21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कला


राशिफल : साउन ३२ गते बुधबार

राशिफल : साउन ३२ गते बुधबार

भदौ १२, २०७४

१. मेष : व्यापार व्यवसायमा वृद्धि हुनेछ । धार्मिक यात्रा हुनेछ । गुरुजनको सहयोग प्राप्त हुनेछ । रोजगारमा स्थानान्तरण हुनेछ । बुद्धि बढ्नेछ ।


२.वृष : व्यापार व्यवसायमा सुधार हुनेछ । धार्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । शारीरिक स्फूर्ति बढ्नेछ ।

३. मिथुन : आफन्तको सहयोगले मान प्रतिष्ठा बढ्नेछ । नवीन कार्यको थालनी हुनेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । विजय प्राप्त हुनेछ । चिन्ता बढ्नेछ ।

४. कर्कट : व्यावसायिक अन्योलता रहनेछ । घरायसी समस्या बढ्नेछ । बौद्धिक संघर्ष बढ्नेछ । पारिवारिक चिन्ता बढ्नेछ । तरल पदार्थको व्यवसाय शुभ रहनेछ ।

५. सिंह : आक्रोश बढ्नाले मानप्रतिष्ठामा असर पार्नेछ । दाम्पत्य जीवन सफल रहनेछ । दैवीशक्तिमा विश्वास बढ्नेछ । कार्यमा सुस्तता आउनेछ ।

६.कन्या : अनुसन्धानमूलक कार्य सफल हुनेछन् । आर्थिक कारोबारमा मनमुटाव बढ्न सक्छ । वैदेशिक यात्रा हुनेछ । मानसिक विचलन उत्पन्न हुनेछ ।

७. तुला : धन आर्जन हुनेछ । सामाजिक सद्भाव बढ्नेछ । बोलीको प्रभाव बढ्नेछ । भाग्योदय हुनेछ । शत्रु सक्रिय रहे पनि विजय प्राप्त हुनेछ । आम्दानी बढ्नेछ ।

८. वृश्चिक : सम्मान प्राप्त हुनेछ । व्यावसायिक निर्यात बढ्नेछ । सञ्चित धन खर्च हुनेछ । पति÷पत्नीबीच विवाद बढ्नेछ । शारीरिक आलस्यता बढ्नेछ ।

९. धनु : आय आर्जनमा अवरोध आउनेछ । नेतृत्व क्षमता बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । बोलीको प्रशंसा हुनेछ । शुभ समाचार प्राप्त हुनाले हर्ष बढ्नेछ ।

१०. मकर : मान्यजनको सहयोग प्राप्त हुनेछ । आर्थिक कारोबार गर्दा सचेत रहनुहोला । धार्मिक आस्था बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । चिन्ता बढ्नेछ ।

११. कुम्भ : अध्यापनमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । शारीरिक थकान बढ्नेछ । कीर्ति बढ्नेछ।

२. मीन : स्वास्थ्य समस्या बढ्नेछ । आर्थिक समस्या हुनेछ । मनमा द्विविधा बढ्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । बोलीको प्रभाव बढ्नेछ । हर्ष बढ्नेछ ।


‘राम्रो रचना'का स्रष्टाको सम्झना

‘राम्रो रचना'का स्रष्टाको सम्झना


काठमाडौं : दुई शताब्दी पुरुषमध्ये एकले अर्कोलाई सम्मान गरेका छन् । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अर्का शताब्दी पुरुष राष्ट्रकवि माधव घिमिरेलाई शनिबार सम्मान गरेका हुन् । साहित्यकार कृष्णप्रसाद पराजुलीको ८३औं जन्मजयन्तीका अवसरमा यो मौका जुरेको हो ।

जन्मजयन्तीमा आयोजित कार्यक्रममा विभिन्न स्रष्टाले साहित्यकार पराजुलीलाई सम्झिएका हुन् । कार्यक्रममा साहित्यकार पराजुलीको स्मृतिमा उनका परिवारले स्थापना गरेको ‘रमाइला नानी' बालसाहित्य पुरस्कार राष्ट्रकवि माधव घिमिरेलाई प्रदान गरिएको हो । २१ हजार राशि र सम्मानपत्र सहितको उक्त पुरस्कार पहिलोपटक प्रदान गरिएको हो ।

प्रमुख अतिथिका रूपमा निम्त्याइएका शताब्दी पुरुष जोशीले राष्ट्रकवि घिमिरेलाई सम्मानपत्र र पुरस्कार प्रदान गरेका हुन् । यसअघि उनले साहित्यकार पराजुलीद्वारा लिखित ‘नेपाली लोककथाको फन्को' कृति विमोचन गरेका थिए । भृकुटी प्रकाशनले कृति प्रकाशित गरेको हो । कार्यक्रममा लोकार्पित पुस्तकबारे प्राध्यापक चूडामणि बन्धुले टिप्पणी गरे भने प्राध्यापक ठाकुर पराजुलीले सम्मानित व्यक्तित्व राष्ट्रकवि घिमिरे र साहित्यकार पराजुलीको साहित्यिक योगदानबारे चर्चा गरेका थिए ।

सभाध्यक्षका रूपमा बोल्दै प्राध्यापक गोपीकृष्ण शर्माले राष्ट्रकविको सम्मान एक स्तुत्य काम भएको विचार व्यक्त गरे । कार्यक्रममा कवि भुवनहरि सिग्देल र प्रभा भट्टराईले कविता वाचन गरेका थिए । पुरस्कार संस्थापकका तर्फबाट बालसाहित्यका स्रष्टा शाश्वत पराजुलीले यसको औचित्यबारे प्रकाश पारेका थिए ।


मदन पुरस्कारका लागि नाै कृति

मदन पुरस्कारका लागि नाै कृति


काठमाडौं : मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका लागि नौवटा कृतिको सूची प्रकाशन गरेको छ । गुठीको विधान अनुरूप २०७३ सालको मदन पुरस्कारका लागि प्राप्त एक सय ९५ पुस्तक मध्येबाट ‘ श्रेष्ठ सूची' सार्वजनिक गरेको मदन पुरस्कार गुठीले जानकारी गराएको छ । गुठीले गत वर्षबाट उत्कृष्ट पुस्तकहरूको छनोट गरी सूची प्रकाशन गर्न थालेको हो ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा आइतबार जारी विज्ञप्तिमा पुरुषोत्तमलोचन श्रेष्ठको ‘गुहा, गुहालेख, गुहाचित्र एवम् अन्य सम्पदा', राज सरगमको ‘छाउघर' (उपन्यास), शरद पौडेलको ‘तपन' (उपन्यास), जय छाङ्छाको ‘दोहाको सिधा उडान' (नियात्रा), घनश्याम कँडेलको ‘धृतराष्ट्र' (खण्डकाव्य) लाई उत्कृष्ट कृतिभित्र छनोट गरेको छ ।

सूचीमा हरि अधिकारीको ‘प्रतिनायक', सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई' (कविता), राजेन्द्र पराजुलीको ‘शुक्रराज शास्त्रीको चस्मा' (कथा), नवराज पराजुलीको ‘सगरमाथाको गहिराइ' (कविता) लाई उत्कृष्ट कृतिको रूपमा छनोट गरेको छ । यीमध्येबाट एउटा कृति मदन पुरस्कारका लागि छनोट हुने गुठीले जनाएको छ ।


राष्ट्रकवि सम्मानित

राष्ट्रकवि सम्मानित


काठमाडौं : सिन्धुली बाङ्मय प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरे दम्पतीलाई सम्मान गरेको छ । राष्ट्रकवि घिमिरे दम्पतीलाई प्रतिष्ठानका अध्यक्ष शम्भु ढकाल ‘अञ्जुल' ले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । नेपाली साहित्यको धरोहरका रूपमा राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानको तर्फबाट बुधबार सम्मान गरिएको हो।

उक्त अवसरमा राष्ट्रकविले सिन्धुली जिल्लाले महाकाव्यकार उमानाथ शास्त्रीजस्ता साहित्यकारलाई जन्म दिएको स्मरण गर्दै त्यहाँका साहित्यकारबाट सम्मानित हुन पाउँदा आफू हर्षले गद्गद् भएको बताए । उनले सिन्धुली जिल्ला टेक्ने आफ्नो चाहना रहेको बताउँदै नेपाली साहित्यमा सिन्धुली जिल्लाका स्रष्टाहरूको योगदानलाई भुल्न नसकिने बताए ।

प्रतिष्ठानका अध्यक्ष अञ्जुलले नेपाली साहित्यमा यति उचाइ लिएको साहित्यिक व्यक्तित्वलाई सिन्धुली जिल्लाका सम्पूर्ण साहित्यकारको तर्फबाट सम्मान गर्न पाउँदा गौरव महसुस गरेको बताए । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पनाअनुसार साहित्यकारको एकै ठाउँमा बस्ती बसाउने योजनामा प्रतिष्ठान अघि बढेको बताए ।

कार्यक्रममा साहित्यकारले राष्ट्रकविसँग अन्तरसंवाद पनि गरेका थिए । उनीहरूले राष्ट्रकविले जीवनकालमा प्राप्त गरेका पदक, सम्मानपत्र, उपहारलगायत रहेको संग्रहालयको अवलोकन गरेका थिए । राष्ट्रकवि घिमिरेलाई सम्मान गर्न शारदा पहाडी, गोविन्दराज शिवाकोटी, लीलानाथ घिमिरे, अम्बिका शर्मा, सीता श्रेष्ठ, कृष्णहरि घिमिरेलगायतका २० जना स्रष्टा राष्ट्रकवि घिमिरे सदन पुगेका थिए ।


