09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कला


साहित्यकारहरु सम्मानीत

साहित्यकारहरु सम्मानीत


काठमाडौं : उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाले दशौं स्थापना दिवसको अवसरमा तीनजना साहित्यकार तथा पत्रकारलाई सम्मान गरेको छ।
स्थापना दिवसको अवसरमा दीप-गोविन्द स्मृति सम्मान २०७४ बाट वरिष्ठ कथाकार मनु ब्राजाकी सम्मानित हुनुभएको छ। त्यस्तै ध.च. गोतामे स्मृति सम्मान २०७४ बाट वरिष्ठ कथाकार भागिरथी श्रेष्ठ र गोपाल गोतामे स्मृति सम्मान २०७४ बाट सिर्जनशील पत्रकार रमण घिमिरे सम्मानित हुनुभएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका नेता एवम् सांसद भीमसेनदास प्रधानले ग्रामीण अर्थतन्त्रमा सहकारीले रचनात्मक योगदान दिएको बताउनुभयो। अब आउने संशोधित ऐनपश्चात सहकारीका समस्या समाधान हुने र अर्थतन्त्रमा सहकारीको योगदान चुलिने उहाँको विश्वास थियो।

दीगो विकास लक्ष्यका १७ वटा उद्देश्य सहकारीमार्फत नै सम्भव भएको भन्दै सांसद प्रधानले सहकारीले त्यसतर्फ काम गर्नुपर्ने बताउनुभयो। उपलब्धिले उपसमिति नै गठन गरेर साहित्यीक क्षेत्रमा रचनात्मक काम गर्न सकेकोमा खुसी व्यक्त गर्नुभयो।संस्थाका सल्लाहकार एवम् साहित्यकार डा। ध्रुवचन्द्र गौतमले उपलब्धिले साहित्यलाई प्राथमिकतामा राखि यस सम्मानलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गर्नुभयो।

कार्यक्रममा वरिष्ठ गीतकार रत्न शमशेर थापा, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, सम्मानित पत्रकार रमण घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रममा संस्थाका सञ्चालक एवम् साहित्य विकास उपसमितिका संयोजक रोशन थापा ‘निरव'ले सम्मानीत हुने व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो।

उपलब्धि सहकारीका सञ्चालक एवम् राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रसाद ढकालले स्वागत मन्तव्य दिँदै संस्थाले साहित्यलगायतका समाजका विभिन्न पक्षमा योगदान पुर्‍याउने गरी काम गरेको बताउनुभयो। कार्यक्रममा धन्यवाद ज्ञापन योजना तथा विकास उपसमितिका संयोजक विपिन शर्माले गर्नुभएको थियो। संस्थाका अध्यक्ष देवराज मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाको सञ्चार उपसमितिका सदस्य प्रकाश थापाले गर्नुभएको थियो।
स्थापना दिवसका अवसरमा एसइईमा उत्कृष्ट हुने संस्थाका सदस्यका छोराछोरीलाई समेत पुरस्कृत गरिएको थियो।


साहित्यकार हरिहर खनालका दुई कृति सार्वजनिक

साहित्यकार हरिहर खनालका दुई कृति सार्वजनिक


काठमाडौं : साहित्यकार हरिहर खनालका दुई कृति सार्वजकि भएका छन्। शनिबार राजधानीमा आयोजिक विशेष कार्यक्रमबीच ‘चिठीपत्रमा हरिहर खनाल’ पत्र संगालो र ‘गोल्डेन ड्रिम्स एण्ड द न्यारो लेन’ अंग्रेजी भाषाको कथासग्रह साहित्यकार आनन्ददेव भट्टले सार्वजनिक गरेका हुन्।

२१२ पृष्टमा तयार भएको चिठीपत्रको संगालोमा एक सय एक प्रेशकका डेढ सय पत्र समेटिएका छन्। पत्र संगालोमा साहित्यिक, पारिवारिक र अनौपचारिक गरी तीन किसिमका पत्रले स्थान पाएका छन्।

२७४ पृष्टको अंग्रेजी भाषाको कथा संग्रहमा भने २५ वटा कथा समेटिएका छन्। खनालले नेपाली भाषामा लेखेका आफ्ना केही कथा आफैँ अनुवाद गरेका छन् भने केही कथालाई अन्य लेखकले अनुवाद गरेका छन्।

कृति सार्वजनिक समारोहमा पत्र संगालोको समीक्षा साहित्यकार प्रा. राजेन्द्र सुवेदीले गरे भने अंग्रेजी कथा संग्रहको समीक्षा त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका प्रमुख प्रा.डा. अम्मराज जोशीले गरे।



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom