14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री महराले विश्वासको मत लिँदै


काठमाडौं, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिँदैछन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत्र २३ गते मुख्यमन्त्री बनेका महराले शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेशसभामा विश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची छ।

संविधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। तर महराले एक साता नबित्दै विश्वासको मत लिन लागेका हुन्।

महरा गठबन्धनमा रहेका पाँच दल र एक स्वतन्त्र सांसद समेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। ८७ सदस्यीय प्रदेशसभामा उनलाई प्रदेशसभामा ४८ सांसदको समर्थन छ।
 


विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री


काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन्। भारतीय उद्योग परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताए।

प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सरकारले ‘लजिस्टिक’ सहयोग गर्ने उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरे।


देश र जनताको हितमा लाग्नूस् : ओली

देश र जनताको हितमा लाग्नूस् : ओली


काठमाडौं, २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन्। आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनाबद्ध रुपमा अघि बढ्न पार्टी कार्यकर्तालाई उनले सुझाव दिए।

आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उनले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी सङ्गठनमा लाग्नुपर्ने बताएका हुन्।

आफू र आफ्नो पार्टीलाई गन्तव्यमा पुर्‍याउन हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोहीअनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उनले बताए। 

करिब ३ करोड २५ लाख रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको भवनको उद्घाटनअघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुगेका थिए। हेलिकप्टरमा त्यहाँ पुगेका ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकनसमेत गरे। 

उनले विराटनगरको रानी भन्सारबाट धनकुटा मूलघाट हुँदै ओलाङचुङ्गोला–टिपताला जोड्ने सडकको ट्र्याक खुलेसँगै बुधवार साँझ ओलाङचुङगोलामा पहिलो पटक सदरमुकामतर्फबाट पुगेका सवारीसाधनका चालकलाई सम्मान पनि गरेका थिए।


गण्डकीमा मन्त्रालयको संख्या ७ बाट ९ बनाइयो

गण्डकीमा मन्त्रालयको संख्या ७ बाट ९ बनाइयो


काठमाडौं, २९ चैत । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या ९ भएको छ। मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ बनाएका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई फुटाएर स्वास्थ्य मन्त्रालय र एउटा बेग्लै आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको हो।
यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री अधिकारीले नै १२ मन्त्रालयलाई ७ वटामा झार्ने निर्णय गरेका थिए। गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरिएको छ। 
गण्डकीमा मुख्यमन्त्री नियुक्ति कानुनविपपरीत रहेको भन्दै त्यसविरूद्ध मंगलबार तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका छन् । बुधबार सर्वोच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ।
गण्डकीमा गठबन्धनले सभामुखलाई समेत प्रयोग गरेर मुख्यमन्त्रीमा  दाबी पेस गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री खगराज अधिकारीलाई २५ गते नियुक्त गरेका थिए।


 


राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे निर्वाचित 

राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरे निर्वाचित 


काठमाडौं, २८ चैत । राष्ट्रिय सभा उपाध्यक्षमा नेकपा एमालेबाट विमला घिमिरे निर्वाचित भएकी छिन्। राष्ट्रिय सभाकाे मतदान प्रक्रियाबाट आज सत्तागठबन्धनकी उम्मेदवार घिमिरे निर्वाचित भएकी हुन्। 

आजकाे बैठकमा ५५ सदस्य उपस्थित थिए। एमाले उम्मेदवार घिमिरेकाे पक्षमा ३९ मत र कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीले १६  मत पाएकी छिन्। 

५८ सदस्यीय राष्ट्रिय सभामा सत्तागठबन्धनसँग माओवादीका १७, एमालेका नाै, एकीकृत समाजवादीका आठ र जसपाका चार गरी ३९ सांसद थियाे। राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित हुन ३० सांसदको समर्थन आवश्यक हुन्छ। 
 


प्रतिपक्षको अवरोधपछि वैशाख २ गतेसम्मका लागि संसद् स्थगित

प्रतिपक्षको अवरोधपछि वैशाख २ गतेसम्मका लागि संसद् स्थगित


काठमाडौं, २८ चैत ।  प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सदन अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगन भएको छ । बुधबार बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले बोल्ने समय सकिएपछि सदन अवरोध भएको थियो । अवरोध भए पछि सभामुख देवराज घिमिरले निर्धारित विषयमा अघि बढाउन खोजेका थिए ।

उनले सांसदहरूलाई बस्नका लागि आग्रह गरे । तर, कांग्रेसका सांसदहरूले नाराबाजी गर्न थालेपछि कार्यसूचीमा रहेका सबै विषय हटाएर सभामुख घिमिरेले वैशाख २ गते ११ बजेसम्मका लागि सदन स्थगन गरिएको जानकारी दिए ।


गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध रिट दायर

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध रिट दायर


काठमाडौं, २७ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको उल्लेख गरी बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पुर्‍याउनु असंवैधानिक भएको भन्दै रिट निवेदन दायर गरेका हुन् । 

उक्त रिट निवेदनमा यही चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तबरले दाबी पत्र पेश गर्नुभएको र अधिकारीलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको छ । रिट निवेदनमा सभामुख तटस्थ व्यक्ति भएकाले कुनै पनि दलका लागि बहुमत पुर्‍याउन नमिल्ने जिकिर गरिएको छ । उक्त रिटबारे बुधबार सुनुवाइ हुनेछ ।

यसअघि, कोशी प्रदेशमा नेकपा (एमाले) ले नेपाली काँग्रेसविरुद्ध दिएको सोही आधारको रिट निवेदनमा सर्वोच्च अदालतले सभामुखको मत जोड्न नपाउने आदेश दिएको थियो ।


कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त

कर्णालीमा एमालेका यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त


काठमाडौं, २७ चैत । कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि आजै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको थियो ।


कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५: ५० बजेभित्र समय दिएका थिए ।


प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित


काठमाडौं, २७ चैत ।  प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।  मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । 
त्यसपछि उनले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । प्रमुख सचेतकसँग बिहान बसेको बैठक र संसद् बैठक स्थगित गरेर बसेको दुवै बैठकमा सहमति नजुटेपछि बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । 
 


राप्रपाको प्रदर्शनमा झडप

राप्रपाको प्रदर्शनमा झडप


काठमाडौं, २७ चैत । राप्रपाको प्रदर्शनमा झडप भएको छ । झडपका क्रममा प्रहरीले पानीको होफोरा हान्नुका साथै लाठी चार्ज गरेको छ । प्रदर्शनकारीले ढुंगा हानेका थिए । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो । जुलस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव बढेको थियो । त्यसक्रममा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो । प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको छ ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।