23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


भारतमा पहिरोः एकै परिवारका तीन नेपालीको मृत्यु

भारतमा पहिरोः एकै परिवारका तीन नेपालीको मृत्यु


काठमाडौं, २६ असार । भारतमा पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उनकी श्रीमती भीमा र १७ वर्षीय छोरा मोहोनको ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिए । उनका अनुसार उनीहरु हिजो बिहान घर माथिबाट आएको पहिरोमा परेका हुन् । दिपबहादुर ऋण तिर्नका लागि भन्दै एक वर्षअघि मजदुरी गर्न भारत गएका थिए । 
श्रीमती र दुई छोरा भने झण्डै एक महिना अघि मात्रै भारत गएका त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिए । 
 


बाढी पहिरोका कारण भारतमा २९ जनाको मृत्यु

बाढी पहिरोका कारण भारतमा २९ जनाको मृत्यु


एजेन्सी । मुसलधारे वर्षापछि आएको बाढी पहिरोका कारण भारतमा २९ जनाको मृत्यु भएको छ । हिमाञ्चलमा ९, उत्तरप्रदेशमा ६, उत्तरखण्डमा पाँच, जम्मु कश्मीरमा चार, पञ्जाबमा दुई तथा दिल्ली र लद्दाखमा एक/एक जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यी ठाउँमा मुसलधारे वर्षा भइरहेकाले विद्यालय तथा कलेज बन्द गरिएको छ । यस्तै, बढी प्रभावित क्षेत्रमा रेलवे सेवा पनि बन्द भएका छन् भने केही ठाउँमा रेल गुड्ने मार्ग परिवर्तन गरिएको छ । हिमाञ्चलको मन्डी जिल्लामा तीन वटा पुल बाढीले बगाएको छ ।

यस्तै, मनालीमा सात घरमा क्षति भएको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन परिचालन केन्द्रका अनुसार झण्डै ३६ घण्टामा १४ ठाउँमा पहिरो गएको छ भने १३ ठाउँमा बाढी आएको छ । सात सयभन्दा धेरै सडक बन्द छन् ।

यस्तै, दिल्लीमा ४१ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५३ मिलिमिटर वर्षा भएको छ । यसअघि सन् १९८२ मा त्यहाँ ठूलो वर्षा भएको खबरमा उल्लेख छ । यस्तै, चण्ढीगढमा ७० वर्षयताकै ठूलो वर्षा भएको छ । त्यहाँ २४ घण्टामा ३ सय ६५ दशमलव ४ मिलिमिटर पानी परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 


अमेरिकाले १ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउने

अमेरिकाले १ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउने


एजेन्सी । अमेरिकाले १२० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेनमा पठाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आफूलाई यो निर्णय गर्न निकै कठिन भएको बताएका छन् । 
उनले युक्रेनमा गोलीगठ्ठा सकिनै लागेकाले क्लस्टर बम पठाउने निर्णय लिन बाध्य भएको बताएका बीबीसीले जनाएको छ । यसअघि अमेरिकाले विवादास्पद क्लस्टर बम आपूर्तिका लागि युक्रेनले गरेको आग्रह स्वीकार गरेको विवरण सार्वजनिक भएको थियो ।
विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन् । युक्रेनका नेताहरुले अमेरिकी यो कदमको स्वागत गरेका छन् । तर, रुसले भने यसको कडा विरोध गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सीएनएनसँगको एक अन्तर्वार्तामा यस निर्णयबारे आफूले सहयोगी राष्ट्रसँग छलफल गरेको बताए । 


क्यानडामा कुकुर पनि बन्यो मेयरको उम्मेदवार

क्यानडामा कुकुर पनि बन्यो मेयरको उम्मेदवार


एजेन्सी । क्यानडाको टोरन्टोमा हुन गइरहेको चुनावमा कुकुर पनि उम्मेदवार बनेको छ । मेयर पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा मोली नामको कुकुरको पनि उम्मेदवारी रहेको बीबीसी हिन्दीले जनाएको छ । 
मोलीका मालिक टप्सी हिप्सले सडकमा पोखिने नुनको विरुद्धमा कुकुरलाई मेयरको उम्मेदवार बनाएको बताएका छन् । जाडोमा सडकको हिउँ पगाल्न प्रयोग गरिने ठूलो मात्राको नुनले कुकुरको खुट्टामा गम्भीर असर गर्ने र यसको बारेमा आवाज उठाउँदा सुनुवाइ नभएपछि कुकुरलाई नै मेयरको उम्मेदवार बनाएको टप्सीले बताएका छन् । 
मोलीको तर्फबाट मालिक टप्सीले चुनाव जितेमा सस्तो आवाज, ठूला व्यवसायहरूमा कर वृद्धि, घर र कार्यालयहरू तताउनका लागि प्रयोग गरिने जिवाश्मा इन्धन प्रणालीमा प्रतिबन्धलगायतका प्रतिबद्धता जनाएका छन् ।


‘रुसमा वाग्नर समूहको विद्रोहले राष्ट्रपति पुटिनको अधिकारलाई चुनौती’ 

‘रुसमा वाग्नर समूहको विद्रोहले राष्ट्रपति पुटिनको अधिकारलाई चुनौती’ 


एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसमा विद्रोही समूह वाग्नरले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा समस्या देखिएको बताएका छन् ।  उनले निजी सैन्य समूह वाग्नरले गरेको विद्रोहले पुटिनको अधिकारलाई प्रत्यक्ष चुनौती दिएको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । 

रुसमा भएको विद्रोहलाई लिएर युरोपेली देशहरुसँग परामर्श गरिरहेको अमेरिकाले पहिलो टिप्पणी गरेको हो । रुसमा हुन लागेको विद्रोहका बारेमा अमेरिकी जासुसहरुले केही समय अघि नै राष्ट्रपति जो वाइडेन लगायत उच्च तहमा जानकारी गराइसकेका पनि खबरमा उल्लेख छ ।

रुस सरकारसँग सहमति भएपछि भाडामा सेना उपलब्ध गराउने वाग्नर समूह शिविरमा फर्किएको छ । वाग्नर समूहसँग भएको सम्झौताबारेमा रुसले विस्तृत जानकारी गराएको छैन । तर यस घटनाले रुसले युक्रेन युद्धमा निजी सेना प्रयोग गरी क्रुर लडाइँ गरिरहेकोबारेमा नयाँ बहस शुरु भएको छ ।  


रुसमा वाग्नर समूहको विद्रोह स्थगित

रुसमा वाग्नर समूहको विद्रोह स्थगित


एजेन्सी । रुसमा वाग्नर समूहले विद्रोहलाई स्थगित गरेको छ । वाग्नरका प्रमुख येभगेनी प्रिगोजिन रुस छाडेर बेलारुस प्रस्थान गरेका बीबीसीले जनाएको छ । यसअघि सरकारले सेनाविरुद्धको अपराधमा मुद्दा चलाएकोमा अब मुद्दा फिर्ता लिने पनि खबरमा उल्लेख छ । थप रक्तपात हुन नदिने भन्दै वाग्नर समूह राजधानी मस्को प्रवेश नगरि फर्किएको हो ।
प्रिगोजिनका समर्थकहरू गएराति रोस्तोभबाट फिर्ता भएका छन् । भाडाको यो सैन्य समूह वाग्नरले सबै कार्यक्रमलाई फिर्ता लिएको छ । बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले येभगेनी प्रिगोजिनसँग कुराकानी समेत गरेका थिए । 
 


’टाइटानिक’ जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाको मृत्यु

’टाइटानिक’ जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाको मृत्यु


एजेन्सी । एटलान्टिक महासागरमा टाइटानिक जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाको मृत्यु भएको छ । अमेरिकी कोस्ट गार्डले यसको पुष्टि गरेको हो ।
अमेरिकी कोस्ट गार्डका एक अधिकारीले पनडुब्बीको पाँच भाग टाइटानिक जहाजको एक हजार छ सय फिटमा फेला परेको पुष्टि गरेका छन् । भेटिएको भग्नावशेष विपत्तिजनक विस्फोटसँग मिल्दोजुल्दो रहेको जनाइएको छ । 
टाइटानिक जहाजको भग्नावशेष हेर्न पर्यटक बोकेर गएको पनडुब्बी जहाज गएको आइतवार बेपत्ता भएको थियो । जहाजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित दुई जना बेलायती–पाकिस्तानी, एक जना बेलायती व्यापारी र एक जना फ्रान्सेली अन्वेषक थिए ।

टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो । त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो । 
 


चीनमा भयानक विस्फोट, कम्तीमा ३१ को मृत्यु

चीनमा भयानक विस्फोट, कम्तीमा ३१ को मृत्यु


एजेन्सी । चीनको उत्तरपश्चिमी निङ्जिया शहरको एक रेस्टुरेन्टमा ग्यास विष्फोट हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको  छ । समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्युजलाई उद्धृत गर्दै यो विस्फोटको छानबिन गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङले आदेश दिएको जनाएको छ । 

विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी घाइते भएका सात जनाको उपचार भइरहेको छ । सुरक्षा सुधार गर्न वर्षौंको प्रयासको बाबजुद चीनमा ग्यास र रासायनिक विस्फोटका घटना घट्न सकेका छैनन् । यसअघि सन् २०१५ मा उत्तरी बन्दरगाह शहर तियानजिनमा भएको शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो । 
 


पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता

पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता


एजेन्सी । टाइटानिक जहाजको भग्नावशेष हेर्ने पर्यटक बोकेको पनडुब्बी जहाज बेपत्ता भएको छ । एट्लान्टिक महासागरमा पर्यटकलाई टाइटानिकको भग्नावशेष देखाउन प्रयोग गरिँदै आएको पनडुब्बी हराएको बीबीसीले जनाएको छ । 

अहिले पनडुब्बीको खोजी भइरहेको छ । हराइरहेको पनडुब्बीमा कति यात्रु  थिए भन्ने खुलेको छैन । टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट चार सय नटिकल माइल टाढा एट्लान्टिक महासागरको तीन हजार आठ सय मिटर तल छ । 

टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो । त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो । 


साउदी अरेबियामा सुरक्षा अधिकारीको हत्याको अभियोगमा ३ जनालाई मृत्युदण्ड

साउदी अरेबियामा सुरक्षा अधिकारीको हत्याको अभियोगमा ३ जनालाई मृत्युदण्ड


एजेन्सी । साउदी अरेबियाले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतवार आफ्ना तीन नागरिकलाई मृत्युदण्ड दिएको छ ।

एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन् जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन् ।

साउदी अरेबियाकाे गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति निकालेर तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उनको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ । उनीहरूलाई आतङ्कवादलाई आर्थिक सहयोग गरेको र हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेको अभियोगमा पनि दोषी ठहर गरिएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरूले आइतवार रियादमा मृत्युदण्डको सजाय सुनाएको मन्त्रालयले जनाएको छ ।