18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

त्रिदेशीय एकदिवसीय शृंखलाः नेपालको लगातार चौथो जित




त्रिदेशीय एकदिवसीय शृंखलाः नेपालको लगातार चौथो जित

काठमाडौं, ९ फागुन । विश्वकप लिग–२  क्रिकेट  सिरिजमा नेपालले लगातार चौथो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको हो । सिरिजमा नेपालले चारवटै खेल जितेको छ । यो जितले नेपालको एकदिवसीय मान्यता कायम रहने सम्भावना बढाउनुका साथै विश्वकप खेल्ने आशा समेत जगाएको छ ।
नेपालले यसरी लगातार चार जित निकालेको पहिलो पटक हो । २१३ रनको लक्ष्य नेपालले ८ विकेट क्षतिमा ३५ बल बाँकी छँदै पूरा गरेको थियो । संकटमा परेको नेपाली इनिङ्सलाई कप्तान रोहित कुमार पौडेलले सम्हाल्दै जितसम्म लगेका थिए ।
रोहितले अविजित ९५ रन बनाए । उनले ७ चौका र ४ छक्का प्रहार गरेका थिए । यो रोहितको व्यक्तिगत सातौं अर्धशतक हो । उनलाई अन्तिम क्रमका ब्याट्स्म्यान करण केसीले साथ दिए । करणले अविजित ३१ रन बनाए ।
ज्ञानेन्द्र मल्ल २१, कुशल मल्ल १७ र असिफ सेखले १२ रनको योगदान गरे । स्कटल्यान्डका मार्क वाटले ३, क्रिस ग्रिव्सले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भएको थियो। जर्ज मुन्सेले ६० र म्याथ्यू क्रसले ४२ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ४, करन केसीले ३ तथा ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए।
यो जितसँगै नेपालको २६ अंक भएको छ । अब नेपालले लिग २ मा ८ खेल खेल्न बाँकी छ । ति मध्ये ४ पीएनजी र ४ यूएईसँग खेल्नेछ । स्कटल्यान्ड लिग २ को विजेता भएको छ । उसले सबै ३६ खेल खेलेको छ 



Related News


यसमा तपाइको मत


Comments