20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


रेशकी मृर्गौला पीडित थापालाई हङकङबाट १ लाख ५२ हजार सहयोग

रेशकी मृर्गौला पीडित थापालाई हङकङबाट १ लाख ५२ हजार सहयोग


रोहन जि.सी, बागलुङ, असार ४ । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश पिडाल्ला कि मिर्गौलापीडित रिता थापालाई रोजगारीको सिलसिलामा विदेशिएका बागलुङका युवाहरुले आर्थिक सहयोग गरेका छन् ।
बागलुङ समाज हङकङका अध्यक्ष मनबहादुर थापा र सदस्य सुवास लामिछाने (जि.सी) को संयोजन, निलगिरी अस्पताल बागलुङका अध्यक्ष डिलबहादुर कार्कीको पहलमा संकलन गरिएको १ लाख ५२ हजार रुपैयाँ नगद रकम बिहिबार एक कार्यक्रमका बिचपीडित रिता थापालाई हस्तान्तरण गरिएको हो । 
सुवास लामिछानेका पिता मनबहादुर जिसी, निलगिरी अस्पतालका अध्यक्षकार्की लगायतले उक्त सहयोग रकम पीडित थापालाई हस्तान्तरण गरिएको थियो ।      
सो कार्यक्रममासहयोग हस्तान्तरण गर्दै प्रमुखअतिथि डिलबहादुर कार्कीले विदेशीएकायुवाहरुले आफ्नो गाउँठाउँमा समस्यापर्दा रकम संकलन गरी पठाएकोमा खुशी व्यक्तगर्दै उक्त सहयोगले पीडितको घाउँमा मल्हम लगाउन मद्दत पुग्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङका कार्यालय सदस्य लालबहादुर थापाले रोगले बालबच्चा, बृद्धबृद्धा, धनीगरिब केहि नहेरी लाग्ने भएकोले रोग संग लड्ने आफ्नो आत्मबल बलियो बनाउन पर्ने भन्दै आगामी दिनमा पनि सबै माझ सहयोगको अपिल गरे ।
कार्यक्रममा मिगौला पीडित रिता थापाले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै उपचारमा सहयोग गर्नेहरुलाई धन्यवाद दिइन् । उनले शारीरिक रोगले भन्दा पारिवारिक अवस्थाको रोगले थाकिसकेको बताइन् । रोगको पीडा एकातिर छ, आर्थिक समस्याले थप पीडित बनाएको थापाको भनाइ छ ।
थापाको बिगत १ वर्ष देखी मिर्गौला रोगको उपचार हुदै आएको छ । हालसम्म उपचारमा ८ लाखभन्दा बढी खर्च भइसकेको थापाले बताईन् । विभिन्न क्षेत्रबाट उपचारको लागि २ लाख ७९ हजार रकम संकलन भएको र थप उपचारका लागि समस्या भएको पीडित थापाले बताइन् । घरको आर्थिक अवस्था कमजोर भएकाले थप सहयोगको अपेक्षा गरिएको थापाको भनाइ थियो । मृगौला पीडित थापाका श्रीमान, २ छोरी र १ छोरा छन् ।
कार्यक्रम काठेखोला गाउँपालिका वडा नं. ७ का अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता र शिक्षकलोक बहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो । 
 


गण्डकी प्रदेशका सहकारीकर्मीहरुबीच कोरोनाको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

गण्डकी प्रदेशका सहकारीकर्मीहरुबीच कोरोनाको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न


