15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

मनोरंजन


विद्यालयद्वारा बालगायक आयुष केसीलाई नगदसहित सम्मान

विद्यालयद्वारा बालगायक आयुष केसीलाई नगदसहित सम्मान


भक्तपुर, जेठ २८ । भारतीय टेलिभिजन जीटिभीको रियालिटी सो सारेगमपमा चौथो स्थान प्राप्त गरेका आयुष केसीलाई विद्यालयले नगदसहित सम्मान गरेको छ । उनी अध्ययनरत रहेको मोर्डन स्कुलले आज एक कार्यक्रम गरी एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा, विद्यालयका प्रचार्य अनिल कसपाल, सूर्यविनायक नगरपालिका वडा नं.४ वडाअध्यक्ष उत्तम थापालगायतले उनलाई सम्मान गरेका हुन् ।

सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए । जसमा आचार्य तेस्रो र केसीले चौथो स्थानमा पुग्न सफल भएका थिए । गायनको माध्यमबाट विदेशी भूमिमा पनि नेपालको नाम राख्न महत्वपूर्ण योगदान पुर्याएका केसी र आचार्यलाई यतिबेला नेपालमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।


फेसियल हाउसद्वारा लिटिल च्याम्प पिञ्जु सम्मानित

फेसियल हाउसद्वारा लिटिल च्याम्प पिञ्जु सम्मानित


काठमाडौं, जेठ २६ । फेसियल हाउसले मिस्टर एण्ड मिस लिटिल च्याम्प २०१९ कि विजेता पिञ्जु बुढा मगरलाई सम्मान गरेको छ । शनिबार सिटीसी मलमा एक कार्यक्रम आयोजना गरी फेसियल हाउसले नौ वर्षीया बालिका मगरको सफलताको कदर गर्दै सम्मान गरेको हो । 

कार्यक्रममा पिञ्जुले ताज जितेको खुसियालीमा केक काटिएको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बाल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सम्मानस्वरुप उक्त कार्यक्रम राखिएको बताइन् । कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जुले गत शनिबार मात्रै मिस्टर एण्ड मिस लिटिल च्याम्पको उपाधी जितेकी थिईन ।

प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा उपाधिका लागि २५ जनाले प्रतिष्पर्धा गरेका थिए । बालअधिकार बारे सोधिएको प्रश्नमा सही र सटिक जवाफ दिएर पिन्जु बिजेता बनेकी हुन् । लिटिल मिस च्याम्पको उपाधिसहित उनले वेष्ट क्याटवाक अवार्ड पनि जितेकी थिइन् । पिञ्जु हाल पानीपोखरीस्थित भानुभक्त मेमोरियल विद्यालयमा कक्षा चारमा अध्ययनरत छिन् । पिञ्जुले सानै उमेरदेखि नृत्य र अभिनयमा बिशेष रुची राख्ने गरेको उनकी आमा प्रगती महराले बताइन् ।

त्यसैगरी, फेसियल हाउसले एकदिने हेयर सेमिनारको आयोजनासमेत गर्यो । शनिबार सिटीसी मलमा आयोजित उक्त सेमिनारमा करिब ५० जना ब्यूटीसियन एवं हेयर डिजाईनरहरुले सहभागिता जनाएका थिए । ब्यूटीसियन तथा हेयर डिजाइनरलाई हेयर स्टाईलसम्बन्धी एडभान्स सिप उपलब्ध गराउने उद्देश्यका साथ सेमिनारको आयोजना गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले बताईन ।

सो अवसरमा मायाज ब्यूटी पार्लरकी प्रबन्ध संचालकसमेत रहेकी ख्यातिप्राप्त ब्यूटीसियन तथा हेयर डिजाइनर गीता गिरीले हेयर स्टाईल मास्टर क्लाससम्बन्धी बिशेष कक्षा संचालन गरेकी थिइन । सेमिनारमा संचालित हेयर स्टाईल मास्टर क्लास अन्तर्गत सात विधा समेटिएको थियो । जसमा फ्लावर, मेसी लङ हेयर, हेभी ब्राईडल, क्रेजी, क्रिम्पिङ, स्टिक र क्रिम्पिङ स्टाईल रहेका थिए । सेमिनारको अन्त्यमा सहभागीहरुलाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको थियो ।


