14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

करोड बढी समानुपातिक तर्फको भोट गणना




करोड बढी समानुपातिक तर्फको भोट गणना

काठमाडौं, १४ मंसिर । प्रतिनिधिसभाको समानुपातिकतर्फ एक करोड १२ हजार भन्दा बढी मतगणना भइसकेको छ । करोड बढी मत गणन हुँदा नेकपा एमालेले २६ लाख ९७ हजार ६ सय ६४ मत पाएको छ भने नेपाली कांग्रेसले २५ लाख ५५ हजार १ सय ५९ मत पाएको छ ।
त्यसैगरी नेकपा माओवादी तेस्रो स्थानमा छ । माओवादीले ११ लाख ४१ हजार २ सय ७३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९७ हजार ७ सय ८९ मत सहित चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ३ सय ४, जनता समाजवादी पार्टीले ३ लाख ९३ हजार ५ सय ९९ मत, जनमत पार्टीको खातामा ३ लाख ५४ हजार ३ सय ८५ मत पाएको आयोगले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले २ लाख ८२ हजार १ सय ८९ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ४४ हजार ३ सय ४३ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ५ सय ७ मत पाएको छ । यो निर्वाचनमा जम्मा एक करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।


 




यसमा तपाइको मत


Comments