेको हो । यसअघि इजरायलका रोजगार केन्द्रहरूमा स्वास्थ्य सहायकको रुममा काम गर्न १ हजार ६०० जना छनौटमा परेका थिए ।

तीमध्ये लक्की ड्रमार्फत एक हजार १७५ जना छनोट गरेका थिए । २०७८ को माघबाट कामदारहरू इजरायल जान सुरु भएको थियो । दुई वर्ष लगाएर छनौटमा परेकाहरू इजरायल पुगेका हुन् । लक्की ड्रबाट छनोटमा नपरेका ४२५ जनालाई लैजान नेपालले इजरायललाई ताकेता गरेको थियो ।
 


माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

माओवादी नेता कृष्णबहादुर महरा पक्राउ


काठमाडौं, ५ चैत । पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । आज रुपन्देहीको भैरहवाबाट महरा पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं ल्याउन लागिएको छ । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृहमन्त्री लामिछानेको निर्देशन लगत्तै महरा पक्राउ परेका हुन् ।


सुन तस्करी सम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन

सुन तस्करी सम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं,४ चैत ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। उनले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका हुन्।

मन्त्रालयमा आइतबार भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन्।

यस्तै गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार माहतत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन्। त्यसका लागि विनोद चौधरी सहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बयान लिने भएको छ।


सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित


काठमाडौं, ४ चैत ।  प्रतिनिधि सभाको आइतबारको बैठक सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ। जसपा नेपालबाट निर्वाचित सांसद मञ्जु शर्मा अन्सारीको निधनमा बैठकले शोक प्रस्ताव पारित गरेको हो।

अन्सारीको आइतबार बिहान काठमाडौंको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। जसपाबाट समानुपातिक सांसद रहेकी उनी ६० वर्षकी थिइन्।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारी सांसद भएकी थिइन्।


फागुनमा साढे ६५ हजार नेपाली विदेशिए 

फागुनमा साढे ६५ हजार नेपाली विदेशिए 


काठमाडौं, ३ चैत । एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

योसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१ हजार २ सय १० पुगेको छ । नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन् ।

फागुनमा काम खोज्दै विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् । पछिल्लो तीन महिनायता लगातार ६० हजारभन्दा माथिको संख्यामा नेपाली विदेशिएको तथ्यांकमा देखिन्छ ।

फागुन २०८० मा काम खोज्दै विदेशिने नेपाली अघिल्लो वर्ष सोही महिनाको तुलनामा केही बढी हो । अघिल्लो वर्ष फागुनमा ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए । तथ्यांक अनुसार यो वर्ष आठ महिनामा पौने ५ लाख नेपाली विदेशिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने केही कम हो ।

अघिल्लो वर्ष आठ महिनामा ५ लाख ४० हजार ६ सय ७५ नेपाली विदेशिएका थिए । गत वर्ष काम खोज्दै विदेश जाने नेपालीको संख्याले रेकर्ड राखेको थियो । यो वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपालीको अधिक आकर्षण देखिन्छ । फागुनमा मात्र १८ हजार ७ सय ७ श्रम स्वीकृति यूएईका लागि भएको छ ।

साउदी अरबमा १३ हजार २ सय ६७, कतार ११ हजार ३ सय ९० र मलेसियामा ८ हजार ४ सय १७ श्रम स्वीकृति जारी भएको तथ्यांकमा देखिएको छ ।

यो महिना कुवेतमा मात्र ३ हजार २ सय ६, जापान १ हजार ३ सय ६०, कोरिया ७ सय ३०, रोमानिया १ हजार ७ सय ८४, मौरिसस ८ सय ५९ र क्रोएसियामा ९ सय १५ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।


पेट्रोल र डिजेलको मूल्य घट्यो 

पेट्रोल र डिजेलको मूल्य घट्यो 


काठमाडौं, ३ चैत । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । 
निगमले आजदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।  जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।


वैदेशिक रोजगारीः इजरायल जाने प्रक्रिया छरितो बनाइने 

वैदेशिक रोजगारीः इजरायल जाने प्रक्रिया छरितो बनाइने 


काठमाडौं, ३ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपालीलाई इजरायलमा रोजगारीका लागि पठाउने प्रक्रिया छिटो–छरितो बनाइने बताएका छन् । शुक्रबार नेपालका लागि इजरायली राजदूत हनान गोडेरबीच भएको भेटमा मन्त्री अर्यालले यस्तो आश्वासन दिएका हुन् ।

भेटमा द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ । अहिले जीटुजी प्रक्रियाबाट केयर गिभरका रुपमा नेपाली श्रमिकहरु इजरायल गइरहेकोका छन् ।
भविष्यमा निर्माण, पर्यटन, कृषि लगायतका अन्य विभिन्न क्षेत्रमा समेत नेपाली श्रमिकहरु पठाउन द्विपक्षीय छलफल र समन्वयलाई प्रभावकारी बनाउदै लैजाने विषयमा समेत कुराकानी भएको मन्त्रालयले बताएको छ ।