नायिका करिष्माले त्यागिन बाबुराम भट्टराईको पार्टी 

नायिका करिष्माले त्यागिन बाबुराम भट्टराईको पार्टी 


काठमाडौं, जेठ १३ । तत्कालीन नयाँ शक्तिमा आवद्ध अभिनेत्री करिष्मा मानन्धरले पार्टी परित्यागको घोषणा गरेकी छिन् । उक्त पार्टीकी नेत्री मानन्धरले अब आफू हाल सक्रिय रहेको पार्टीको राजनीतिमा नरहेको बताएकी हुन् । 

चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएको थियो । त्यसयता निष्क्रिय जस्तै रहेकी उनले एकाएक पार्टीबाट अलग हुने घोषणा गरेकी छन् । तर, नायिका करिष्माले मौखिक रुपमा पार्टीबाट राजीनामा दिएकी हुन् । उनले चाँडै लिखित रुपमा राजीनामा दिने बताएकी छन् । 

व्यक्तिगत केही महत्वपूर्ण कामहरु गर्नु पर्ने भएकोले आफूलाई राजनीतिबाट अलग बनाएको करिष्माको भनाई छ । करिष्मा झण्डै चार वर्ष अघि २०७२ सालमा भट्टराइको नेतृत्वको तत्कालिन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । 


अनुस्का बनिन ‘मिस नेपाल २०१९’ 

अनुस्का बनिन ‘मिस नेपाल २०१९’ 


काठमाडौँ, बैशाख २७ । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’ को उपाधि अनुस्का श्रेष्ठले जितेकी छन् । उनलाई मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडाले ताज पहिराएकी हुन् ।
बिहीबार राती कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा उनले मिस नेपाल २०१९ को ताज पहिरिएकी हुन् । मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी भईन भने  मिरा कक्षपतिले मिस नेपाल इन्टरनेशनल र रोज लामाले सुपर नेशनलको उपाधि जित्न सफल भए ।
त्यसतै, 
मिस नेपाल वर्ल्ड–अनुष्का श्रेष्ठ
मिस नेपाल यूनिभर्स– प्रदिप्ता अधिकारी
मिस नेपाल अर्थ– रिया बस्नेत
मिस नेपाल इन्टरनेशनल– मिरा कक्षपति
मिस नेपाल सुपर नेशनल( रोज लामा
मिस ट्यालेन्ट– प्रदिप्ता अधिकारी
पपुलर च्वाइस– रिया बस्नेत
मिस फ्यासिनो– अनुश्का श्रेष्ठा
मिस कन्फिडेन्स– निशा पाठक
व्यूटी विध प्रपोज– निकिता कर्माचार्य ले हात पार्न सफल भएका छन् । 


कमेडी सिरियल ‘कुरा मात्र भो’ शुक्रबारदेखि प्रसारण हुँदै

कमेडी सिरियल ‘कुरा मात्र भो’ शुक्रबारदेखि प्रसारण हुँदै


काठमाडौं, बैशाख २४ । अर्जुन गौतमको निर्देशनमा निर्माण भएको नेपाली हास्य व्यंग्य सिरियल ‘कुरा मात्र भो’ आउँदो शुक्रबारबाट प्रसारण हुँदै छ । एनटिभी प्लसबाट हरेक शुक्रबार राति ८ः०५ बजे उक्त सिरियल प्रसारण हुने भएको हो । 

‘कुरा मात्र भो’को प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडिया बीच गत शुक्रबार सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिए । प्रसारणका लागि आवश्यक तयारी समेत पूरा भैसकेको उनले बताए । जेसिका इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ । 

निर्देशक गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवं राजनीतिक बिषय वस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो सिरियल युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने उनले बताए । 

साहित्यकार सनत आचार्यको लेखनमा तयार पारिएको उक्त सिरियलमा कलाकारहरु उत्तम अर्याल (कोदे), लक्ष्मण चौलागाई आदिको अभिनय रहेको छ । त्यसैगरी, ‘कुरा मात्र भो’को निर्मातामा कमल श्रेष्ठ, कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी, सम्पादनमा राज श्रेष्ठ रहेका छन् भने निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी रहेका छन् ।


‘डी सिने अवार्ड’मा नम्रता उत्कृष्ट नायिका र ‘छक्का पन्जा ३’ बेष्ट फिल्म

‘डी सिने अवार्ड’मा नम्रता उत्कृष्ट नायिका र ‘छक्का पन्जा ३’ बेष्ट फिल्म


काठमाडौं, बैशाख २२ । यो बर्षकै पहिलो अवार्डको रुपमा ‘डी सिने अवार्ड २०७६’ काठमाडौंको हिरारत्न हलमा आयोजना भएको छ । उक्त अवार्ड समारोहमा नायिका नम्रता श्रेष्ठले चलचित्र ‘प्रसाद’बाट उत्कृष्ट नायिकाको अवार्ड जितिन् भने नायक सलिनमान बनियाँले चलचित्र ‘यात्रा’बाट उत्कृष्ट नायकको अवार्ड जितेका छन् । 
त्यसैगरी, अवार्डमा ‘छक्का पन्जा ३’ उत्कृष्ट चलचित्र बन्यो भने यही चलचित्रबाट उत्कृष्ट निर्देशकको रुपमा दीपाश्री निरौलाले अवार्ड जितिन् । अवार्ड समारोहमा कलाकार निर शाहलाई ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिएको थियो । यस्तै, छायाछवि रजत सम्मानबाट गायिका देविका बन्दना र निर्देशक शोभित बस्नेतलाई सम्मानित गरिएको थियो । कार्यक्रममा छायाछवि चलचित्र पत्रकारिता पुरस्कारबाट तीन दशकसँग रंग पत्रकारितामा सक्रिय पत्रकार अनन्त वाग्लेलाई सम्मानित गरिएको थियो । 