बाग्लुङ, असार २ । राष्ट्रिय सहकारी महासंघ नेपालको आयोजनामा कोरोना (कोभिड–१९) को असर र भावी नीति तथा कार्यक्रमको विषयमा गण्डकी प्रदेश अन्तरगतका सहकारीहरुसंगको भर्चुअल छलफल ०७७ असार २ गते सम्पन्न भएको छ ।      
छलफल कार्यक्रममा गण्डकी प्रदेश अन्तरगत क्रियाशिल सहकारी संघहरुका अध्यक्षहरु र गण्डकी प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र केन्द्रीय सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारीकर्मीहरुले सुझाव र प्रदेशको अवस्थाका बारेमा जानकारी गराएका थिए ।     
गण्डकी प्रदेश अन्तरगतका सहकारी संघ संस्थाहरुले स्वास्थ्य, सचेतना, कृषि, दुग्ध, तरकारी, फलफूल, सञ्चार, फोहोर व्यवस्थापन लगायत वित्तीय क्षेत्रमा सहकारीका सदस्यहरु र आम समुदायलाई सहयोग गरेको सो अवसरमा जानकारी दिइएको थियो । सहभागीहरुले कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितिमा गण्डकी प्रदेशका सहकारीहरुले सहकारीका सदस्यहरु लगायत आम समुदायलाई कोरोनाको संक्रमण, यसबाट पर्न सक्ने प्रभाव र यसबाट जोगिन सकिने उपायका बारेमा सचेतना प्रदान गरेको, विपदको समयमा पनि सदस्यहरुलाई स्वास्थ्य तथा खाद्यान्न सामग्री अभाव हुन नदिन समन्वयकारी भूमिका निर्वाह गरेको, आइसोलेन, क्वारेन्टिन निर्माण गरी जिल्ला स्तरीय विपद व्यवस्पान समितिसंग सहकार्य गरेको, केन्द्र सरकार, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेको विपद व्यवस्थापन कोषमा आर्थिक लगायत स्वास्थ्य सामग्री सहयोग लगायतका काम गरेको बताएका थिए ।     
सदस्यहरुको कोरोना बिमा गर्ने, लकडाउन अवधीको ब्याजमा छुट, हर्जाना छुट लगायत सदस्य र समुदायका लागि सहकारीहरुले प्रभावकारी काम गरेको सहभागीहरुले बताएका थिए ।    
कोरोनाको संक्रमण बढ्दै गएकाले थप सचेतना अभिवृद्धि गर्न, स्थानीय तहहरुसंग समन्वय गरेर स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा योजना निर्माण गरी रोजगारी सिर्जना गर्ने काममा सहकारीहरुको भूमिका बढाउनु पर्नेमा सहभागीहरुको जोड थियो ।
कोरोनाबाट पर्न सक्ने जोखिम न्यूनिकरणका लागि सबैसंग सहकार्य र समन्वय गरेर अगाडि बढ्नुका साथै सदस्यहरुको लगानीलाई थप सुरक्षित गर्दै उत्पादन, सेवा र वित्तीय कारोबारलाई अझै प्रभावकारी बनाउनु पर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।  

   
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष तथा आएसीय ग्लोबल बोर्ड मेम्मर ओमदेवी मल्ल, उपाध्यक्ष रमेशप्रसाद पोखरेल, लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले तीन वटै तहका सरकारहरुले ल्याएको योजनासंग सहकारी क्षेत्रलाई ऐक्यवद्ध गराउदै गरिवी निवारणमा क्षेत्रमा काम गर्न सहकारीकर्मीहरुलाई सुझाव दिनु भएको थियो ।     
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक हुमा कुमारी जिसी (अञ्जु), नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष तथा संघीय सांसद मनकुमारी केसी जिसी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष अमरबहादुर कुँवर, राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसी र नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, नेफ्स्कुनका निवर्तमान सचालक भीम गुरुङ, पोखरा महानगर सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले कोरोनाका कारण उत्पन्न संकटमा सहकारीहरुले गरेको योगदान र आगामी दिनमा गर्न सकिने योजनाहरुको बारेमा आआफ्नो सुझाव राखेका थिए ।     
कार्यक्रममा गण्डकी प्रदेश अन्तरगतका ११ जिल्ला मध्ये ९ जिल्लाका सहकारी संघका अध्यक्षहरुले जिल्लाको अवस्था, योजना र महासंघले गर्नु पर्ने सहयोगका बारेमा जानकारी गराएका थिए ।     
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपती पौडेल, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक), जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङ, जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बाबुराम कोइराला, जिल्ला सहकारी संघ नवलपुरका वरिष्ठ उपाध्यक्ष तिलक पराजुली र बहुउद्देश्यीय सहकारी संघ पर्वतका अध्यक्ष दिपक आचार्यले जिल्लाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।     


गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मुस्ताङ र मनाङमा जिल्ला तथा विषयगत सहकारी संघहरु दर्ता भएका छैनन् । दुवै जिल्लामा जिल्ला सहकारी संघ निर्माणका लागि छलफल भैरहेको गण्डकी प्रदेश सहकारी संघ निर्माणका लागि गठित कार्यदलका संयोजक रामबहादुर जिसीले जानकारी दिए । 


गण्डकी प्रदेशमा थपिए २ जना कोरोना संक्रमित, नेपालभर ५ हजार ४ सय १ जना पुग्यो

गण्डकी प्रदेशमा थपिए २ जना कोरोना संक्रमित, नेपालभर ५ हजार ४ सय १ जना पुग्यो


काठमाडौं, जेठ ३२ । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आइतबार बिहान प्रकाशित सूचना अनुसार थप दुई जनामा संक्रमण पुष्टि भएको हो। निर्देशनालयको सूचना अनुसार नवलपरासी पूर्व देवचुली नगरपालिकाका २३ र ३२ वर्षका दुई जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो। उनीहरुलाई जिल्लाकै रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको सूचना उल्लेख छ। 

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको व्यहोरा छ भने नेपालभर ५ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


कुश्मा पहिरो अपडेटः मृतकको संख्या ५ पुग्यो

कुश्मा पहिरो अपडेटः मृतकको संख्या ५ पुग्यो


पर्वत, जेठ ३२ । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीका अनुसार आइतबार बिहान थप दुई जनाको शव भेटिएको र यस अघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो ।
पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर शनिबार राति सम्म तीन जनाको मृत्यु भएको थियो भने छ जना बेपत्ता भएका थिए। 

उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । 
राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए । 

 


पहिरोले पुरिएर तीनको मृत्यु, छ बेपत्ता

पहिरोले पुरिएर तीनको मृत्यु, छ बेपत्ता


पर्वत, जेठ ३२ । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ भने पहिरोले पुरिएर छ बेपत्ता भएका छन् । 
शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उहाँकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक छन् ।
उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । 
राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए । अहिले बिहानबाट पुनः उद्धारकार्य शुरु भएको कुश्मा–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याले बताए । शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयवासीका अनुसार झण्डै ३०० मिटरभन्दा माथिबाट पहिरो आएको छ । वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रमुख गुरुङले जानकारी दिए । 


कहीले गाउँमा त कहीले शहरमा राहत बितरण गर्दै सांसद दवाडी (भिडियो सहित)

कहीले गाउँमा त कहीले शहरमा राहत बितरण गर्दै सांसद दवाडी (भिडियो सहित)


काठमाडौं, जेठ २८ । नेपाली काँग्रेसका युवा नेता एवम् गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले कहीले गाउँमा त कहीले शहरमा लकडाउनको समयमा समस्यामा परेकाहरुलाई राहत वितरणको कार्यलाई निरन्तरता दिएका छन् ।

सांसद दवाडीले आफ्नो कर्मथलो गोरखा , पोखरा र चितवनमा राहत बितरण गरे पश्चात मंगलबार काठमाडौंमा लकडाउनमा परेर अलपत्र परेका आफ्नो कर्मथलो लगायतका अन्य क्षेत्रका मजदुर तथा सर्वसाधरणहरुलाई पूनः राहत बाँडेका हुन् ।

मंगलबार बाँडीएको राहतमा विशेष गरी एयरपोर्ट क्षेत्रमा रहेका मजदूरहरुलाई लक्षीत गरी राहत प्रदान गरिएको थियो । सुकेधारामा सुत्केरी महिला र एयरपोर्ट क्षेत्रका मजदूरसहित करिव ५० घरधुरीलाई राहत बाडीएको थियो । राहतमा चामल, बच्चाहरुको लागि दूधसहित नगद प्रदान गरिएको सांसद दबाडीले बताए ।

सांसद दबाडीले भने, ‘यस्तो अवस्थामा मजदुरी गर्ने व्यक्तिहरुले घर भाडा मागेको र सो घरभाडा पनि मैले नै तिरिदिएको छु । अब पहिला पहिला बाडेको राहत सामग्रिलाई सम्झदै छु किनकी पहिला भन्दा अहिलेको पो परिस्थिती जटिल बन्दै गएको महशुस मैले गरेको छु । जबकी शुकेधारामा रहेकी सुत्केरी महीलालाई देख्दात आँखाबाट आँशु नै आउँछ । किनकी खानेकुराको अभावमा कतै बच्चालाई कुपोषण त हुने होइन जस्तो देख्न सकिन्छ । मैले त्यहाँ नगदसहित खाने बन्दोबस्तीको सामाग्री हस्तान्तरण गरे ।’ 