साहित्यकारहरु सम्मानीत

साहित्यकारहरु सम्मानीत


काठमाडौं : उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाले दशौं स्थापना दिवसको अवसरमा तीनजना साहित्यकार तथा पत्रकारलाई सम्मान गरेको छ।
स्थापना दिवसको अवसरमा दीप-गोविन्द स्मृति सम्मान २०७४ बाट वरिष्ठ कथाकार मनु ब्राजाकी सम्मानित हुनुभएको छ। त्यस्तै ध.च. गोतामे स्मृति सम्मान २०७४ बाट वरिष्ठ कथाकार भागिरथी श्रेष्ठ र गोपाल गोतामे स्मृति सम्मान २०७४ बाट सिर्जनशील पत्रकार रमण घिमिरे सम्मानित हुनुभएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका नेता एवम् सांसद भीमसेनदास प्रधानले ग्रामीण अर्थतन्त्रमा सहकारीले रचनात्मक योगदान दिएको बताउनुभयो। अब आउने संशोधित ऐनपश्चात सहकारीका समस्या समाधान हुने र अर्थतन्त्रमा सहकारीको योगदान चुलिने उहाँको विश्वास थियो।

दीगो विकास लक्ष्यका १७ वटा उद्देश्य सहकारीमार्फत नै सम्भव भएको भन्दै सांसद प्रधानले सहकारीले त्यसतर्फ काम गर्नुपर्ने बताउनुभयो। उपलब्धिले उपसमिति नै गठन गरेर साहित्यीक क्षेत्रमा रचनात्मक काम गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो।संस्थाका सल्लाहकार एवम् साहित्यकार डा। ध्रुवचन्द्र गौतमले उपलब्धिले साहित्यलाई प्राथमिकतामा राखि यस सम्मानलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नुभयो।

कार्यक्रममा वरिष्ठ गीतकार रत्न शमशेर थापा, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, सम्मानित पत्रकार रमण घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रममा संस्थाका सञ्चालक एवम् साहित्य विकास उपसमितिका संयोजक रोशन थापा ‘निरव'ले सम्मानीत हुने व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो।

उपलब्धि सहकारीका सञ्चालक एवम् राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रसाद ढकालले स्वागत मन्तव्य दिँदै संस्थाले साहित्यलगायतका समाजका विभिन्न पक्षमा योगदान पुर्‍याउने गरी काम गरेको बताउनुभयो। कार्यक्रममा धन्यवाद ज्ञापन योजना तथा विकास उपसमितिका संयोजक विपिन शर्माले गर्नुभएको थियो। संस्थाका अध्यक्ष देवराज मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाको सञ्चार उपसमितिका सदस्य प्रकाश थापाले गर्नुभएको थियो।
स्थापना दिवसका अवसरमा एसइईमा उत्कृष्ट हुने संस्थाका सदस्यका छोराछोरीलाई समेत पुरस्कृत गरिएको थियो।


साहित्यकार हरिहर खनालका दुई कृति सार्वजनिक

साहित्यकार हरिहर खनालका दुई कृति सार्वजनिक


काठमाडौं : साहित्यकार हरिहर खनालका दुई कृति सार्वजकि भएका छन्। शनिबार राजधानीमा आयोजिक विशेष कार्यक्रमबीच ‘चिठीपत्रमा हरिहर खनाल’ पत्र संगालो र ‘गोल्डेन ड्रिम्स एण्ड द न्यारो लेन’ अंग्रेजी भाषाको कथासग्रह साहित्यकार आनन्ददेव भट्टले सार्वजनिक गरेका हुन्।

२१२ पृष्टमा तयार भएको चिठीपत्रको संगालोमा एक सय एक प्रेशकका डेढ सय पत्र समेटिएका छन्। पत्र संगालोमा साहित्यिक, पारिवारिक र अनौपचारिक गरी तीन किसिमका पत्रले स्थान पाएका छन्।

२७४ पृष्टको अंग्रेजी भाषाको कथा संग्रहमा भने २५ वटा कथा समेटिएका छन्। खनालले नेपाली भाषामा लेखेका आफ्ना केही कथा आफैँ अनुवाद गरेका छन् भने केही कथालाई अन्य लेखकले अनुवाद गरेका छन्।

कृति सार्वजनिक समारोहमा पत्र संगालोको समीक्षा साहित्यकार प्रा. राजेन्द्र सुवेदीले गरे भने अंग्रेजी कथा संग्रहको समीक्षा त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका प्रमुख प्रा.डा. अम्मराज जोशीले गरे।