21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

टी-ट्वान्टी सिरिजः हङकङलाई हराउँदै नेपालले जित्यो उपाधि




टी-ट्वान्टी सिरिजः हङकङलाई हराउँदै नेपालले जित्यो उपाधि

काठमाडौं, ९ भदौ । मलेसियामा सम्पन्न चारदेशीय महिला टी-ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा हङकङलाई डिएल मेथडअनुसार १३ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले एक विकेटको क्षतिमा ५ ओभर ३ बलमा ३७ रन जोड्दा वर्षाका कारण खेल प्रभावित बनेको थियो ।

त्यसपछि डिएल मेथडमा नेपालले उपाधि जितेको हो । नेपाली ब्याटर इन्दु वर्मा १९ रन तथा सीता राना मगर १३ रनमा अविजित थिए । काजल श्रेष्ठ शून्य रनमा आउट भए । हङकङका लागि इकरा सहारले १ विकेट लिइन् ।

यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १ रन बनायो ।

हङकङका लागि कान यिङ्ग चानले सर्वाधिक २९ रनको योगदान गरिन् । मारिना एन्टोनियाले १९ रन बनाइन् । शान्जिन शहजादले १४ तथा यास्मिन दास्वानीले ११ रन जोडे ।

नेपालका लागि खुसी डंगोलले सर्वाधिक ३ विकेट हात पारिन् । कविता जोशी र अश्मिना कर्माचार्यले एक-एक विकेट लिए ।



Related News


यसमा तपाइको मत


Comments