09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय

जापानमा निजामती कर्मचारीको अवकाश उमेर बढ्यो

जापानमा निजामती कर्मचारीको अवकाश उमेर बढ्यो

एजेन्सी । जापानमा राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर ६० वर्षबाट बढाएर ६१ वर्ष पुर्याइएको छ । अवकाश उमेर बढाउने कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमी र जोखिमलाई कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

जापानले आउँदो आर्थिक वर्ष सन् २०३१ सम्ममा अवकाश उमेर ६५ वर्ष पुर्याउन हरेक दुई वर्षमा एक वर्ष थप गर्ने पनि जनाएको छ । सरकारको निर्णयसँगै निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तै कदम चाल्छन् वा यसलाई थप पर्खेर सरकारी निर्णयको कार्यान्वयनको प्रभावलाई हेर्छन् भन्नेतर्फ सबैको ध्यान केन्द्रित भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अमेरिकाको स्कुलमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

अमेरिकाको स्कुलमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् ।
गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने विद्यार्थीहरु ९ वर्ष मुनिका छन् । मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् । कोभेन्ट स्कुलमा करिब २०० विद्यार्थीहरु छन् । त्यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरु पढ्छन् ।
प्रहरीका अनुसार २८ वर्षीया महिला आन्ड्रे हेलले स्कुलमा गोली चलाएकी थिइन् । तर उनले स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण भने खुलेको छैन ।
 
म आतंकवादी होइन, सरकार आफै अपराधीले भरिएको छः खान

म आतंकवादी होइन, सरकार आफै अपराधीले भरिएको छः खान

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शनिबार लाहोरको मिनार–ए–पाकिस्तानमा ठूलो र्याली गरेका छन्। यस क्रममा इमरानका हजारौं समर्थक जम्मा भएका थिए। खानले उक्त ¥यालीलाई एक बुलेट प्रुफ सिसापछाडिबाट सम्बोधन गरे। यस क्रममा उनले आफू आतंकवादी नभएको बरु शाहबाज सरकार आफै अपराधीहरूले भरिएको आरोप लगाए।

विधिको शासन भए मात्रै आफूहरू स्वतन्त्र हुने बताउँदै शाहबाज सरकारले गैरकानूनी काम गरिरहेको आरोप उनले लगाए। उनले भने, ’यो कस्तो लोकतन्त्र हो? जहाँ पहिले म र मेरो पार्टीलाई षडयन्त्रमा सत्ताबाट निकालियो।

अहिले बिना कारण ममाथि ४० वटा आतंकवादको मुद्दा लगाइएको छ। नयाँ सरकार अपराधीले भरिएको छ। मुलुकमा विधिको शासन भए मात्रै हामीले स्वतन्त्रता पाउनेछौँ।’ खानले विश्वासको मत नपाएपछि पाकिस्तानमा अघिल्लो वर्ष शाहबाज सरिफ प्रधानमन्त्री नियुक्त भएका थिए।
 
ट्रम्प पक्राउ परेका र पुटिनलाई जेल हालिएका झूटा तस्बिर सामाजिक सञ्जालमा छापछापति    

ट्रम्प पक्राउ परेका र पुटिनलाई जेल हालिएका झूटा तस्बिर सामाजिक सञ्जालमा छापछापति    

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूटा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् । केही दिनदेखि सञ्जालमा छापछापति भएका ती तस्बिर उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर बनाइएका हुन् । पूर्वराष्ट्रपति ट्रम्प स्वयम्ले यो साताको प्रारम्भमा आफू पक्राउ पर्नसक्ने बताएपछि उहाँलाई सुरक्षाकर्मीले घेरेर नियन्त्रणमा लिएका तस्बिरले सामाजिक सञ्जाल भरिएका हुन् ।     
     
नेदरल्याण्डस्को हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धमा मानवताविरुद्ध अपराधमा दोषी ठहर गर्दै राष्ट्रपति पुटिनलाई पक्राउ गर्न पूर्जी जारी गरेपछि उहाँलाई कारागारमा हालिएका अवास्तविक तस्बिर र भिडियो सामाजिक सञ्जालमा ‘अपलोड’ गरिएका हुन् ।     

नक्कली तस्बिर, भिडियो र गलत सूचना प्रवाहले समाजमा नकारात्मक प्रवृत्तिलाई प्रश्रय दिने गलत सूचनासम्बन्धी जानकारहरूले बताएका छन् । काल्पनिक विषयले तथ्यलाई दबाउनु असामाजिक कार्य भएको उनीहरूले टिप्पणी गरेका छन् ।     

