09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कला


पुष्प र वर्षाले गरे प्रेमका कुरा 

पुष्प र वर्षाले गरे प्रेमका कुरा 


काठामाडौँ । वैँशालु उमेरका प्रेमी प्रेमीकाले घरबार र सबथोक बिर्सिन्छन् ।   कारण हो माया । मायामा परेका जो कोहीले पनि घरबार बिर्सेर प्रेमी प्रेमीकालाई सल्लेरी घुमाउने कुरामा दोष होत केवल उमेरको र उनीहरु भित्र पलाएको मायाको । यो कथा हो पुष्पल खड्का र वर्षा राउतको । वर्षा र पुष्पलको रिल लाइफको यो कथालाई निर्देशक निकेश खड्काले शानदान तरिकाले भिडियोमा देखाउन सफल छन् ।

शिर्षक घिमिरेका शब्दमा दीपक शर्माको संगीत रहेको गीतमा एरेनज नरेन्द्र बियोगीको रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियो बिकाश धमलाले सम्पादन गरेका छन् । जसमा कोरियोग्राफी सुबल थापाको रहेको छ । 

 


गायक हेमन्त कान्छाको अहिलेसम्मकै दमदार गीतको भिडियो हेर्नुहोस्

गायक हेमन्त कान्छाको अहिलेसम्मकै दमदार गीतको भिडियो हेर्नुहोस्


काठामाडौँ । पछिल्लो समय निकै चर्चामा रहेका बहु प्रतिभाका धनी तथा गायक हेमन्त कान्छको समसामयिक गीत खोलाको किनारमा घर छ भर्खर मात्र सार्वजनिक भएको छ । 

नेपालमा बाढी पहिरोमा परेर एक सय भन्दा धेरै ज्यान गुमाई सकेका छैनन् । यस्तै विषय उनको यो गीतमा समेटिएको छ । गीतलाई सपना रसाइलीले शब्द सिर्जना गरेको छन् भने लय गायक कान्छाकै रहेको छ । हेर्नुहोस् यो भिडियो


 


चर्चित हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’  एक्कासी बन्द हुनुको पछाडीको कारण यस्तो रहेछ

चर्चित हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’  एक्कासी बन्द हुनुको पछाडीको कारण यस्तो रहेछ


काठमाडौँ, साउन ०८ ।  नेपाल टेलिभिजनबाट शुक्रबार ८ स् ५० बजे प्रसारण हुँदै आएको लोकप्रिय हाँस्य टेलिश्रृङ्खला ‘भद्रगोल’  एकाएक बन्द भएको छ । दर्शकको विशेष खोजीमा पर्ने यो हाँस्शृखला साउनबाट नयाँ आर्थिक वर्ष सुरु भएपछि एजेन्सीसँग नयाँ सम्झौता हुन्नसक्दा बन्द हुन् पुगेको स्रोतको दाबी छ । 

साउन महिना सुरु भएसँगै नँया आर्थिक वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने र त्यसलाई परिमार्जन गर्ने प्रक्रियामा केहि ढिलाई भएकाले कार्यक्रम बनद भएको बताइएको छ । स्रोतका अनुसार 
भद्रगोल टिम र एजेन्सी, एजेन्सी र टेलिभिजनबीच हुनुपर्ने सम्झौताको काम समयमा हुन नसकेपनि काम अन्तिम चरणमा पुगेको र केही समममा नै प्रशासरणमा आउने निर्माण यूनिटले जनाएको छ । 
 