अवार्डमा ‘पपुलर चलचित्र’को रुपमा गतबर्ष आक्रामक व्यापार गर्न सफल चलचित्र ‘ए मेरो हजुर ३’लाई अवार्ड प्रदान गरियो भने ‘क्रिटिक्स अवार्ड’ चलचित्र ‘यात्रा’ले प्राप्त गर्यो । जुरी अवार्ड चलचित्र ‘डमरुको डन्डिबियो’ले प्राप्त गरेको अवार्ड समारोहमा श्रीदेव भट्टराइलाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी, अन्य विधामा अवार्ड प्राप्त गर्ने चलचित्र र चलचित्रकर्मीहरुमा उत्कृष्ट पाश्र्वसंगीत–जेसन कुवर, प्रवेश मल्लिक (भोर), उत्कृष्ट साउण्ड डिजाइन–मुकेश शाह (डमरुको डण्डीवियो), उत्कृष्ट गीतकार–राजेश श्रेष्ठ( फूल होईन (रोज), उत्कृष्ट गायिका– वन्दु परियार–पहिलो नम्बरमा (छक्का पञ्जा–३), उत्कृष्ट गायक–डेविड शंकर–पहिलो नम्बरमा (छक्का पञ्जा–३), उत्कृष्ट लोक संगीत संगीतकार–दीपक शर्मा (पहिलो नम्बरमा (छक्का पञ्जा–३), उत्कृष्ट संगीतकार–एलिस कार्की (फूल होइन (रोज),  उत्कृष्ट लोकगीत नृत्य निर्देशक–बसन्त श्रेष्ठ–उम्लियो भने (जय भोले), उत्कृष्ट नृत्य निर्देशक–कविराज गहतराज–तिम्रो लागि (राम काहानी), उत्कृष्ट द्वन्द्व निर्देशक–हिमाल केसी (यात्राः अ म्यूजिकल भ्लग), उत्कृष्ट बालकलाकार–एञ्जल राई (हैरान), उत्कृष्ट हाँस्यकलाकार– केदार घिमिरे (छक्का पञ्जा–३), उत्कृष्ट खलपात्र–माओत्से गुरुङ (चङ्गा चेट), उत्कृष्ट कथा–दीपेन्द्र लामा (गोपी), उत्कृष्ट पटकथा–सम्राट शाक्य (यात्राः अ म्यूजिकल भ्लग), उत्कृष्ट संवाद–सुशील पौडेल (प्रसाद), नव नायिका– ुहाना थापा (ए मेरो हजुर ३), उत्कृष्ट नव नायक–घिरज मगर (इन्टु मिन्टु लण्डनमा), उत्कृष्ट नव निर्देशक–सम्राट शाक्य (यात्राः अ म्यूजिकल भ्लग), उत्कृष्ट चरित्र अभिनेत्री–लक्ष्मी गिरी (छक्का पञ्जा–३), उत्कृष्ट चरित्र अभिनेता–सरोज खनाल (क्याप्टेन), उत्कृष्ट सह–अभिनेत्री–नम्रता सापकोटा (समर लभ), उत्कृष्ट सह–अभिनेता–शलोन बस्नेत (यात्राः अ म्यूजिकल भ्लग), उत्कृष्ट छायाँकार–सञ्जय लामा (ए मेरो हजुर–३), उत्कृष्ट सम्पादक–विपिन मल्ल (छक्का पञ्जा–३), उत्कृष्ट अभिनेत्री–नम्रता श्रेष्ठ (प्रसाद), उत्कृष्ट अभिनेता–सलिनमान बनिया (यात्राः अ म्यूजिकल भ्लग), उत्कृष्ट निर्देशक–दीपाश्री निरौला (छक्का पञ्जा–३), उत्कृष्ट पपुलर चलचित्र–ए मेरो हजुर–३ (सुहाना इन्टरटेनमेन्ट), क्रिटिक्स अवार्ड–यात्राः अ म्युजिकल भ्लग, जुरि अवार्ड–डमरुको डण्डीवियो, ईन्करेजमेन्ट अवार्ड–श्रीदेव भट्टराई (सुकुलगुण्डा), उत्कृष्ट फिल्म–छक्का पञ्ज–३ (आमा सरस्वती मुभिज) रहेका छन् । 


‘उत्कृष्ट नायक’को अवार्ड पाए नायक बाँनियाले

‘उत्कृष्ट नायक’को अवार्ड पाए नायक बाँनियाले


काठमाडौं, बैशाख २२ । काठमाडौंमा हिजो आयोजित ‘डी सिने अवार्ड’मा नायक सलिनमान बनियाँले उत्कृष्ट नायकको अवार्ड उचालेका छन् । उनले चलचित्र ‘यात्रा’ बाट उत्कृष्ट नायकको अवार्ड पाएका हुन् । 

चलचित्र ‘ए मेरो हजुर २’ बाट चलचित्र क्षेत्रमा पाइला राखेका नायक बनियाँले आफूले यो अवार्ड पाउने आशा नगरे पनि जुरीले उत्कृष्ट ठानेर अवार्ड दिएकोमा खुशी लागेको बताए । 

नायक बनियाँले दोश्रो चलचित्रसम्म आइपुग्दा आफ्नो अभिनयमा सुधार गरेका छन् । अझ उनको एक्सनले धेरैलाई प्रभावित बनाएको बताइन्छ । 


आजबाट हलहरुमा चलचित्र ‘दाल भात तरकारी’

आजबाट हलहरुमा चलचित्र ‘दाल भात तरकारी’


काठमाडौं, बैशाख २० । आजदेखि चलचित्र ‘दाल भात तरकारी’ले हलहरुमा प्रदर्शन भएको छ । चलचित्र ‘दाल भात तरकारी’ मह सञ्चारको प्रस्तुतिमा निर्माण भएको हो । 