मिथ्या समाचार र तस्बिरले सङ्कटका बेला थप आपत निम्त्याउने तथा निन्दनीयताको स्तर बढाउने सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका प्राध्यापक जेभिन वेस्ट बताउनुहुन्छ । मिथ्या तस्बिर र समाचारले दर्शक तथा पाठकको ध्यान ती सामग्रीमा नै केन्द्रित गर्ने र त्यसले वास्तविकता छोपिने उहाँको तर्क छ ।

उहाँका अनुसार यस्ता गतिविधिले प्रणालीप्रतिको विश्वास गुम्नेछ । उपकरण प्रयोग गरेर बनाइएका तस्बिर यथार्थवादी भए पनि दर्शकले आफ्नो विवेक गुमाउन नहुने उहाँ बताउनुहुन्छ ।     
   
राहुल गान्धीलाई  दुई वर्ष जेल सजाय

राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

एजेन्सी । भारतका प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई एक अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ। सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै बिहीबार उक्त सजाय सुनाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए। एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए। सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको छ भने तत्कालका लागि उनलाई धरौटीमा छोडेको छ।

अफगानिस्तान भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते   

अफगानिस्तान भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते   

एजेन्सी । अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६।५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् ।     
अफगानिस्तानमा तीन र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएका सम्बद्ध सरकारी अधिकारीहरूले बताएका छन् । जनस्वास्थ्य मन्त्रालयका लागि तालिवान सरकारका प्रवक्ता शराफत जमान अमरले दुई जनाको ज्यान गएको तथा अन्य २० जना घाइते भएका जनाएका छन् ।     
     
भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तानको सिमाना नजिक अवस्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।     
     
उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरका छाना खस्दा नौ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषकोे घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।     
     
सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा    

सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा    

एजेन्सी । नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानमा देखाइएको छ ।     
     
संयुक्त राष्ट्रसङ्घीय बालकोषले सो कुराको जानकारी दिएको हो । सो कोषले सोमबार प्रकाशन गरेको एक प्रतिवेदनमा यहाँ पानीजन्य सङ्क्रमणको खतरा बढी देखिएको र यहाँका ठूलो सङ्ख्याका नागरिक यसबाट सङ्क्रमित हुने खतरा रहेको पाइएको बताइएको छ ।     
     
बालकोषले यहाँ शुद्ध र सफा पिउने पानी, सौचालय, सरसफाई र खानामा लगानी गर्नुपर्ने सुझाव नाइजेरिया सरकारलाई दिएको छ ।यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाई र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन पनि आग्रह गरिएको छ ।     
     
देशमा आवश्यक मात्रामा पिउने शुद्ध पानी, चर्पी, स्वस्थ वातावरणको अभावका कारण यहाँका करिब एक तिहाइ बालबालिका स्वास्थ्य जोखिममा परेका युनिसेफले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।     
 
राहदानी विभाग मंगलबार खुल्ने

राहदानी विभाग मंगलबार खुल्ने

काठमाडौं, ६ चैत । राहदानी विभाग मंगलबार पनि खुल्ने भएको छ । मंगलबार घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा छ।

सार्वजनिक विदा भए पनि विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्ने जनाइएको छ।
 
रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी, रुसद्वारा निन्दा

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारी, रुसद्वारा निन्दा

एजेन्सी । हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो।
आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी  जारी गरेको बताएको छ। आइसिसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुष्टिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ।
मस्कोले आइसिसीका आदेशलाई अर्थहीन भन्दै खारेज गरेको छ। साथै मस्कोले आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी हुनुलाई अपमानजनक भनेर त्यसको निन्दा गरेको छ। रुसी नेता पुटिन आइसिसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति हुनुभएको छ।
रुस आइसिसीको पक्ष राष्ट्र नभएकाले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना छैन। अर्थात् द हेगमा रहेको उक्त अदालतको आदेश त्यहाँ कार्यान्वयन हुने कुनै आधार पनि छैन। यद्यपि त्यसले राष्ट्रपति पुटिनको अन्तर्राष्ट्रिय यात्रामा असर पर्नसक्छ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता लिएर विश्वका एक सय २३ सदस्य राष्ट्रहमध्ये कुनैमा उनले पाइला राखेमा उनलाई पक्राउ गर्न सकिनेछ। आइसिसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तर्राष्ट्रिय सहयोगमा निर्भर हुने बताएका छन्। 
युद्धग्रस्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आइसिसीले पक्राउ पुर्जी जारी गरेकोमा त्यसको स्वागत गरेको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अदालतको कदमलार्य ऐतिहासिक निर्णय भन्दै स्वागत गरेका छन्। 
 
Prabhu Side Bar

Sidebar Middle
Sidebar Bottom