हास्य ब्यंग्य श्रृंखला कुरा मात्र भो शनिबार ८: ३० मा एनटिभी प्लसबाट प्रसारण हुने         

हास्य ब्यंग्य श्रृंखला कुरा मात्र भो शनिबार ८: ३० मा एनटिभी प्लसबाट प्रसारण हुने         


काठमाण्डौं, श्रावण ३ -  नेपाली  हास्य ब्यंग्य श्रृंखला कुरा मात्र भो अब उप्रान्त एनटिभी प्लसबाट शनिबार  राती ८:३० मा प्रसारण हुने भएको छ  । कुरा मात्र भो  यस अघि प्रत्येक शुक्रबार राती ८: ०५ मा एनटिभी प्लसबाट प्रसारण हुँदै आएको थियो । शनिबार  राती ८: ३० देखी कुरा मात्र भोको प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान  र ग्लोरी मिडिया बिच ०३ गते शुक्रवार नयाँ सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् । कुरा मात्र भो हालसम्म ११ भाग  प्रसारण भई सकेको उनले बताए  ।  

जेसिका इण्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त  टेलिसिरियलको निर्देशन अर्जुन गौतमले गरेका छन् ।    निर्देशक अर्जुन गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक बिषयबस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो  हास्य ब्यंग्य श्रृंखला युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने उनले  बताए ।  

  साहित्यकार सनत आचार्यको लेखन रहेको उक्त हास्य ब्यंग्य श्रृंखलामा कलाकारहरु उत्तम अर्याल 'कोदे', लक्ष्मण चौलागाई  आदीको अभिनय रहेको छ । त्यसैगरि कुरा मात्र भोको निमार्तामा कमल श्रेष्ठ ,कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी, सम्पादनमा राज श्रेष्ठ रहेका छन् भने  निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानुनी सल्लाहकारमा रामेश्वर भण्डारी रहेका छन्  ।कुरा मात्र भोले दर्शकहरुलाई भरपूर मनोरंजन दिने निर्माण पक्षको दाबी छ ।


इन्दिरा भट्टराईको मौलिक तीज गीतमा सम्झनाको छमछमी

इन्दिरा भट्टराईको मौलिक तीज गीतमा सम्झनाको छमछमी


काठमाडौँ साउन २ । गायिका इन्दिरा भट्टराईको नयाँ तीज गीत बजारमा आएको छ । लामो समयदेखि सुगम संगीतमा सक्रिय भट्टराईले बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको मौलिक तीज गीत बजारमा ल्याएकी हुन् । थुप्रै आधुनिक गीतमा आवाज भरेकी भट्टराले सार्वजनिक गरेको नाचौँ मितिनी’ बोलको गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् । बिहिबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै गायिका भट्टराईले भनिन् ‘तीजका नाममा बाहिर आएका तीजलाई सम्बोधन नगर्ने गीत भन्दा पर गएर मौलिक गीत खोज्दै जाँदा दिनेश अधिकारीसग भेट भयो । उहाँ सँग गीत मागे । मलाई विश्वास गरेर गीत दिनु भयो । यो मेरो सांगीतिक करियरको एउटा सफलता मानेकी छु ।’ उनले आफूले यस गीतका लागि निक्कै मेहनत गरेको बताईन् । 

 

आफैले लेखेको गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी भएर सम्बोधन गर्नु पर्दा बरिष्ठ गीतकार दिनेश अधिकारी आफूलाई सबैभन्दा अप्ठ्यारो भएको बताए । उनले पछिल्लो समय फरक बाटोमा हिड्दै गरेको गीत संगीतको बजारलाई लिएर गम्भिर देखिन्थे अधिकारी । संगीतकार सन्तोष श्रेष्ठ पनि मौलिक गीतको संगीतका लागि आफूलाई बिश्वास गरेर सम्झेको धन्यवाद दिदै थिए । सार्वजनिक ‘नाचौ“ मितिनी’ बोलको उक्त गीतको म्यूजिक भिडियो निर्देशन पुरानी कलाकार संम्झना बुढाथोकीले गरेकी हुन् । भागिरथा गाहाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोमा सम्झना बुढाथोकी, नितु कोईराला, सदिक्षा रावत र आरोही भट्टराईले अभिनय गरेका छन् । राजु केसीको छाया“कन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । गीतमा सुदिप रागरको संगीत संयोजन रहेको छ । नाचौँ मितिनीको म्यूजिक भिडियो


