23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाज


 जगदम्बा इन्टरप्राइजेजका चार जनामा कोरोना पुष्टि

जगदम्बा इन्टरप्राइजेजका चार जनामा कोरोना पुष्टि



काठमाडौं, १३ साउन । वीरगन्‍ज महानगरपालिका ३२ मा रहेको जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतसहित चार कर्मचारीलाई कोरोना संक्रमण पुष्टि छ ।

कोरोना संक्रमण पुष्टिभएसँगै कम्पनी सिल गरिएको छ । चार जनामध्ये कम्पनीमा कार्यरत एक भारतीय नागरिक रहेको बताइएको छ । 

कोरोना संक्रमण पुष्टि भएका चार जनालाई अस्पतालमा राखिएको र उद्योगमा कार्यरत दुई सय कर्मचारीको पीसीआर परीक्षण नगर्दासम्म उद्योगभित्रै राखिएको छ ।


 


संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति नगर्नुको कारण खोल्न सर्वोच्चको आदेश 

संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति नगर्नुको कारण खोल्न सर्वोच्चको आदेश 


काठमाडौं, १३ साउन । जुरी नेपालले सात संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्तिको माग गर्दै दायर गरेको रीटमा सर्वोच्च अदालतले सरकारका नाउँमा कारण देखाऊ आदेश जारी गरेको छ ।

यही साउन ११ गते प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश जारी भएको हो । साथै उक्त विषय गम्भिर प्रकृतिको भएकोले यस रीटलाई अग्राधिकार दिई पेशी तोक्न समेत आदेश गरिएको छ ।

जुरी नेपालले संबैधानिक आयोगको रुपमा स्थापित भएका अन्य पाँचवटा आयोग (राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग) मा एक–एक जनामात्र पदाधिकारी नियुक्त भई आयोगहरुले संबिधान तथा कानून बमोजिमको भूमिका निर्वाह गर्नसक्ने अवस्था नभएकोले तत्काल सबै आयोगलाई क्रियाशिल बनाउन,  सबै आयोगहरुमा पदाधिकारी नियुक्तिको माग गर्दै रीट निवेदन दायर गरेको थियो ।
संविधानको धारा २६५ बमोजिम संविधान प्रारम्भ भएको मितिले १० बर्ष पछि यी सबै आयोगहरुको संघीय संसदबाट पुनरावलोकन गरिने प्रावधान छ । एकातर्फ संविधान जारी भएको करिव ५ बर्षसम्म पनि यि आयोगहरुमा पदाधिकारी नियुक्त हुन नसक्दा यि आयोगहरुले प्रभावकारी रुपमा आफ्नो भूमिका निर्वाह गर्न सकेका छैनन् भने अर्कोतर्फ नयाँ संविधान बमोजिम नागरिकहरुको मौलिक हक कार्यान्वयन हुन नसकेको जुरी नेपालले जनाएको छ ।

मौलिक हक कार्यान्वयन गर्ने निकायमा स्वेच्छाचारिता देखिएको छ । यहाँसम्म कि मौलिक हक कार्यान्वयनका लागि वनेका कैयौं कानुनहरु ९खाद्य, आवास, शिक्षा, जनस्वास्थ्य लगायत० कार्यान्वयनका लागि आवश्यक नियमावली समेत तर्जुमा तथा लागु भएका छैनन् ।
तर विषयगत हिसावले अनुगमन गर्ने र सरकारलाई जिम्मेवारी वनाउने दायित्व भएका आयोगहरुलाई निष्प्रभावी राख्ने कार्यले संविधानको मर्म र भावनामा नै प्रहार भएकोले सबै आयोगमा तत्काल पदाधिकारी नियुक्ति लगायतका विषय माग गरी उक्त रीट निवेदन दायर गरिएको जुरी नेपालले जनाएको छ ।

जुरी–नेपालको तर्फबाट अधिवक्ताहरु विष्णुप्रसाद पोख्रेल, मोहनलाल आचार्य, शशी बस्नेत, बालमाया विश्वकर्मा, सुन्दर बहादुर सेनी र कमल बहादुर बसेलले संयुक्त रुपमा रीट निवेदन दायर गरेका हुन् ।

यसमा संवैधानिक परिषद, संबैधानिक परिषदका अध्यक्ष, संघीय संसद र नेपाल सरकारका मुख्य सचिवलाई विपक्षी बनाइएको छ ।
रीट निवेदनमा मानव अधिकारको प्रत्याभूतिका लागि महत्वपूर्ण भूमिका खेल्ने कार्यादेश पाएका विभिन्न सातवटा आयोगमा नियुक्त हुनुपर्ने ३५ मध्ये ३१ पद लामो समयदेखि रिक्त रहेकोले उक्त सबै पदमा पदाधिकारीहरु नियूक्तिका लागि संबैधानिक परिषदको तर्फबाट अविलम्ब सिफारिस गर्न, त्यसरी नियूक्तिका लागी सिफारिस गर्नुपूर्व राष्ट्रिय मानवअधिकार संस्थाहरुको स्वतन्त्रता, सक्षमता र निष्पक्षतालाई निर्देशित गर्ने पेरिस सिद्धान्तसमेतलाई आत्मसात गर्न, संबैधानिक आयोगको नियुक्तिमा भएको ढिलाईको पुनरावृति नहुने कुरालाई सुनिश्चित गर्न र उल्लेखित संवैधानिक आयोगहरुको प्रभावकारीताका लागि आवश्यक पर्ने जनशक्ति तथा श्रोतसाधन उपलव्ध गराउन आवश्यक प्रवन्ध गर्न परमादेशको माग गरिएको छ ।

प्रारम्भिक सुनुवाइका क्रममा रीट निवेदकको तर्फबाट अधिवक्ता पंकजकुमार कर्णले बहस गरेका थिए ।


नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पुनः पहिरो 

नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा पुनः पहिरो 



चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेको छ  ।  


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । 


निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो । पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध भएको छ । 


नेपालमा बुधबार थप २ सय ७ जना कोरोना संक्रमणमुक्त, थप १ सय जनामा कोरोना संक्रमण

नेपालमा बुधबार थप २ सय ७ जना कोरोना संक्रमणमुक्त, थप १ सय जनामा कोरोना संक्रमण


काठमाडौं । नेपालमा बुधबार थप २ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ७ जना कोरोना संक्रमण मुक्त भएका हुन् ।

योसँगै हालसम्म नेपालमा १२ हजार ६ सय ८४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा आज एकैदिन थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


७ दिन अघि कोरोना पुष्टि भएका शशिको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

७ दिन अघि कोरोना पुष्टि भएका शशिको मृत्यु, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुग्यो


काठमाडौं, साउन ७ ।  नेपालमा कोरोनाभाइरबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीका ६० वर्षीय शशि भुषण झा रहेको 
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ ।

सात दिन अगाडी मात्रै कोरोना पुष्टि भएका महोत्तरीका झाको मंगलबार राति अस्पतालको आइसोलेसनमा निधन भएको हो ।  मृतकको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको बारे प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा।डा संजिवकुमार शर्माले जानकारी दिए । उनको शव ब्यबस्थापनको तयारी गरिएको छ ।

 योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । झाको कोरोनासंक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ  छ ।