16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित




एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं, २८ माघ । नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा भुटानलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

लगातार दोस्रो जितले नेपाल समूह डी मा शीर्षस्थानमा उक्लिदै क्वाटरफाइनल यात्रा लगभग पक्कापक्की बनाएको छ । यसअघि शनिबार भएको समूह चरणको पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले नै पराजित गरेको थियो ।

भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
नेपालकी सीता राना मगर ३२ र रुविना क्षत्री १७ रनमा अविजित रहे । सीताले ३७ बलमा २ चौका र १ छक्का प्रहार गरिन्। रुविनाले २४ बलमा १ चौका र १ छक्का हानिन् ।

ओपनर कविता कुवँर ५ रनमा अञ्जु गुरुङको बलमा बोल्ड आउट भइन् । कप्तान इन्दु बर्मा १ रन बनाउँदा अञ्जुली घलेको बलमा छिरिङ छोडेनको हातबाट क्याच आउट भइन् ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रनको योगफल तयार पारेको थियो ।

भुटानका लागि ओपनर नवाङ छोडेनले सर्वाधिक २५ रन बनाइन्। कप्तान डेचेन वाङ्गमोले १७ र छिरिङ जान्ग्मोले १६ रन बनाए । यासी छोडेन, सोनम छोडेन र अञ्जु गुरुङले समान १ रन बनाए ।

भुटानलाई कम स्कोरमा रोक्न कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा र कविता जोशीले समान एक विकेट लिए ।

लगातार दोस्रो जितसँगै नेपालले अंक तालिकामा २ खेलबाट ४ अंक बनाउँदै शीर्ष स्थानमा छ ।
२ अंक भएको भुटान दोस्रो स्थानमा छ । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार मालदिभ्ससँग खेल्नेछ ।

नेपाल रहेको समुह डी मा हङकङ, भुटान र मालदिभ्स छन् । प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ । समुहका शीर्ष २ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।
 



Related News


यसमा तपाइको मत


Comments