चर्चित संगीतकार कालीप्रसाद बास्कोटालाई फेरी लाग्यो संगीत चोरीको आरो, कुरा प्रहरीकोमा पुग्यो

चर्चित संगीतकार कालीप्रसाद बास्कोटालाई फेरी लाग्यो संगीत चोरीको आरो, कुरा प्रहरीकोमा पुग्यो


काठमाडौं, साउन, १ ।  चर्चित संगीतकार कालीप्रसाद बास्कोटाविरुद्ध महानगरीय प्रहरी परिसर टेकुमा संगीत चोरेको उजुरी  परेको छ । गायक तथा संगीतकार बास्कोटाले हालै सार्वजनिक गरेको ‘समाचार’ नामक गीतमा अरुकै संगीत लिएको आरोप गम्भिर आरोप बिक्की महतले लगाएका हुन् । बिक्की पनि गायक तथा संगीतकार हुन् ।  गायक तथा संगीतकार महतले झण्डै दश महिना अगाडि रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको दाबी उजुरीमा गरिएको छ ।

प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछि सोमबार भने महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेको समेत बताइएको छ । गायक तथा सगीतकार बास्कोटा यसअघि पनि इन्स्टाको फोटो’ बोलको गीतका कारण विबादमा तानिएका थिए । यसअघि चर्चित गायक प्रकाश शपुतले चर्चित संगीतकार शम्भु राईको गीतको भाका मिलेको आरोप खेपेका थिए । जुन समस्याको समाधान अहिले भइसकेको छ । 


यि सुन्दरीसँग रोमान्स गर्दागर्दै भेटीए ह्याण्डसम नायक दिलिप रायमाझी

यि सुन्दरीसँग रोमान्स गर्दागर्दै भेटीए ह्याण्डसम नायक दिलिप रायमाझी



नेपाली गीत संगीतको क्षेत्रमा विभिन्न प्रकारको गीत संगीतहरु आउने क्रममा एउटा निकै मिठो गीत “ प्रेम कर्जा” भर्खरै मात्रै डिजिटल बजारमा आएको छ ।

दुई लोकप्रिय सर्जकहरु प्रल्हाद सुवेदी र नरेन्द्र प्रेमीको सहकार्यमा सार्बजनि भएको हो गीतले गरिब युवालाइ प्रेम गर्न कति कठिन छ भन्ने कुरालाइ निकै रमाइलो संग उठाइएको छ । गीतको म्युजिक भिडियोको पक्ष पनि उस्तै राम्रो बनाइको छ ।

गीतमा नायक दिलिप रायमाझी र सिर्जना जिसीको दमदार अभिनय रहेको छ । गीतलाइ बिगत लामो समय देखि निर्देशनको क्षेत्रमा सक्रिय निर्देशक रन्जित कुमार क्षेत्रीले निर्देश गरेका हुन । भने भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

गीत सार्बजनिक भए पछि हामी संग कुरा गर्दै सर्जक प्रल्हाद सुबेदीले आफ्नो सिर्जना सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताए भयो । सुबेदीले नेपाली लोक दोहोरी क्षेत्रमा धेरै चर्चित चर्चित गीतहरू दर्शक स्रोतालाइ पस्किदै आएका छन । यस गीतको सम्पूर्ण टिमलाई सफलताको कामना सहित पुरै भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 


के हो पूजा शर्माको भटाभटवाला निती ? खासमा किन यस्तो कदम चालिन् पूजाले ? 

के हो पूजा शर्माको भटाभटवाला निती ? खासमा किन यस्तो कदम चालिन् पूजाले ? 


