15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नीर कमलद्वारा रचित ‘कहाँ राखुँ प्रिय’ सार्वजनिक(भिडियोसहित)




 नीर कमलद्वारा रचित ‘कहाँ राखुँ प्रिय’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं, २ मंसिर । गीतकार निर कमल खड्का(ममल) द्वारा रचित ‘कहाँ राखु प्रिय’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियो बालुवाटारस्थित टाईम्स स्कव्वाएरमा एक समारोहकाबीच सार्वजनिक गरिएको हो ।
लोकप्रिय वरिष्ठ अभिनेता राजाराम पौडेलको हातबाट गरिएको गीतको भिडियो सार्वजनिक समारोहमा गीत संग सम्बन्धित कलाकार तथा प्राविधिक टिमलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अभिनेता पौडेल, नायक श्रीदेव भट्टराई र गायक रामकृष्ण श्रेष्ठ लगायत अतिथिहरुले भिडियो निकै उत्कृष्ट बनेको र विदेशमा वस्ने नेपालीहरुको नेपाली गीत संगीत प्रतिको लगावका कारण आज नेपाली सांगीतिक क्षेत्र यहाँसम्म आइपुगेको  बताउनुभयो । यसैगरी भिडियो निर्माणका विषयमा भएका गतिविधि र निर्माणका क्रममा भएका अनुभव वताउँदै निर्देशक ढकालले आफुले शव्द र गीत अनुसारको भिडियो निर्माणमा करिब २ महिनाको तयारी गरेकाले सोचेको जस्ता परिणाम पाएको कुरा बताउनुभयो ।
प्रमोद निर्वाणको एरेन्ज तथा संगीत रहेको गीत ललितपुरको गोदावरी गार्डेनमा छायांकन गरिएको थियो । गोदावरीका आकर्षक हरियाली र मनमोहक दृश्यहरु कैद गरिएको भिडियोलाई छायांकार ओम प्रसाईले छायाँकन गरेका थिए भने दिनसन शाहको सम्पादन तथा कलरिगं रहेको थियो ।
लोकप्रिय कलाकार तथा निर्देशक गोपाल ढकाल छन्देको निर्देशनमा तयार भिडियोलाई नृत्य निर्देशक सन्दिप भुजेलले कोरियोग्राफी गरेका थिए भने कलाकारहरुमा मोडल सोनितराज ढुंगेल, मोडल डा.सलिना भित्रकोटी र अनिल नगरकोटी रहेका छन । पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त ‘छन्दे’ हांस्य कलाकारको रुपमा चर्चित छन ।
अभि श्रेष्ठ प्रडक्सन म्यानेजर रहेको टिममा सौन्दर्यविद मनिषा जिसी तथा सृष्टि थापा मगरको श्रृंगार तथा ड्रेस डिजाईनर सुमित रजक रहेका थिए । बैजु खड्काको प्रस्तुती रहेको भिडियोको निर्मातामा यमु कार्की खड्का हुनुहुन्छ भने पेजेन्ट नेपालको निर्माण रहेको हो ।
उत्कृष्ट गीत रचना गर्दै आइरहेका गीतकार निर कमलका यस अघि केहि गीतहरु लोकप्रिय रहेका छन । बेल्जियममा रहेर पनि नेपाली गीत संगीतमा झुकाव राख्दै निरन्तर लागि पर्दै आएका निर कमल झण्डै दुई दशक भन्दा लामो समयदेखि गीत संगीतमा सक्रिय रहँदै आइरहेका छन । गीत श्रृजनमा साथ दिदै आएका गायक उमेश परियार तथा निशान श्रेष्ठले भिडियो निर्माणमा सहयोगी भूमिका खेल्नुभएको थियो । 




यसमा तपाइको मत


Comments