१२ वर्षदेखि गोरखाका विभिन्न घर बस्तीमा गएर समाजसेवामा सक्रिय समाजसेवी सांसद दवाडीले विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि दैनिक जीवन धान्न अफ्ठयारोमा परेकाहरुलाई राहत बाँडदै आएका छन् ।

बिल्कुलै आफूलाई जनताको कामदार भन्न रुचाउने दबाडीले कोरोना भाइरसका कारण बिचल्लिमा परेकाहरुलाई राज्यले चाहेमा रोगलाई रोक्न नसकेपनि जनतालाई भोक–भोकैबाट बचाउन सक्ने बताए । सांसद दबाडीले भने, ‘अब त जापानबाट कमाएको केही प्रतिशत रकम पनि सकिन लागेको छ मैले मेरो तलब भत्ता पनि राहत मै खर्च गर्दै आएको छु, जापानको व्यवसायबाट आम्दानी भएको केही प्रतिशत रकम र मेरो तलब भत्ताले अहिलेसम्म धानेको छु । हिजोपनि प्रदेशको बैठक सक्किनी बितिक्कै एयरपोर्ट क्षेत्रमा रहेका मजदुरहरुले मलाई फोन गर्नु भयो र सो क्षेत्रमा केही मलम लगाउने उद्धेश्यका साथ काठमाडौं आइपुगेको हुँ ।’
अहिले सरकारले अन्य कुरालाई थाती राख्दै कोरोना रोगको रोकथाम र यो बाट पीडितहरुलाई उद्धार तथा राहतको व्यवस्था गर्न जरुरी रहेको सांसद दबाडीले बताए । 


शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाइने

शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाइने


काठमाडौं, जेठ ६ । अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण गर्न दिइने भएको हो । लक्षण नभएका स्वदेशी तथा विदेशी व्यक्तिले  शुल्क तिरेर ति संस्थाबाट कोभिड–१९ परीक्षण गराउने पाउने छन् । 

अहिले एक जनालाई परीक्षण गराउन करिब १५ हजार रुपैयाँ लाग्ने गर्दछ । मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले पहिलो चरणमा सार्वजनिक संस्थालाई र विस्तारै निजी स्वास्थ्य संस्थालाई दिने बताए । 

“सम्भावित सङ्क्रमितलाई सरकारले नै पिसिआरबाट परीक्षण गर्ने छ” उनले भने, “तर इच्छुक कोही व्यक्तिले चाहेमा ति संस्थाबाट शुल्क तिरेर पनि परीक्षण गराउन पाउने छन् ।” अहिलेसम्म सम्भावित सङ्क्रमितलाई सरकारले निःशुल्क रुपमा  पिसिआर परीक्षण गराइरहेको छ । सरकारले अहिले १९ ठाउँबाट पिसिआर परीक्षण गरिरहेको छ । 
 


लकडाउनभर उपत्यका प्रवेश गर्ने नाका सिल गर्न माग

लकडाउनभर उपत्यका प्रवेश गर्ने नाका सिल गर्न माग


काठमाडौंं, जेठ ६ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।  कोरोना भाइरसले पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि सङ्क्रमण बढ्दै गएकाले कामपाको ४६औँ विशेष नगर कार्यपालिका बैठकको निणयले यस्तो आग्रह गरेको हो ।

‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु (नाका) हरुबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारीसाधन तथा पासको दुरुपयोग गरी मानिसहरु उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको भन्दै कामपाले यस किसिमको आग्रह गरेको हो । 

प्रवक्ता ईश्वरमान डङ्गोलले काठमाडौँमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई लेखी पठाउने बैठकमा निर्णय भएको जानकारी दिए।  

त्यसैगरी लकडाउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामका लागि काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थान विन्दुमै कोभिड–१९ को परीक्षणपछि संक्रमण नभएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउनुपर्ने पनि बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।  

लकडाउनको उल्लङ्घन गरी अनुमति नलिई लुकीछिपी काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पु¥याउने व्यक्तिलाई समेत कारवाही गर्न पनि माग गरिएको छ । 

क्वारेन्टिन व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम कामपा क्षेत्रमा आवश्यक सङ्ख्यामा क्वारेन्टिन सञ्चालन र व्यवस्थापन गर्न पनि माग गरिएको छ । अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीको कोरोना भाइरससम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको डङ्गोलले जानकारी दिए। 
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको र यसका लागि लकडाउनको अवधि पनि थप हुँदै गएको सन्दर्भमा समाजमा चोरी, घरेलु हिंसा, मानसिक रोग जस्ता सामाजिक समस्याहरु देखापर्ने सम्भावना देखिएकाले यसतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ । 


भारतबाट नेपाल  भित्रिए ७ सय ५८ नेपाली

भारतबाट नेपाल भित्रिए ७ सय ५८ नेपाली


कैलाली, जेठ ४ । नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७ सय ५८ जना नेपाली नेपाल भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ ।  कैलाली र कञ्चनपुरका सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा पठाइएको तथा डोटीका १२ र बझाङका चार जना धनगढीस्थित क्वारेन्टिनमा राखिएका छन् । उनीहरु यही जेठ २ र ३ गते नेपाल भित्रिएका हुन् ।
सीमाबाट आउनेलाई गौरीफण्टामा स्वास्थ्य परीक्षणपछि मात्रै स्थानीय पालिकामा पठाउन थालिएको छ । यसअघि भारतमा क्वारेन्टिनमा राखिएका नेपालीलाई भारतले भारतीय सीमासम्म पु¥याउने व्यवस्था गरेको छ भने नेपालका क्वारेन्टिनमा रहेका भारतीयलाई भारत फर्काउन थालिएको छ । 
नेपाल भारत सीमामा दर्जनौंँ नाका भए पनि हाल धनगढी मात्र खुला रहेको छ । धनगढी त्रिनगर भन्सारपछिको दैनिक हजारौंँ मानिस ओहोरदोहोर हुने नाका खक्रौला थियो । लकडाउन लम्बिँदै जाँदा खक्रौला नाका पनि बन्द छ । नाका बन्द भएपछि खक्रौला भएर नेपाल आउन चाहने मानिसलाई पनि धनगढी भएर आउनू भन्ने गरिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले जानकारी दिए । 
बन्दाबन्दीका बेला दुईदेशीय सीमामा एकार्काका नागरिकलाई आदानप्रदान गर्न जिल्लामा एउटै नाका मात्र रहेकाले केही दिनअघि टीकापुरमा क्वारेन्टिनमा रहेका भारतीयलाई टीकापुरबाट धनगढी पु¥याइएको थियो भने पलिया क्वारेन्टिनमा रहेका नेपालीलाई भारतीय अधिकारीले गौरीफन्टामा ल्याई बुझाएका थिए । 


सरकारले कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गर्यो

सरकारले कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गर्यो


काठमाडौं, जेठ ४ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज देवकोटाले नेपालको नयाँ नक्सा सार्वजनिक गरेका हुन् ।

नक्सामा सात वटा प्रदेश र सात सय त्रिपन्न वटै स्थानीय निकायको नाम छन्। प्रशासनिक र सबै किसिमका प्रबन्धमा लागू गर्ने गरी नक्सा स्वीकृत गरिएको अर्थमन्त्री डा खतिवडाले बताए। नयाँ नक्सामा अन्तर्राष्ट्रिय सिमानाअन्तर्गत प्रदेश र स्थानीय तह समेत समावेश गरेर नक्सा ल्याइएको छ ।

यो नक्साअनुसार निशान छाप र सरकारी काम काजमा प्रयोग गरिने नक्सा तथा विद्यालयमा पढाइने नक्सा यसैअनुसार अद्यावधिक हुने डा खतिवडाले जानकारी दिए । भारतले नोभेम्बरमा आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्दा लिम्पियाधुरालाई आफ्नो क्षेत्रमा देखाएको थियो ।

त्यसको नेपालमा चर्को विरोध मात्र भएन, संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।