काठमाडौँ, असार २९ । जसै प्रेमगीत हिट भयो, लाइमलाइटमा आइन् पूजा शर्मा।धेरै फिल्म खेल्दा लोकप्रियतामा असर पर्ने तर्क गर्दै वर्षमा एक फिल्म मात्र खेल्न थालन्। म्युजिक भिडियोबाट पनि टाढा बसिन्।

रामकहानीले अपेक्षाकृत व्यापार नगरेपछि पूजाले भटाभट फिल्म खेल्ने नयाँ रणनीति लिइन्। यो खबर आजको नेपाल साप्ताहिकले छापेको छ। अन्ततः सम्हालिन्छ कहिले मनको सुटिङ सकिनासाथ पोइ पर्यो काले खेलिन्। यी फिल्म रिलिज नहुँदै म यस्तो गीत गाउँछु २ मा अनुबन्ध भएकी छन्। 

अपोजिटमा छन्, पानी बाराबार भएका पल शाह। म्युजिक भिडियोमा समेत देखिन थालेकी पूजाको भटाभटवाला नीति कत्तिको प्रीतिकर हुने हो, हेर्न बाँकी छ।


चर्चित नायक आकाश श्रेष्ठ आफ्नी प्रेमीकासँग रोमान्टि अवस्थामा भेटीए

चर्चित नायक आकाश श्रेष्ठ आफ्नी प्रेमीकासँग रोमान्टि अवस्थामा भेटीए


काठमाडौँ, असार २६ । एकपछि अर्को गर्दै सफल चलचित्र दिइरहेका ह्याण्डसम नायक आकाश श्रेष्ठले अभिनय गरेको हातमा रुमाल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ब्ल्याक, राम कहानी, लगायतका चर्चित फिल्ममा अभिनय गरिसकेका आकाशले सार्वजनिक भिडियोमा ह्याण्डसम नायक आकाश श्रेष्ठ पछिल्लो समय म्यूजिक भिडियोमा पनि उति नै ब्यस्त छन् । 

विशाल गौतम शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा आकाशले सुन्दरी मोडल  श्रृष्टी श्रेष्ठसँग रोमान्स गरेका छन् । सुगठित शरीरमा निकै ह्याण्डसम देखिएका आकाशले आफ्नो पहिलो प्रेम पाउन मरिहत्य गरेको दृश्यलाई निर्देशक प्रकाश धितालले भिडियोमा गज्जबसँग आकाश र सृष्टीको रोमानसलाई देखाएका छन् । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतमा सन्तोष राजवहाकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ । जसमा विकाश दाहालको छायांकन रहेको छ । भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ ।

 


दयाहाङ राईको पछिल्लो कामको चौतर्फी चर्चा, पाए ५० लाख 

दयाहाङ राईको पछिल्लो कामको चौतर्फी चर्चा, पाए ५० लाख 


काठमाडौं, असार २४  । छोटो समयमा नै लोकप्रीय बनेको  ‘परानै दिन्छु’ बोलको गीतको भिडियोले  दर्शकमाझ चर्चा पाएको छ  । म्युजिक भिडियोमा कमै मात्रामा अभिनय गर्ने कलाकार दयाहाङ राईले अभिनय गरेको यो भिडियो रिलिज भएको छोटो समयमा नै करिब ५० लाखले हेरिसकेका छन् । जसमा दयालाई  लक्ष्मी बर्देवाले अभिनयमा साथ दिएकी छिन् । गीतमा प्रलाद शाहको शब्द, हरि लम्सालको संगीत तथा चर्चित गायिका मेलिना राई र लम्साल स्वयमको आवाज रहेको छ । 

निकेश खड्काको निर्देशन रहेको भिडियोलाई विकाश धमालाले सम्पादन गरेका हुन।  यो भिडियो सार्वजनिक भएसँगै कम समयमा फिल्मको जस्तो कथा भन्ने गीतका रुपमा ब्याख्या गरिएको छ । हेनुृहोस् माया प्रेमले भरिएको यो मराइलो भडियो 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom