22 Baishak, 2081 / 4 May , 2024
काठमाडौं, १४ साउन । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
त्रिवि मैदानमा बुधबार आयोजित एक पत्रकार सम्मेलन गर्नै सन्दीपले क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न जानुअघि मैदानका कर्मचारीलाई आर्थिक सहयोग गरेका हुन् ।
उनले कोरोना भाइरसका कारण मैदानका कर्मचारीलाई समस्या परेको बताउँदै आर्थिक सहयोग गरेका हुन् । उनले अन्य दिनमा सहयोगी हातहरु थपिँदै गए पनि आफ्नो तर्फबाट आफूले सक्ने सहयोग गर्न चाहेको बताए ।
त्यस्तै सन्दीपले सीपीएल खेल्न निकै नै उत्साहित भएको बताएका छन् ।
उनी प्रतियोगिताका लागि बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।