09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


काठमाडौंकै सबैभन्दा ठूलो चिनी गोदाम सिल

काठमाडौंकै सबैभन्दा ठूलो चिनी गोदाम सिल


काठमाडौं, ७ असोज । वाणिज्य विभागले काठमाडौँको एक चिनी गोदाम सिल गरेको छ । कालोबजारी गरेको आरोपमा विभागले काठमाडौँकै सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको हो । कुलेश्वरस्थित गृहेश्वरी ट्रेडलिंकको गोदाम मा सिल गरिएको हो । 

विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले गोदाम सिल गरेर गुणस्तर परीक्षणका लागि चिनी पठाइएको बताएका छन् । उक्त गोदाम व्यवसायी सन्तोष खेतानको हो । 

बिल जारी नगरी महँगो मूल्यमा चिनी बिक्री गरेको भन्ने गुनासो आएपछि विभागले छापा मारेको थियो ।
 


काठमाडौंमा आजपनि शिक्षकहरूको प्रदर्शन

काठमाडौंमा आजपनि शिक्षकहरूको प्रदर्शन


काठमाडौं, ४ असोज । विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले आज पनि काठमाडाैंमा प्रदर्शन गरेका छन् । देशभरबाट आन्दाेलनमा सहभागी हुन शिक्षकहरू काठमाडाैं आएका छन् । 

उनीहरूले विधेयक सच्चाउन माग गरेका छन् । आज बिहान गृहमन्त्रीसँग भएकाे वार्ता निष्कर्षविहीन भएकाे थियाे । काठमाडाैंकाे माइतीघर बानेश्वर सडकमा हजाराैँ शिक्षकहरूले प्रदर्शन थालेपछि उपत्यकाकाे सवारी प्रभावित बनेका छ । सडकमा घण्टाैँ जाम भएपछि नागरिक समस्यामा परेका छन् । 


 


आन्दोलनमा शिक्षक, ट्राफिक अवस्था अस्तव्यस्त 

आन्दोलनमा शिक्षक, ट्राफिक अवस्था अस्तव्यस्त 


काठमाडौं,३ भदौ । संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको छ । उनीहरूले माइतीघर मण्डलदेखि बानेश्वरसम्म पैदल हिँडेर प्रदर्शन गरेका थिए । प्रदर्शनले उक्त क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मंगलबार दिउँसो ३ बजे बोलाएको वार्तालाई अस्वीकार गर्दै महासंघ आन्दोलनमा उत्रेको हो । महासंघले मन्त्रीबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै आन्दोलन सुरु गरेको हो । गत वर्षको तथ्यांकअनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार विद्यार्थी छन् ।

मुलुकका विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीको धर्नामा संलग्नता छ । महासंघले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।


 


आज तीज, देशभरका  शिवालयमा भक्तजनको भुइँचो

आज तीज, देशभरका  शिवालयमा भक्तजनको भुइँचो


काठमाडौं, १ असोज ।  हरितालिका तीज पर्वका अवसरमा  पशुपतिनाथ मन्दिरलगायत देशभरका  शिवालयमा भक्तजनको भुइँचो लागेको छ ।

तीज पर्वमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण  महाशाखा प्रमुख एवं  सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा  लामको व्यवस्था गरिएको छ पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ  बिहानी समयमा भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।

आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।
 


देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम 

देशभर आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम 


काठमाडौं, २८ भदौ । नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानूनी दायरामा नल्याएमा देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ । चिकित्सक संघले आज बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र प्रशान्त बिडारीमाथि भएको कुटपिटको निन्दा गरेको छ ।

संघले माग पूरा नभएमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ । बिरामीको उपचारमा लापरवाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट गरेको संघको आरोप छ ।

अस्पतालमा कार्यरत डा. थापा र बिडारीमाथि बुधबार बिहान कुटपिट भएको हो । कुटपिटमा संलग्न मृतककी पत्नी रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको छ ।

झण्डै १ महिनाअघि डेंगी भई सञ्चो अस्पतालमा आएका हेटौंडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको निधन भएपछि आफन्त आक्रोशित भएका थिए ।
 


श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै , कृष्ण मन्दिरमा भक्तजनको भिड

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै , कृष्ण मन्दिरमा भक्तजनको भिड


काठमाडौं, २० भदौ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । 

यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेकाे छ । 

राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेकाे छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घ संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
 


अवैध रकमसहित फिलिपिन्सका नागरिक पक्राउ

अवैध रकमसहित फिलिपिन्सका नागरिक पक्राउ


काठमाडौं, ८ भदौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित एकजना फिलिपिन्स नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । ती युवाबाट एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी आठ लाख ५० हजार नेपाली रूपैयाँ बिहीबार साँझ बरामद भएको छ ।
फ्लाई दुबईको उडानबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त रकमसहित पक्राउ गरिएको हो । युवकलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।


अवैध रकमसहित फिलिपिन्सका नागरिक पक्राउ

अवैध रकमसहित फिलिपिन्सका नागरिक पक्राउ


काठमाडौं, ८ भदौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित एकजना फिलिपिन्स नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । ती युवाबाट एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी आठ लाख ५० हजार नेपाली रूपैयाँ बिहीबार साँझ बरामद भएको छ ।
फ्लाई दुबईको उडानबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त रकमसहित पक्राउ गरिएको हो । युवकलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।


अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालन

अवरुद्ध मुग्लिन–नारायणगढ सडक सञ्चालन


काठमाडौं, ५ भदौ । मुग्लिन–नारायणगढ सडकखण्डमा हिजो राति ८ बजेतिर खसेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा आएको छ। उक्त सडकखण्डको नाम्सी पुलनजिकै भीषण पहिरो खसेर अवरुद्ध सडक सञ्चालनमा आएको सबइन्जिनियर सुजन थापाले जानकारी दिए। 
सडकको ७० मिटर भाग ढाक्ने गरी सुक्खा पहिरो खसेपछि हिजो रातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध थियो। हिजो रातिदेखि नै पहिरो पन्छाउन थालिएको थियो। 


नारायणगढ–मुग्लिन सडक अवरूद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

नारायणगढ–मुग्लिन सडक अवरूद्ध, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध


काठमाडौं, ५ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनका अनुसार चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन् । रातभर काम निरन्तर भएको तामाङले बताए।

गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन्। ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेल अनुरोध गरे। उनले काठमाडौँबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैँडाकोटमा रोकिएको छ। नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom