16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

क्रिकेट लिग-२: नामिबियासँग नेपाल पराजित




क्रिकेट लिग-२: नामिबियासँग नेपाल पराजित

काठमाडौं, ९ फागुन । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले नामिबियाविरुद्ध लगातार दुई खेलमा पराजय भोगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नामिबियाले नेपाललाई २ विकेटले पराजित गरेको हो । यससँगै सिरिजमा नेपालले नामिबियाविरुद्ध लगातार दोस्रो पराजय भोगेको हो ।
पहिलो खेलमा भने नामिबियाले नेपाललाई ४ विकेटले हराएको थियो । नेपालले भने एक खेलमा नेदरल्यान्ड्समाथि जित हात पारेको छ । बुधबारको खेलमा नेपालले दिएको १ सय ६८ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

नामिबियाको जितमा कप्तान जेरहार्ड इरासमसले ५२ रन तथा माइकल भान लिङ्गेनले ३१ रनको योगदान गरे । जेजे स्मिथले ३४ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले ३ तथा ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल मल्लले १-१ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ५८ रन बनायो ।

नेपालका लागि ओपनर आशिफ शेखले ५८ रन जोड्दा कुशल मल्लले ३६, कुशल भुर्तेलले ५८ तथा दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए । भिम सार्कीले २६ रनको योगदान गरे । नामिबियाका लागि बर्नार्ड स्कोल्जले ४, जान निकोलले ४ तथा ज्याक ब्रासेल र जेरहार्ड इरासमसले १-१ विकेट हात पारे ।



Related News


यसमा तपाइको मत


Comments