बैशाख १३ गते प्रर्दशन हुने भनिएको उक्त चलचित्र हलिउडको ठूलो बजेटको फिल्म ‘एभेन्जर्स एण्ड गेम’ रिलिज भएपछि असफल हुने डरले प्रदर्शन मिती पछाडी सारिएको थियो । यो फिल्मले बम्पर ओपनिङ्ग गर्ने फिल्मकर्मीको आशा रहेको छ । फिल्मको अग्रिम बुकिङ्ग बुधबार देखिनै खुल्ला गरिएको छ । फिल्मले मल्टिप्लेक्सका साथै एकल हलमा पनि राम्रो शो पाएको छ । फिल्ममा हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, मदनकृष्ण श्रेष्ठ, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, शिवहरि पौडेललगायत कलाकारको अभिनय रहेको छ । किरण केसीले निर्माण गरेको फिल्मलाई उनकै छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।


छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नीर शाहलाई

छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नीर शाहलाई


काठमाडौं, बैशाख २० । यस वर्षको छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिने भएको छ । आयोजक संस्था छायाँछविका अध्यक्ष शान्तिप्रियले प्रेस विज्ञप्तीमार्फत उक्त कुरा जनाएका हुन् । ११औं ईएनआई छायाँछवि डिसिने अवार्ड ०७६ का अवसरमा चार चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्न लागिएको हो । 

त्यसैगरी, उक्त अवसरमा छायाँछवि चलचित्रकर्मी रजत सम्मान २०७६ गायिका देवीका बन्दना तथा २५ वर्षदेखि चलचित्र निर्देशन एवं अभिनय गर्दै आएका शोभित बस्नेतलाई प्रदान गरिने भएको छ । विगत तीन दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । 

कार्यक्रम भोली काठमाडौंमा आयोजना हुँदैछ । छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड–०७६ का पुरस्कृत नीर शाहले दर्जनौं चलचित्रमा अभिनय गरेका छन् । उनले अभिनयसँगै बसन्ती, राजमति, सेतोबाध जस्ता चलचित्र निर्देशन पनि गरेका छन् । गायिका देवीका बन्दनाले चलचित्रका सयौं गीत गाएकी छन् । पाश्र्व गायनमा उनका दर्जनौं गीत हिट छन् । यस्तै छायाँछवि चलचित्रकर्मी रजत सम्मान–०७६ (पुरुष)बाट पुरस्कृत हुँदै गरेका शोभित बस्नेत निर्देशक हुन् । ‘राजकुमार’ चलचित्रबाट २०५१ सालदेखि निर्देशन यात्रा प्रारम्भ गरेका शोभितले २९ चलचित्रको निर्देशन गरिसकेका छन् ।


मिस्टर प्लसको अडिसन हुँदै, ५५ बर्षसम्मका पुरुषले भाग लिन पाउने

मिस्टर प्लसको अडिसन हुँदै, ५५ बर्षसम्मका पुरुषले भाग लिन पाउने


काठमाडौं, बैशाख १७ । ग्लोरी मिडियासँगको सहकार्यमा मोडल सङ्स नेपालले ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्ने भएको छ । नेपालमा पहिलोपटक हुन गइरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको अडिसन यहि जेठ ४ गतेदेखि शुरु हुने भएको हो । 

प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्षभन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ । आयोजक संस्थाका प्रमुख डेबिल सिंह राजपुतका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिनेछ । जसमा प्रतिस्पर्धीहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्बन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ । 

मिस्टर प्लस साईज नेपाल प्रतियोगिताले मोटोपना भएका युवाहरुलाई प्रोत्साहित गर्ने ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए । आयोजक संस्थाका अनुसार प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले क्रमशः ५० हजार, ३० हजार र २० हजार हजार नगदसहित विभिन्न गिफ्ट ह्याम्परका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्नेछन् । 

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति यहि बैशाख २ गतेबाट अडिसन फाराम वितरण शुरु गरिएको थियो । अडिसन फारम बागबजारस्थित कृषि बैंक मार्गमा रहेको ग्लोरी मिडिया र मोडल सङ्स नेपालको कार्यालयबाट वितरण हुँदै आएको आयोजक संस्थाले जनाएको छ । मोडल सङ्स नेपालले विगत दुई वर्षदेखि महिलाहरुका लागि पनि सुपर प्लस साईज मोडल नेपाल आयोजना गर्दै आएको छ ।