18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दोस्रो खेलमा पनि नेपालले नामिबियालाई हरायो 




दोस्रो खेलमा पनि नेपालले नामिबियालाई हरायो 

काठमाडौं, ६ फागुन । नेपालले विश्वकप लिग २ मा नामिबियालाई ३ विकेटले पराजित गरेको छ। आसिफ शेख र ज्ञानेन्द्र मल्लको अर्धशतकमा नेपालले २ सय ७५ रनको लक्ष्य १५ बल अगाडि पूरा गर्‍याे। उनीहरूले दोस्रो विकेटमा कीर्तिमानी १ सय ३९ रनको साझेदारी गरेका थिए।

लिग टु मा लगातार तेस्रो खेल जित्ने क्रममा नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ४७.३ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो।

घरेलु मैदानमा जारी लिग टु को शृखंलामा नेपालले यसअघि नामिबिया र स्कटल्याण्डलाई पराजित गरिसकेको छ। नेपालले लगातार तेस्रो पटक २७० रन माथि स्कोर पछ्याएर खेल जितेको हो।
खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालको लागि सबैभन्दा धेरै रन १ सय ३९ रनको साझेदारी गरे। यो नेपालबाट एकदिवसीयमा अहिलेसम्मकै उच्च साझेदारी हो। यसअघि नामिबियासँगको खेलमै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको साझेदारी गरेका थिए।

नेपालले लिग २ को एउटा शृङ्खलामा तीन खेल जितेको यो पहिलो अवसर हो। २०२० मा काठमाडौंमा भएको ओमान र अमेरिका सम्मिलित शृङ्खला, २०२१ मा मस्कटमा ओमान, अमेरिका सम्मिलित शृङ्खला र २०२२ मा दुबई भ्रमणमा यूएई र पपुवा न्यु गिनी शृङ्खलामा नेपालले यसअघि २–२ खेल जितेको थियो।

लगातार तेस्रो विजयले नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आशालाई कायमै राखेको छ।



Related News


यसमा तपाइको मत


Comments